निर्णय नं. १३५३ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३५३ - जालसाजी भाग: २२ साल: २०३७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३२/१०/२५ २३७५ निर्णय नं. १३५३ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३२ सालको फौजदारी पुनरावेदन नम्बर ८३ फैसला भएको मिति : २०३२।१०।२५।१ मा पुनरावेदक : दाङ देउखुरी जिल्ला बागमती गा.पं.वार्ड नं. ६ हापुर बस्ने दलबहादुर आले मगर समेत विरूद्ध विपक्षी : दाङ देउखुरी जिल्ला बागमारे गा.पं.वडा नं. ६ हापुर बस्ने गम्भीरचन बालम क्षेत्री मुद्दा : जालसाज (१) मोहीको हक ननिखनिएको मितिदेखि सन्धीसर्पनवाला वादीको निखन्ने हक भइसकेपछि प्र.हरू परस्परमा निखनी लिएदिएको सदर मान्न नमिल्ने । (प्रकरण नं. ९) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल फैसला न्या. बासुदेव शर्मा : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चबाट मिति ०३१।१२।१।६ मा भएको फैसला उपर प्रतिवादीहरूले पुनरावेदन गर्न पाउने अनुमति प्राप्त भइआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ । २. वृहस्पति सो उत्तर समेत ४ किल्लाको कि.नं. ५।६।७।८।९।१०।११।१२।१३।१४ समेत १० कित्ता जग्गा बिगहा ४द्र३।४ मध्ये बिगहा २द्र१।।४ का कित्ता १ मूलकुलासो पूर्व मूलबाटो पश्चिम दक्षिण १६२ नं. कित्ता सो उत्तरको जग्गा बिगहा १द्र१ मध्ये ।।.।।।३ को कित्ता १ मूल बाटो सो पूर्वको कित्ता १६२ मध्ये ।१।३ को कित्ता १ समेत ३ कित्ता जग्गा बिगहा २।।।४ मोल रु.१०,००० विपक्षी दलबहादुरबाट लिई बमबहादुरले मोहियानी हक समेत आफ्नै देखाई ०२४।९।२६ गते घरसारमा राजीनामा गरी दिएको पारित गरी नदिँदा दलबहादुरको उजूर परी ०२६।९।२४ मा रजिष्ट्रेशन पास भएछ । मलाई सन्धि परेकोबाट ०२७।५।३० गते धरौट राखी निखनी कारवाई चलाइराखेकोमा ०२५ सालदेखि मौखिक शर्तमा अधियाँ कमाएको बमबहादुरलाई बुझाइआएको हामी मोही टिकाराम, बहादुरले ०२७।५।३० गते ने.रु.५०००। बुझाई राजीनामा दरपीठ गराई लिएको १५ दिनभित्र मालमा जाँदा म्याद गएको भन्ने मौखिक जवाफ पाएबाट म्याद थामी पाउँ भन्ने विपक्षी दलबहादुर समेतले श्री ५ मा बिन्तीपत्र दिई म्याद थामिने प्रमांगी बक्स भइआएछ” र मोही टिकाराम, बहादुर समेत २ जनाबाट रु.१००००। दाखिल गरेको भन्ने पारी ०२७।११।१४ गते दलबहादुरले अड्डैको रोहवरमा निखनेको भर्पाई खडा गरी पारित भएको जनाई पारित भएछ टिकाराम, बहादुरलाई बनावटी मोही सिर्जना गरी बमबहादुर समेतलाई हात लिई मिलेमतोबाट राजीनामा गरी ०२४ सालमा मोही भन्न नसकी राजीनामा दिनुभन्दा अगावैको मोही भनी बहादुरले दलबहादुरलाई गरी दिएको राजीनामामा मोही बमबहादुर भई कमाएको भनी लेख्नुभएको हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को परिभाषाको बर्खिलाप मोही भएको देखिन्छ दफा २५ र दफा २ मा गरिएको व्यवस्थातर्फ विपक्षीहरूले ढाकछोप गर्दै जालसाजबाट निखनाई दिने लिने गरी सन्धीसर्पन मलाई निखनाई पाउनेबाट वञ्चित गराई जाल परिपञ्च गरेकोले यस्तोमा कीर्ते कागजको ३ नं. ले जालसाजी ठहर्ने हुँदा जालसाजी गरे गराएमा सजाय गरिपाउँ भन्ने समेत ०२८।३।७।२ को वादी रहेछ । ३. वादी दावीको जग्गा कुनै शर्त नगरी टिकाराम, बहादुरलाई अधियाँ शर्तमा राखेको जालसाजबाट खडा गरेको होइन वादी दावी झुठ्ठा हो भन्ने समेत बमबहादुरको र दलबहादुरले जग्गा बिक्री गर्छु भन्दा म अघिदेखिको मोही हुँ भनी रु.५०००। मा मलाई दिन भएको हो जालसाज गरी मोही भएको होइन भन्ने समेत टिकाराम, बहादुर खत्री र जग्गा दलब