निर्णय नं. २९३१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९३१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/०३/०७ २४९२ निर्णय नं. २९३१ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको रि.फु.नं. ५२ आदेश भएको मिति : २०४०।३।७।३ मा निवेदक : का.न.पं.वडा नं.२ बस्ने राष्ट्रिय संग्रहालय छाउनीको प्रमुख पशुपतिकुमार द्विवेदी विरुद्ध विपक्षी : भ.पु.जि.न.पं.वडा नं.३ तचपाल यताछे बस्ने राष्ट्रिय चित्र संग्रहालय भक्तपुरको प्रमुख कुष्णप्रसाद श्रेष्ठ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) लोकसेवा आयोगको सूचनामा उल्लेख भएका शर्त पुशपतिकुमार द्विवेदीको हकमा पूरा भएको र रिट निवेदकको हकमा पूरा नभएको देखिन आउँछ, यस्तो स्थितिमा लोकसेवा आयोगबाट निर्णय हुँदा पक्षहरूका बीच समान व्यवहार भएन भन्न नमिल्ने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर र विद्वान अधिवक्ता श्री प्रकाश वस्ती आदेश न्या.धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा यस अदालत डिभिजनबेञ्चबाट मिति २०३८।२।२५।१ मा भएको निर्णय उपर चित्त नबुझी निवेदकको न्यायिक समिति मार्फत निवेदन परी नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरबारबाट बक्स भई आएको हुकुम प्रमांगी बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. तथ्य यसप्रकार छ : मिति ०३५।४।३१ को गोरखापत्रमा नेपाल शिक्षा सेवाको आर्कियोलोजी समूह राजपत्राङ्कित द्वितीय श्रेणी प्राविधिक पद एकको बढुवाको लागि माग भई निवेदकले पनि दर्खास्त दिएकोमा मिति २०३५।१२।१ को गोरखापत्रमा उपरोक्त पदमा बढुवाको लागि पशुपतिकुमार द्विवेदीको नाम बढुवाको प्रथम नामावली समाविष्ट भएको र प्रकाशित सूचना अनुसार उक्त नामावली उपर निवेदक कृष्णप्रसाद श्रेष्ठको उजूरी परेकोमा लोकसेवा आयोग उजूरी निरीक्षण शाखाको मिति २०३६।२।२२ गतेको पत्र द्वारा बढुवा समितिको निर्णय मनासिब भएको भन्ने समेत व्यहोराको पत्र निवेदकलाई प्रेषित गरेको रहेछ । ३. जिकिर : दुबै डिग्रीहरूको समान पूर्वावस्था समान अवधि रहेकोमा मैले प्राप्त गरेको महाराजा सैयाजीराव यूनिभर्सिटी अफ बरोडाको म्यूजियोजीलाई स्नातक सरह विपक्षी पशुपतिकुमारले प्राप्त गरेको बनारस हिन्दु विश्वविद्यालयको प्रमाणपत्र डिप्लोमा ईन न्यूमेसमेटिकललाई एम.ए.सरहको मानीनु कानुनको असमान प्रयोग हो । नि.से.नि, ०२१ को नियम ३.५ को ३.२ र सोही नियमको ७.९ अनुसार असाधारण विदामा बसेको अवधिलाई नोकरीको अवधिमा गणना नगर्ने व्यवस्था भएकोमा असाधारण विदा लिएको भए पद लियन रहेको भन्दै अंक दिने उपरोक्त नियम र नि.से.नी., ०२१ को नियम ३.५(२) र ३.५(३) को स्पष्ट उल्लंघन हो । एउटै पदमा रही कुनै अनुसन्धनात्मक कृति लेखी एकपटक मात्र कृति मूल्याङ्कन गर्न पाउन पर्नेमा पहिलो कृतिको “ग” स्तर निर्धारण भइसकेपछि पुनः अर्को कृति मूल्याङ्कन गरी गराई (क) स्तर गरी सो बापत अंक लिइनु नि.से.नि. को नियम ३.५(४)(ज) को विपरीत छ । शैक्षिक उपाधिको स्तर निर्धारण बारे विवाद उठी शिक्षा मन्त्रालयबाट सो टुङ्गो नलागेसम्म रोक्का राख्‍न लो.से.आ.लाई लेखिएकोमा टुङ्गो नलाग्दै यो निर्णय भएको छ । लोकसेवा आयोग उजूरी निरीक्षण शाखाले ०३६।२।२७ को आयोगको निर्णय भन्दै ०३६।२।२२ म