निर्णय नं. १३५२ - उत्प्रेषणको आदेश जारी गरिपाउं भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३५२ - उत्प्रेषणको आदेश जारी गरिपाउं भन्ने भाग: २२ साल: २०३७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०२३/१०/०६ २६६४ निर्णय नं. १३५२ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री कालीप्रसाद उपाध्याय ०२३ सालको रिट नम्बर २०३ आदेश भएको मिति : २०२३।१०।६।५ मा निवेदक : द्वारीकाप्रसाद अग्रवाल जि.बारा प्र.खे.मौजे कलैया विरूद्ध विपक्षी : जि.भू.सु. अफिस बारा कलैयाका भू.सु.अधिकारी विश्वमान श्रेष्ठ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं भन्ने (१) निवेदकले ०२१।९।२२।३ मा फाँटवारी दाखिल गर्दा निजको उमेर वर्ष १७ लेखिएको देखिने त्यसको आधार के रहेछ भनी हेर्दा निजका बाबु दाजुहरू समेत रही ०१६।८।३० मा भएको बण्डापत्रमा निजको उमेर वर्ष ११ लेखिएको देखियो उक्त बण्डापत्रलाई उमेरको निमित्त एउटा गहकिलो प्रमाण मान्न मिल्ने र निवेदकले ०२१।३।२७।६ मा गरी दिएको सुक्रीबिक्रीको राजीनामाको कागजमा वर्ष १६ लेखिएको देखिएकोले फाँटवारी दाखिल गर्दा निज निवेदकले आफ्नो उमेर १७ वर्षको लेख्न पर्याप्त कारण भई लेखेको सम्झनुपर्ने हुनआउँछ, उसमा पनि डाक्टरको रीर्पोटमा कुनै आधार नलेखी अन्जामको भरले उमेर ठेगान गरेको देखिएकोले निवेदकले जानी–जानी झुठ्ठा फाँटवारी दिएको भनी जि.भू.सु.अ. कलैयाले ठहर गरी निवेदकको जग्गा जफत गरेको न्यायोचित नहुने । (प्रकरण नं. ६) निवेदक तर्फबाट : विद्वान वकील सिनियर एकभोकेट कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट : विद्वान गभर्मेण्ट एडभोकेट रतनलाल कनौडीया आदेश १. जमदार राउतले अरूका नाउँका जग्गा राखी खायो भन्ने ७ जवान माथि भूमिसुधार विशेष अदालतमा उजूरी निवेदन चढाएको अदालतबाट नाबालकका नाउँमा जग्गा राख्यो भन्नेतर्फ जि.भू.सु.अ.मा कारवाई गर्न पठाई अ.बं.११५ नं. अनुसार सनाखत समेत नगराई मेरो बयान गराउँदा ०१६।८।३ मा पास भएको बण्डापत्रबाट मेरो हक हुनआएको जग्गा केही बिक्री समेत गरी दिएको मेरो जन्म ०५।१।२८।३ मा भई १७ वर्ष देखि ७ नं. फाराम भरी जग्गाको फाँटवारी दाखिल गरेको छु भन्ने बयान । मेरो बयान समेतको आधारले दाजु श्यामप्रसादलाई बालिग र मलाई नाबालक ठहर गरी ०२३।३।२०।२ मा फैसला गरियो । नाबालक हो भन्ने कुराको उजूरी ठहर गर्न पाउने कानुनी अधिकार भूमिसम्बन्धी ऐन नियमले भू.सु.अधिकारीज्यूलाई नदिएको आफूलाई नसौंपेको अधिकार प्रयोग गरी गरेको फैसला ०२० साल माघ ७ गतेको शाही घोषणा र अ.बं.३५ नं. समेतले स्वतः अमान्य र गैरकानुनी छ । एक साल समाप्त नभएसम्म महीना गते लेख्ने चलन नहुँदा पास भएको बण्डापत्र लेख्दा ०१६।८।३ मा ११ वर्ष ६ महीनाको भए पनि ०११ वर्ष देखि बण्डा तयार गरेको हो सो बण्डापत्रबाट ०२१ साल मार्ग महीनामा १६ वर्ष नाघिसकेको छु १६ वर्ष नाघेको व्यक्ति परिवारमा गणना हुनसक्ने हुँदा आफ्नो उमेर १७ वर्ष लेखी ७ नं. फराम भरेको छु सो फाराम भरेको अवस्था म बालिग छु स्कूलमा पढ्दा उमेर कम्ती लेखाउन वा अघिपछि भए गरेको केवल एउटा लेखनदासको लेखाईको भूलबाट कम्ती उमेर लेखिदिए तापनि अरू सबै व्यवहारको लिखतबाट बालिग देखिने उमेरको यकीन गर्दा जन्मपत्रिका बण्डा हुँदा बण्डापत्रको उमेर नै यकीन उमेर सम्झनुपर्ने डाक्टरी जाँच उमेर यकीन गर्ने माध्यम नभई उमेर अन्जान गर्ने मात्र माध्यम हो प्रस्तुत मुद्दामा पनि डा.महमद करुल हक आजामले अन्दाजकै भरबाट लेखिएको हो भन्ने कुरा लेखेकै छ तर डाक्टरी सैद्धान्तिकको विपरीत १६ वर्ष ६ महीना भनी लेख्नु कुन आधारले राय व्यक्त गर्नुभएको हो सो लेखाई सरासर गल्ती छ तथ्यको विपरीत एउटा आधार