निर्णय नं. १३४५ - जग्गा खिचोला दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३४५ - जग्गा खिचोला दर्ता भाग: २२ साल: २०३७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३६/०३/२२ २५२२ निर्णय नं. १३४५ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३४ सालको देवानी पुनरावेदन नम्बर १३३ फैसला भएको मिति : २०३६।३।२२।६ मा पुनरावेदक : जि. मोरङ विराटनगर न.पं.नं. २ बस्ने मित्रबहादुर बस्नेतसमेत विरूद्ध विपक्षी : जि. सुनसरी धरान न.पं.नं. ६ पुरानो बजार बस्ने कुसुमकुमारी श्रेष्ठ विषय : जग्गा खिचोला दर्ता (१) क्षेत्रीय अदालतको डिभिजन बेञ्चबाट झगडीया झिकाउने आदेश भएको र अन्ततोगत्वा डिभिजन बेञ्चबाट फैसला निर्णय समेत भए गरेको देखिँदा ताŒिवक त्रुटि गरेको भन्न नमिल्ने। (प्रकरण नं. १४) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना फैसला न्या. बासुदेव शर्मा : पूर्वाञ्चल क्षेत्रीय अदालतका फैसला उपर वादीका निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछन् : २. कुसुमकुमारीको पति श्यामप्रसादले धरान चौकी वारीको जग्गा ५।।।४।३ मध्ये नयाँबजार पूर्व समेत ४ किल्लाको २।४।।२ जग्गा मध्ये द्र।४।।२ दाजु पद्मबहादुरले आफ्नो घर पूर्व १८ लगी सम्म र यस अघि बिक्री भई गएको मानिसलाई जग्गा छुट्याई ससीम भन्नाले पूर २ बिगहा जग्गा रु.६००१।– मा राजीनामा गरी २००२।८।१० मा पास गरी दिएको बाटो पश्चिम सन्धीसर्पन मिलाई पर्खाल लगाई त्यसमा नपुग २ कठ्ठा बाटो पूर्व लिई घर बनाई पं.बासुदेवलाई दान गरेको बाँकी आफैं भोग गरिरहेको ०१७ सालमा सर्भे आउँदा अं.ऽ१।। खेमराज अं.१।। खगेन्द्र समेतले दक्षिणपट्टिको मेरो जग्गा कुसुमकुमारीले दिएको छ भनी खगेन्द्र खेमराज र मेरो अरू जग्गा बाँकी छ भनी कुसुमकुमारीले समेत नपाउने गरेमा उजूर परी खारेज फैसला भई पुनरावेदन समेत सदर भई कोशी अञ्चल अदालतबाट फैसला भएको उक्त मिचिएको जग्गा मध्ये खगेन्द्र, खेमराज, कुसुमकुमारी, ज्ञानबहादुरका नाउँमा फिराद गर्न आएको छु । मेरो बजार तालुकको घर पूर्व खगेन्द्रले ऽ१।३ कर्णबहादुर ऽ।।। खेमराज कुसुमकुमारीले खेमराजको घर उत्तर ऽ।।२ कालीप्रसादको हो भनी द्र४ धुर जग्गामा राधे वैदारले ०४ सालमै घर बनाएकोले दावा गर्न नमिल्ने द्र४ धुर जग्गा समेतको जग्गामा भित्र–भित्र दर्ता गरी कर्णबहादुर मरेकाले ज्ञानबहादुरका नाममा फिराद गर्न आएको छु । जग्गा ऽ१।३ का रु.१५८३।– खगेन्द्रकुमारबाट जग्गा धुर ऽ।।। को रु.८४७।५० ज्ञानबहादुरबाट जग्गा धुर ऽ।।।२ का रु.९५६।५० कुसुमकुमारी खेमराजबाट भाडा दिलाई बेहकबाट पूर्जा लिई गराएको दर्ता बदर गरिपाउँ भन्ने समेत मित्रबहादुर, खुसबहादुर, योगराज समेत जना ३ को मिति ०२३।११।११ को संयुक्त फिरादपत्र रहेछ । ३. वादी दावाको जग्गा साविकमा कुसुमकुमारी श्रेष्ठनीको दर्ताको निजै कुसुमकुमारीसँग ऽ१।।२ जग्गा ०११ सालमा मेरो भाइ सोभारामले राजीनामा लिई भोग चलन गरी आएको भाइ परलोक भएकोले मैले भोग चलन गरी आएको हो दावी झुठ्ठा हो भन्ने समेत खगेन्द्रकुमार राईको प्रतिवादी । ४. कुसुमकुमारीको पति श्यामप्रसादसँग खरीद गरेको ऽ।।। जग्गाको अघिल्लो लिखत के भएर हो निज श्यामप्रसाद परलोक भएपछि निजकी पत्नी कुसुमकुमारीले ०९।२।३ मा राजीनामा गरिदिएको बाबु परलोक भएपछि भोगी सर्भेमा समेत दर्ता गराएको हुँ वादीको जग्गा खिचोला गरी दर्ता गरेको समेत छैन भन्ने समेत ज्ञानबहादुर लिम्बूको प्रतिवादी । ५. यही वादीले म समेतका न