निर्णय नं. २९२९ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९२९ - अंश भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/११/१६ २०६५ निर्णय नं. २९२९ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको दे.फु.नं. ४३ फैसला भएको मिति : २०४०।११।१६।३ मा निवेदक/वादी : का.जि.गोकर्ण सिखारेटार बस्ने शिवप्रसाद तिवारी विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.गोकर्ण बागदह बस्ने भवनाथ तिवारी मुद्दा : अंश (१) प्रतिवादी जिकिर अनुसार अघि नै अंशबण्डा भइसकेको र वादीले आफ्नो अंश पाइसकेको भन्ने कुनै कानुनले मान्य हुनसक्ने प्रमाण पेश गर्नसकेको देखिन आउँदैन । वादी प्रतिवादी दुबै पक्षबाट पेश गरेको तायदातीमा तीन अंशियार मध्येको एक अंशियार भाउजू निमकुमारीको परलोक भइसकेको भन्ने उल्लेख गरेको पाइन्छ । अतः दुबै पक्षबाट आफ्ना आफ्ना जिम्माको श्रीसम्पत्तिको ऐन बमोजिम तायदाती दाखिल गराउने आदेश गरी प्रतिवादीले पेश दाखिल गरेको तायदातीबाट देखिन आएको समेतको सम्पत्तिबाट वादीले २ अंशको १ अंश पाउने ठहर्याई यस अदालतको डिभिजनबेञ्चबाट भएको फैसला मनासिब ठहर्ने । (प्रकरण नं. १३) फैसला प्र.न्या.नयनबहादुर खत्री : यस अदालतको डिभिजनबेञ्चबाट ०३४।६।३।२ मा भएको फैसला उपर वादीको श्री ५ महाराजाधिराज सरकारका हजूरमा बिन्तिपत्र पर्दा फुलबेञ्चबाट दोहोर्याई हेरी दिनु भन्ने हु.प्र. बक्स भई आएबमोजिम यस फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. बाबु भैरव दासको ३ छोरामा जेठो नीरकुमारीको लोग्ने वाहाँ परलोक हुनु भो माइलो भवनाथ तिवारी र कान्छो म हुँ । मलाई केही जग्गासम्म कमाई जीविकासम्म दिएका छन् र ०१५ साल मार्ग ४ गतेमा मलाई मानो छुट्याई दिई भिन्न बसेको अरु सम्पत्ति समेत सगोलको अंशबण्डा नभएको जग्गा मेरो मञ्जूरी बेगर बिक्री गरे भन्ने सुनेको छु र सगोलको आसामी पनि उठाए भन्ने सुनेको छु त्यसो हुँदा ३ अंशको १ अंश दिलाई पाउँ भन्ने समेत वादीको निवेदन र बयान । ३. खेतवारी जम्मा रोपनी ३२ र घर २ भएको १५ साल आषाढ मसान्तमा बण्डा गर्दा वादीको भागमा खेतवारी गरी १०।। रोपनी घर समेत अंश दिएको र हाम्रो भागमा खेत बारी २१। रोपनी र कच्ची घर समेत लिई बण्डा गरी सकेको छ । आफ्नो जग्गाको तिरो निजले र हाम्रा जग्गाको हामीले तिरेका छौं खेत रोपनी १ विवाह गरी दिएको छोरी दण्ड कुमारीलाई र ११ रोपनी र हलचोक बारी ३।। रोपनी हाम्रो अंशको काजीबाबु ढकाललाई बिक्री गरेको छ, सगोल छँदै हदम्याद नाघेको आसामी हुँदा पक्रन नसकी, म्याद गएको हो अरु केही बण्डा गर्नु पर्ने बाँकी छैन भन्ने समेत भवनाथको प्रतिवादी । ४. अघि नै बण्डा पत्र भइसकेको छ भन्ने कुरा दुबै थरको साक्षीले बकपत्र गरेको र वादीको नाउँमा जग्गा दर्ता छ छैन भनी बुझेकोमा दाजु भवनाथको दर्ता निजबाट अंश लिई मेरो हक भएको भनी जग्गा कित्ता ८ वादीका नाउँमा नापी दर्ता भएको भन्ने पनि देखिन आयो र प्रतिवादीहरूले आफ्नो भागमा परेको भनेको जग्गा तह तह बिक्री गरेकोमा वादी सगोल भएर सगोलको जग्गा प्रतिवादीहरुले बिक्री गरेको भए बिक्री बदर गराउनै पर्ने सो समेत नसकेकोले अघि नै बण्डा भइसकेको ठहर्छ बण्डा छुट्याई पाउँ भनी वादीले झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको ०२४।९।१०।२ को फैसला । ५. काठमाडौं जिल्लाको फैसलामा चित्त बुझेन भन्ने समेत शिवप्रसादको पुनरावेदन । ६. अशं बण्डा हुनाले जम्मै अंश भ