निर्णय नं. २९२८ - निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९२८ - निषेधाज्ञा भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/११/१४ २५३७ निर्णय नं. २९२८ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको दे.पु.नं. ८५ फैसला भएको मिति : २०४२।११।१४।३ मा निवेदक/वादी : का.न.पं.वडा नं.३२ डिल्लीबजार बस्ने प्रल्हादजंग थापा विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने उमादिव्येश्वरी थापासमेत मुद्दा : निषेधाज्ञा (१) यिनै वादी तथा प्रतिवादी भएको अंश मुद्दामा वादीले प्रतिवादीहरूबाट अंश पाउने ठहरी फैसला भएकोबाट निवेदक प्रतिवादीसंग सगोलमा रहेको भन्नु पर्ने हुँदा निवेदकलाई निजको बसोबास भएको घरबाट प्रतिवादीहरूले हटाउन पाउने नदेखिने । (प्रकरण नं. १४) निवेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अविधक्ता श्री दमन ढुङ्गाना फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : सर्वोच्च अदालत फुलबेञ्चको २०४०।९।१५ को निर्णय दोहोराई पाउँ भन्ने माकली थापा तथा प्रल्हादजंग थापाको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा प्रल्हादजंग थापाको हकमा सम्म नेपालको संविधानको धारा ७२(ख) बमोजिम उपरोक्त निर्णय दोहोराई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. वादीहरू प्रतिवादीहरू सगोलमा बसी आएका अंशियार भएकोमा प्रतिवादीहरूले वादीहरू बसी आएको घरबाट जबरजस्ती उठाउने तथा निजहरूको घर कोठामा प्रवेश गरी घरबाट निकाली दिने धम्की दिने गरेको तथा सो घर जग्गाको सम्पत्ति तथा ज्यान सुरक्षामा समेत आघात पर्ने शंका उत्पन्न भएकोले सो नगर्न प्रतिवादीहरूको नाममा निषेधाज्ञा जारी गरिपाउँ भन्ने व्यहोराको बागमती अञ्चल अदालतमा परेको मिति ०३३।४।१०।१ को वादीको निवेदनपत्र । ३. वादीहरू मिति २०२०।३।२१ मा नै पति, बुबा केशरजंग छँदै छुट्टि भिन्न भई बसेको र प्रतिवादीहरू पनि मिति २०१६।५।१ मा नै निज केशरजंगसंग भिन्न बसेकोमा प्रतिवादीहरू उपर वादीहरूले अंश मुद्दामा गरेको उजूरीबाट नै वादीहरूको हक कायम हुने नहुने निर्णय हुने हुनाले यो उजूरी खारेज हुनुपर्ने वादीले दावी लिएको घर निजहरूको नभई हामीहरूले नातेदारको हैसियतले बस्नको लागि एउटा कोठा दिएको र छोडी दिनु पर्‍यो भन्दा निजहरूले छोडी गइसकेको पनि हुँदा यस मुद्दाबाट निषेधाज्ञा जारी हुन नपर्ने भन्ने समेत व्यहोराको विपक्षीहरू ३ जनाको संयुक्त लिखितजवाफ । ४. प्रतिवादीहरूले पेश गरेको रजिष्ट्रेशन पास भएका लिखतहरूको बोलीबाट वादी समेतले घरको हक समेत छोडी दिइसकेको देखिँदा र अंशबारे समेत दुवै पक्षको मुद्दा नै परिरहेको स्थितिमा वादीको दावीको घरमा निजको हक बारेमा निषेधाज्ञाको रिट जारी गर्न नमिल्ने हुँदा निवेदन खारेज हुने ठहराई गरेको बागमती अञ्चल अदालतको मिति २०३३।५।३१।५ को फैसला । ५. उक्त निवेदन खारेज गर्ने गरी गरेको फैसलामा चित्त बुझेन निषेधाज्ञा जारी गरिपाउँ भन्ने समेत व्यहोराको वादीहरूको पुनरावेदन । ६. वादीहरूले हाम्रो घर छाडी अन्यत्र गई बसेका छन् भन्ने प्रतिवादीहरूले लिएको जिकिरतर्फ विचार गर्दा वादीहर