निर्णय नं. १३५० - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३५० - जालसाजी भाग: २२ साल: २०३७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३५/०१/२४ २९७८ निर्णय नं. १३५० ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री मिनबहादुर थापा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०२८ सालको फौ.पु.नं. ८४९ फैसला भएको मिति : २०३५।१।२४।१ मा पुनरावेदक : का.जि.बानेश्वर बस्ने गणेशदास श्रेष्ठ समेत विरूद्ध विपक्षी : ऐ घर भई भनी लेखिएको का.जि.पकनाजोल माइतीघर बस्ने सखलादेवी श्रेष्ठ मुद्दा : जालसाजी (१) मुलुकी ऐन अंशबण्डाको १ नम्बर अनुसार अंशबण्डा गर्दा बाबु आमा स्वास्नी छोराहरूको जिय जियको अंश लाग्नेमा अंशियार वादीको मञ्जूरी बेगर एउटा घर बुहारीको दाइजो र कुनै जेथा अंश बापत भनी लिनु दिनु गरी पास भएको लिखतबाट वादीको हक मेटिने अंश भाग सम्पत्ति नोक्सान पार्ने गरी लिने दिने काम भएकै कीर्ते कागजको ३ नं. ऐनले जालसाजी ठहर्ने भई सोही महलको १० नं. ले सजाय लाग्ने हुनाले त्यस्तो लिखत कायम रहन नसक्ने बदर हुने । (प्रकरण नं. १३) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रोहिणीराज सिग्देल फैसला न्या. मिनबहादुर थापा : गोकुलदासको पहिलेकी पत्नी मेरी सौतातर्फबाट धर्मदास, चनकदास, गणेशदास, भक्तिदास, कृष्णदास जम्मा ५ छोराहरू मध्ये भक्तिदास र कान्छा कृष्णदास २०१७–२०१८ सालमा भिन्न भई बसेका र अरू सबै सगोलमा बसी आएको अवस्थामा २०२० साल माघ २७ गते मलाई गोकुलदासले जातको रीत अनुसार विवाह गरी ल्याई सगोलमा बसी आएकामा निज पतिले ०२४ साल पौष २१ गते मलाई कुटपिट गरी घरबाट निकाला गरेकोले अंश पाउँ भनी निजहरूको नाउँमा फिराद गरेको र सगोलमा रहेको अवस्थामा नै उक्त लोग्ने छोरा धर्मदास, चनकदास, गणेशदास चार जना आगे भई ४ जना बाहेक अरू अंश दिन पर्ने अंशियार कोही नभएको भन्ने उल्लेख गरी म अंशियारको नाम नै उल्लेख नगरी अंशबाट वञ्चित गराउने उल्लेख गरिएको जो भएको श्रीसम्पत्ति दाजु धर्मदास बाबु गोकुलदास समेतसँग मिली बस्न हामी चनकदास, गणेशदास मञ्जुर नभएबाट चल धनमाल घरसारमा लिई दिइसकेका अरू बण्डा गर्नुपर्ने अचल बण्डा गरी लिनुपर्ने हो तापनि सो गर्न असजिलो परेकोले चनकदासको स्वास्नी कृष्णकुमारीको दाइजो पेवा धनबाट हामीहरू अंशियार ४ जना सगोलमा छँदाछँदै म चनकदासले मोहनलालसँगै २०२२।११।१८ मा फार्छे गरी लिएका घर भाउजू बुहारीको दाइजो धन भन्ने उल्लेख गरी म समेतको अंश लाग्ने सगोलको धनबाट खरीद भएकोमा सो घरमा मेरो पनि हक दावी अंश लाग्ने अचलमा पनि हामी चनकदास र गणेशदासले तपसीलको घरमा अंश भाग बापत छुट्टाछुट्टै लिनुदिनु भन्ने व्यहोरा पारी जालसाजी कागज ०२४।६।७।५ को घरसारको मिति पारी ०२४।९।२३।१ मा पास गरी उक्त ४ जना र पति गोकुलदासको छोरी ज्वाई भानिज समेत साक्षी राखी गराएको लिखत बदर गरी सजाय समेत पाउँ भन्ने समेत सखलादेवीको वादी । २. बण्डा पत्र गरी छुट्टिएकोलाई सगोल भन्न नमिल्ने वादी २०।१०।२७ मा विवाह गरी वा टिपुवा गरी ल्याएको थाहा छैन, घरमा आई बसेका पनि छैन कुटपिट गरी निकालेको पनि छैन, बाबुले दिएको लिई छोडपत्र गरी दिएको हुँदा वादीले पाउनुपर्ने भए बाँकी भए बाँकीबाटै पाउनुपर्ने हुँदा दबाउने अवस्था नै छैन । वास्तवमा विवाह भएको भए लोग्नेले दबाउनु नपर्ने र अंशियारमा नाम हुनुपर्ने नभएबाट साथै अंशबण्डाको १९(४) ले आफ्नो हकको र अंशबण्डा नभए पनि लेखी दिनु पाउने हुँदा अरूले लेखिदिएकोमा वादी १ जनाको उजूरमा अरूका हकमा दावी अ.बं.८२ नं. ले पुग्न नसक्ने हुँदा समुच्चै लिखत बदर गरिपाउँ भन्ने र जालसाजी गर्‍यो भन्न वादीले कानुनी हक नभएक