निर्णय नं. १३४६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३४६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३५/०९/१३ २५९३ निर्णय नं. १३४६ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३४ सालको रिट नम्बर १६६५ आदेश भएको मिति : ०३५।९।१३।५ मा निवेदक : सि.पा.जि.सिं.पा.पोखरे गा.पं.वडा नं. ७ पोखरे बस्ने गणेशबहादुर न्यौपाने विरूद्ध विपक्षी : ऐ.ऐ चौतारा कदमवास गा.पं.वडा नं. ४ बस्ने बावुराम गिरी समेत विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं (१) बाँकीवाला आसामीको जेथा लिलाम नगरी जेथाजमानी हुनेको जेथा लिलाम गरेको जमानी गर्नेको ६ नं. विपरीत देखिँदा उक्त मितिको लिलाम र त्यस सम्बन्धबाट गरेको पर्चा, पूर्जि, सूचना, निर्णय आदि उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानाङ्ग विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. विश्वनाथ उपाध्याय : प्रस्तुत रिट निवेदन नेपालको संविधाको धारा ७१ अन्तर्गत मिति ०३४।२।४ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य यस प्रकार छ : प्र.पं.रामबहादुर न्यौपाने जिम्माको मालपोत बाँकी रु.६१४४। मा गणेशबहादुर न्यौपाने धनजमानी बसेको सो बाँकी दाखिल गर्न नल्याएकोले जमानी गणेशबहादुर निम्न खेतवारी लिलाम ०३३।१०।३ मा बढाबढ हुँदा सबैभन्दा बढी रु.६१४०।– तपाईले कबूल गरी डाँक खतम भएकोले ०३४।१।३ का पर्चा बमोजिम तपाईका नाउँमा निम्न खेतबारी चलन गर्नु भनी चलन पूर्जि गरी दिएको छ भन्ने समेत श्री ५ को सरकार अर्थ मन्त्रालय मालपोत विभाग सिन्धुपाल्चोक मालबाट विपक्षी बाबुराम गिरीलाई दिएको ०३४।१।५ को चलानी पूर्जि रहेछ । ३. रिट निवेदन जिकिर यस प्रकार छ : भू.पू.प्र.पं.रामबहादुर न्यौपानेसँग मालपोत बाँकी रु.६११४।– मा माटो मुरी ।१० को खहरे सिं खेत कित्ता १ मकै विजन ।.।३ को घरवारी कित्ता १ मक विजन ।.।३ को पल्लो वारी कित्ता १ समेत ३ कित्ता खेतबारी सिन्धुपाल्चोक मालका हाकिम टोपबहादुरले मबाट जमानी पत्र लेखाई लिनुभएको । अहिले कारणीको जेथा ६०–७० हजार मोलिने छँदाछँदै बाँकीवाला व्यक्तिलाई कानुनी कारवाई गरी निजको जेथाबाट नपुग भए जतिमा मात्र जमानीलाई पक्राउ गर्नुपर्ने एक्कासी कानुन विरूद्ध मेरो घरवारी खेत मलाई कुनै सूचना नै नदिई प्राकृतिक न्याय सिद्धान्त विपरीत ०३३।१०।३ मा गैरकानुनी तरिकाबाट डाँक बढाबढ गरी बाबुरामका नाउँमा डाँक खतम भएको कानुन विरूद्धको निर्णय अ.बं.३५ नं. ले बदर हुनेछ । जमानी गर्नेको ३ र ६ नं. मा भएको कानुनी व्यवस्था विपरीतको डाँक र पूर्जिबाट मेरो सम्पत्ति लिने विपक्षी बाबुरामलाई कुनै कानुनी अधिकार छैन स्वतः बदर हुनुपर्नेछ । कानुनी त्रुटि गरी गरेको पर्चा पूर्जि सूचना निर्णय आदि बदर गरी प्रचलन कायम गराई पाउँ भन्ने समेत निवेदन जिकिर । ४. विपक्षीसँग लिखितजवाफ लिई पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३४।२।५ को आदेशानुसार प्राप्त लिखितजवाफ यस प्रकार छ : ५. धनजमानीमा कारणीले ०३३।९।२० सम्म वेमाख नगरे मेरो जेथा लिलाम गराइयोस् । कारणीकोबाट असूल नभए मात्र मेरो जेथा लिलाम हुनुपर्ने भन्ने समेत उजूर गरे यसैबाट बदर होस् भनी कागज गर्नुभएको छ । धनजमानीले लेखी दिएको जेथा लिलाम गर्ने ०३३।९।२३ को सूचना ०३३।९।२४ मा निवेदकको घर दैलामा र पञ्चायत भवन समेतमा टाँस भएको छ जमानी गर्नेको दफा (६) अनु