निर्णय नं. २९३२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९३२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/०६/०७ २७६७ निर्णय नं. २९३२ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रि.फु.नं. ४१ आदेश भएको मिति : २०४०।६।७।६ मा निवेदक : का.जि.का.न.पं.वडा नं.९ बत्तिसपुतली बस्ने तुलसीमाया जोशीसमेत विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय काठमाडौंसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूमिसम्बन्धी ऐन लागू हुनुभन्दा अघिदेखि कमाई घर समेत बनाई आएको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) बमोजिम हक छाडी दिन सक्ने सम्पत्ति देखिन्छ र सो बमोजिम अनन्तमानले आफ्नो भाग बुझी अंश छोडपत्र समेत गरेको देखिँदा मोहियानीको जग्गामा साविक मोहीको मृत्युपछि जग्गावालाले पत्याएको व्यक्तिको नाममा मोहियानी हक कायम हुने भन्ने प्रत्यर्थीतर्फका विद्वान अधिवक्ताको बहस जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की आदेश न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३९।१।२४ को निर्णय उपर परेको निवेदकको बिन्तिपत्रमा न्यायिक समितिको सिफारिश मुताविक नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त मुद्दा दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी अनुरुप यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. बत्तिसपुतली गा.पं.वडा नं.६ को कि.नं.७२ को १–१४–१ को जग्गामा कायम रहेको मोही मेरो बाबु बिन्दुमानबाट मैले अंश बापतमा पाई मिति २०२६।१०।३ मा पारित भएको बण्डापत्र बमोजिम मेरो नाममा जोत दाखिल खारेज गरी पाउँ भन्ने अनन्तमान जोशीको निवेदन परेकोमा जिल्ला भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारीले जग्गाधनी रामचन्द्र गुठीका प्रतिनिधि बुझी साविक मोही विन्दुमान परलोक भइसकेको र निजले छोरा अनन्तमानलाई अंश बापतमा दिई बाली समेत बुझाई आएकोले नामसारी गरी दिनु भन्ने ०३५।४।२४ मा कागज गरी दिएको र सोही अनुरुप पञ्चायतको सिफारिश समेत हुँदा बत्तिसपुतली गा.पं.वडा नं.६ को कि.नं.७२ को मोही लगतबाट बिन्दुमानको नाम कट्टा गरी आवेदक अनन्तमान जोशीको नाम कायम गरी स्थायी निस्सा समेत दिने भन्ने निर्णय गरेको रहेछ । ३. कि.नं.७२ को जग्गा मध्ये दक्षिणतर्फको जग्गा ०–१५–० र लम्बाई हात १५ चौडाई हात ९ को पश्चिम मोहडाको जस्ताको छाना भएको पक्की १ तले घर लिई अरु जो भएको घर खेत चल अचल खति उपति श्रीसम्पत्ति गैर्हमा अंश हक छाडी दिन्छु भनी अनन्तमानले अंश छोड पत्रको कागज गरी ०२६।१०।३।६ मा पास गरी दिनु भएको थियो । उक्त छोडपत्र अनुसारको घर जग्गा विपक्षीले र बाँकी जग्गा पति, पिता छउञ्जेल पति, पिता र पति, पिता परलोक हुनु भएपछि हामी निवेदकहरूले उक्त गुठीमा तिरो भरो गरी जग्गा समेत भोगचलन गरी आई सो आधी जग्गा दाखिल खारेज गर्नाको लागि सिफारिश माग गर्न जाँदा विन्दुमानको नाउँबाट अनन्तमानको नाउँमा मोहियानी दाखिल खारेज भइसकेको निर्णय देखाइयो । ४. अ.बं. ८२ नं.बमोजिम हक दावी नै नपुग्ने अनन्तमानको नाउँमा जोताहा हक दाखिल खारीज गरेको प्रत्यक्षतः कानुन त्रुटि छ विपक्षीहरूको मिलोमतोबाट जालसाज परिपत्र गरी भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५।२६ ले पति, पिता पछि मोहियानी हक हामी एकाघरका छोरा स्