निर्णय नं. १३४९ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३४९ - कर्तव्य ज्यान भाग: २२ साल: २०३७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३३/११/०४ २५३९ निर्णय नं. १३४९ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३२ सालको स.अ.फौ.पु.नं. ८९ फैसला भएको मिति : २०३३।११।४।३ मा पुनरावेदक : जिल्ला भोजपुर आमचोक सामतांग घर भई हाल केन्द्रीय कारागार कार्यालय नखुमा थुनामा रहेको काले भन्ने रघुवीर कामी विरूद्ध विपक्षी : इन्द्रबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) ऐन बमोजिम म्याद दिएको नदेखिएमा र ऐनले समेत पाएको म्यादमा लामो अवधिपछि परेको पुनरावेदन भन्दै खारेज गर्ने गरेको कानुनी त्रुटि भएको भन्नुपर्ने । (प्रकरण नं. १९) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गिरिश चन्द्रलाल विद्वान वैतनिक अधिवक्ता श्री प्रभुनारायण चौधरी वादीतर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा फैसला न्या. ईश्वरीराज मिश्र : २२।११।१८ गतेका दिन धुइखामा ज्यान मरेको छ भन्ने थाहा पाई गई हेर्दा १ जना कर्तव्य परी मरिरहेको १ जना नाबालख मर्न बाँच्न दोसाँधमा परिरहेको देखिन मर्नेको हकदार हर्खबहादुर राईलाई उजूर गर्न लिई आउँदा निज उपर शङ्का भई साथमा आउने मानिस र म समेत भई सोधपुछ गर्दा ऐ. समाताङ बस्ने काले कामी समेतलाई पोली कर्तव्यमा सावित भएकोले दाखिल गरेका छौं, कानुन बमोजिम हवस् भन्ने स.इन्द्रबहादुरको २२।११।२१ को जाहेरी दरखास्त । २. आमचोक सामाताङ बस्ने सार्की कामीले मर्ने गजुरमायालाई लिई हिंडे भन्ने थाहा पाई काले कामीलाई साथ लिई २२।११।१७ गतेको रात पहिल्याउँदै गई भुइङखा पट्टिको कटेरामा भेटी निज काले र मैले गजूरमायालाई काटी मारी छोरी परीमायालाई काटी मर्नु बाँच्नु दोसाँध पारेका छौ भन्ने समेत प्र.हर्षबहादुर र गजुरमाया र म दुवैको मञ्जूरी साथ लोग्ने स्वास्नी भई ०२२।११।१७ गते बेलुका राति निज गजूरमायाको वर्ष ३ को छोरी परीमाया समेत लिई मधेशतर्फ जाउँ भनी घुईखा पुछार बारी कटेरामा पुगी विसाएका बखत हर्कबहादुर राई काले भनेको रघुवीर कामी समेत गई हर्कबहादुरले गजूरमायालाई काट्न लागे र रघुवीरले मलाई पक्रियो म डरको मारे जोर जुलुम गरी भागेको हुँ । उक्त कर्तव्य खुन र मार्न बाँच्न दोसाँध समेत मैले गरेको होइन उक्त २ जनाबाट वारदात गरेका हुन् भन्ने समेत व्यहोराको सार्कीकामीको ठाडो कागज । ३. हर्कबहादुर राई रघुवीर कामी समेतले कर्तव्य गरेको हुन् भनी भनेबाट गजुरमाया लाई काटी मारी परीमायालाई दोसाँधमा पारेका हुन भनी गैह्र सरजमीनले लेखिदिएका र मौका वारदातमा भइकन पनि हल्ला जाहेर नगरी थाहा नदिएबाट सार्की कामीको पनि ज्यान मार्नेमा सहमत छ भन्ने समेत ७ जना र मर्नेलाई स्वास्नी तुल्याई लिई हिंडेको समेत हुँदा सार्की कामीले मार्ने मराउनेमा सहमत होला भन्ने हाम्रा चित्तमा लाग्दैन भन्ने ७ जना सरजमीन समेतले लेखिदिएको सरजमीन मुचुल्का । ४. हर्कबहादुर र रघुवीर कामी उपर ज्यानसम्बन्धीको १३ नं. को देहाय बमोजिम सजाय खतमा मुद्दा चल्ने र प्र.सार्की कामीले जाहेर गरेको नदेखिएकोले ज्यानसम्बन्धीको २२।२५ बमोजिम सजाय खतमा मुद्दा चल्ने भनी पेश गरेको प्रहरी प्रतिवेदन । ५. प्र.हर्कबहादुरको साथमा म पनि पिछा गर्दै जाँदा घुइखा गंगाबहादुरको बारी पुछार कटेरामा पुग्दा आधा रातको समयमा निज सार्की कामी र गजूरमाया पनि कटेराभित्र बसिरहेका रहेछन् । अजातसँग हिंड्ने तँ भन्दै हर्कमाया राइले गजूरमायाको गर्धनमा भकाभक २ चोट निज हर्केल