निर्णय नं. ४६८९ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६८९ - उत्प्रेषणयुक्त परमादेश भाग: ३५ साल: २०५० महिना: बैशाख अंक: १ फैसला मिति :२०५०/०१/१५ २५०९ निर्णय नं.– ४६८९ ने.का.प. २०५० (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्बत् २०४७ सालको रिट नं. – ९६५ आदेश मिति :– २०५०–१–१५–३ निवेदक : का.जि.का.न.पा. वडा नं. २३ ओमबहाल बस्ने जगतमाया शाक्य । विरुद्ध प्रत्यर्थी : श्री काठमाडौं जिल्ला अदालत, डिल्ली बजार समेत । विषयः– उत्प्रेषणयुक्त परमादेश । (१) लिखत के कति कस्तो जग्गाको गरीदिएको हो भन्ने विवाद परिरहेको अवस्था नापीले एउटै कित्ता कायम गरेको आधरलेसम्म मुद्दाको विवाद वस्तुमा फेरबदल हुन्छ भन्ने मनासिब नपर्ने । (प्र.नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा : विद्वान अधिवक्ता श्री प्रकाश बस्ती प्रत्यर्थी तर्फबाट: विद्वान सरकारी अधिवक्ता श्री अलि अकबर मिकरानी : विद्वान अधिवक्ता श्री होरा प्रसाद जोशी : विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल आदेश न्या. लक्ष्मण प्रसाद अर्याल १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) बमोजिम दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. पूर्व ओम बहाल जाने मूल सडक र आफ्नो मूर्दा लाने बाटो पश्चिम चयामिनीको घरबारी उत्तर जुजुमानको बारी दक्षिण चैत्यरत्न शाक्यको बारी यति ४ किल्लाभित्रको पूर्व पश्चिम लम्बाई फुट २४ दक्षिण उत्तर चौडाई १४ फीट ६ इन्चीको पाताल बारी २०२९।४।२० मा मलाई हालैदेखिको बकसपत्र गरी दिएदेखि भोग चलन गर्दै अएको थिएँ । त्यस्तैमा २०३४।६।११ मा चैत्यरत्न काश्यले मेरो हक भोगको भनी लक्ष्मीदेवी शाक्यलाई फार्छे पत्र पारीत गरी दिएको लिखत बदर गरी पाउँ भनी पुष्प रत्नले मेरा स्व. पति चैत्यरत्न शाक्य र लक्ष्मीदेवी समेतलाई प्रतिवादी बनाई मुद्दा दिएकोमा पारित लिखतको उत्तरतर्फ लम्बाई २४ फिट चौडाई ११ फिट ६ ईञ्च जग्गा यथावतै हुँदा फिरादीको जग्गा घुसाएको छैन भत्रे प्रतिउत्तर । मेरा पति र लक्ष्मीदेविका लिखत बदर मुद्दा फैसला भै अनुमति पाई पुनः कारवाही गर्न काठमाडौं जिल्ला अदालतमा जाँदा मेरा पतिको मृत्यु भएकोले लक्ष्मी देवीको पति अमृतमानलाई वारेश राखेको थियो । २०४७।८।१५ गते निज वारेश आई तपाईको यो मोटर ग्यारेज समेतको घरजग्गा मेरी श्रीमती लक्ष्मीदेवीको नाउँमा दर्ता भैसकेको छ । अब आजैबाट छाडी दिनुस् भनी भनेकाले कसरी भयो भनी मालपोत कार्यालयमा र का.जि.अ.मा गै बुझ्दा विपक्षीले दुवै जना मिलि अ.व. १८२ नं. बमोजिम मिलापत्र गराई पाउँ भनी निवेदन दिई मिति २०४६।३।२६ गते मिलापत्र गराई दिएको रहेछ । ३. चैत्यरत्नले फार्छे पत्र गरी दिंदा का.जि.अ. ओम बहालको पूर्व पश्चिम २७ फिट ६ इन्च र उत्तर दक्षिण २६ फिट ६ ईञ्चको पाताल जग्गाभित्र बनेको ग्यारेज टहरा बाहेक भनी फार्छे पत्रमा स्पष्ट खुलाई पारित गरेकोमा दावी भन्दा बाहिर गई गरेको मिलापत्र समेत प्राकृतिक न्यायको सिद्धान्त विपरीतको मिलापत्र बदर गरीपाउँ । सोको आधारमा लक्ष्मीदेवी शाक्यले हाल कि.नं. १४५९ को क्षे.फ. ०–२–०–३ ज. ध. प्र. पाउँ भनी दिएको निवेदनमा २०४७।६।१९ लक्ष्मीदेवीका नाउँमा जग्गा दर्ता गरी दिने निर्णय मा.पो.का. बाट भएको रहेछ । का.जि.अ.ले गराएको मिलापत्र र सोही मिलापत्रको आधारमा मा.पो.का काठमाडौंको जग्गा दर्ता गर्ने निर्णंय समेत बदरभागी छ । किनभने मेरो पतिको स्वर्गेपछि मैले मुद्दा सकार गरी वारेशनामा दिएपछि वारेशले मेरो हकमा मिलापत्र गर्न पाउने ह