निर्णय नं. २९३३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९३३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/११/३० २३३८ निर्णय नं. २९३३ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको रि.फु.नं. २७ आदेश भएको मिति : २०४०।११।३०।३ मा निवेदिका : तेजबहादुरको छोरी इलाम बजार बस्ने वर्ष ३३ की विष्णुकुमारी श्रेष्ठ विरुद्ध विपक्षी : श्री अञ्चल न्यायाधीश, मेची अञ्चल अदालत इलामसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) घरसारमा राजीनामा गरी रजिष्ट्रेशन पास गराई बेचेको भन्ने उल्लेख भएको जग्गा प्राप्त गर्नुभन्दा पहिले प्रतिकूल असर पर्ने निवेदिकालाई आफ्नो कुरा भन्ने अवसर प्रदान गर्नु पर्ने । (प्रकरण नं. १०) निवेदिकातर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश न्या.धनेन्द्रबहादुर सिंह : मिति २०३८ साल कार्तिक २० मा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट भएको आदेश उपर निवेदिका विष्णुकुमारीले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारमा चढाउनु भएको बिन्तिपत्रमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उपर्युक्त मुद्दा फुलबेञ्चबाट दोहराई दिनु भन्ने हु.प्र.बक्स भई यस फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको मुद्दाको तथ्य निम्न बमोजिम छ । २. म विपक्षी मध्ये रत्‍नदेवी बज्राचार्यबाट रु.२,५००।– मा खरीद गरी मिति ०३७।१२।१० मा रजिष्ट्रेशन गराई लिएको जि.झापा पाराखोपी गा.पं.वा.नं.२ कि.नं.७९ को ज.वि.११–६–१० जग्गा भूमिसुधार कार्यालयबाट लिलाम बिक्री वितरण हुँदैछ भन्ने थाहा पाई मेरो हकमा आघात पर्ने आशंका उत्पन्न भएबाट सो रोकी पाउन मेची अञ्चल अदालतमा ०३६।६।२९ मा निषेधाज्ञाको आदेश जारी गरी पाउँ भनी निवेदन दिएकोमा फैसला अनुसार जग्गा जफत गरिएको हो भन्ने ०३६।७।२९ मा थाहा पाई ०३७।८।२० मा मात्र फैसलानुसार कारवाही चलेको भन्ने जानकारी भयो । ३. रत्‍नदेवी समेत जना ३ का नाउँमा जम्मा विगहा ७०–५–१२ मा राख्‍न पाउने जग्गा विगहा ५६–०–० कट्टा गर्दा बाँकी हुन आउने जग्गा विगहा १४–५–१२ भूमिसम्बन्धी ऐन, ०२१ को दफा १५ ले प्राप्त गर्नु पर्ने देखियो भन्दै तपसीलमा रत्‍नदेवीको नाउँको पाराखोपी गा.पं.वा.नं.२ कि.नं.७९ को ज.वि.११–६–१० समेतको जग्गा प्राप्त गर्ने ०३१ साल भाद्र ३१ गते विपक्षी भूमिप्रशासकज्यूले फैसला गरे उपर विपक्षी रत्‍नदेवी समेतको विपक्षी अञ्चल अदालतमा पुनरावेदन परेकोमा रत्‍नदेवीको आमा कृष्णकुमारीको सगोलको परिवार मानिने हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन निजको नामको जग्गा प्राप्त गर्ने गरेको शुरुको इन्साफ मनासिब ठहर्‍याई ०३२।१२।२३ मा फैसला गरेको कुरा ०३६।८।२० मा फैसला गर्दा प्रतिकूल असर पर्ने व्यक्तिलाई बुझ्दै नबुझी मेरो सम्पत्ति सम्बन्धी हकमा आघात पुग्ने गरी गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्तको प्रतिकूल हुँदा ने.का.प.०३१ नि.नं.८४४ मा प्रतिपादित सिद्धान्तबाट उक्त निर्णयहरू बदरभागी छन् । कृष्णकुमारीको बयान समेतबाट देखिएको अवस्थामा मलाई बिक्री गरी सकेको जग्गालाई प्राप्त गर्नु पर्ने भनी प्राकृतिक न्याय सिद्धान्तको विरुद्ध गरेको फैसला उत्प्रेषणको आदेशद्वारा बदर गरी हनन् भएको हक अधिकारको संरक्षण गरी पाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने डिभिजनबेञ