निर्णय नं. २९३४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९३४ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/१२/२४ २१३६ निर्णय नं. २९३४ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रि.फु.नं. ३१ आदेश भएको मिति : २०४०।१२।२४।६ मा निवेदक : जि महोत्तरी निरौल गा.पं.वा.नं.७ बस्ने इस्माईल मियाँ विरुद्ध विपक्षी : जि.महोत्तरी एकडारा बेला गा.पं.वा.नं.७ बस्ने चन्द्रेश्वरप्रसाद सिंह विषय : उत्प्रेषण (१) भू.प्र.का.महोत्तरीले निवेदकलाई मोही कायम गरेकोमा चित्त नबुझेको भए अ.बं.८६ नं. बमोजिमको म्यादभित्र उजूर गरी उक्त मितिको निर्णयलाई बदर गराउन सक्नु पर्ने । (प्रकरण नं. १२) (२) बदर नभई कायम रहेको फैसला निजको विरुद्धमा प्रमाण नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं. १२) (३) जग्गाधनी र निजका छोराहरूको बीच अंशबण्डा भई जग्गा छोराहरूको भागमा पर्न आएको कारणले मात्र यी निवेदकको मोहियानी हकमा असर पर्नसक्ने नदेखिने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी भू.सु.का.तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७२(ख) अन्तर्गत मुद्दा दोहर्याई इन्साफ जाँच गरी दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र.बक्स भई फूलबेञ्चको लगतमा चढी पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न प्रकारको छ : २. इस्माईल मियाँले श्रीपुर टारम्टोर गा.पं.वडा नं.१क. कि.नं.१०२ को २–६–१५ को जग्गा मध्ये १–१५–० जग्गाको मोही भई कूत बुझाउँदै आएको छु भर्पाई मिति ०२६।९।६ को भूमिप्रशासन कार्यालय महोत्तरीका फैसलाको आधारमा प्रमाणपत्र पाउँ भनी दिएको निवेदनमा मैले २०२०।४।३२ मै पिताबाट अंशबण्डा पत्र गराई छुट्टी भिन्न भई बसी आफ्नो अंश भाग बण्डाको जग्गा बण्डा पत्र पास भए दिन देखि आफैं दश कर्म गरी जग्गा जोतकोड आवाद गुल्जार गरी भोगी आएको छु विपक्षी जग्गाको मोही होइन पिताजीसंग अंशबण्डा गरी छुटयाई दिएपछि जग्गाको स्वामित्व ममा आएपछि जग्गाको विषयमा मलाई जानकारी नै नदिई पक्षै नबनाई बीच बीचमा पिताजीसंग मुद्दा उठान गरी हारजित गरिएको फैसला मेरो विरुद्ध प्रमाण लाग्ने होइन भन्ने समेत प्रतिवाद गरेको थिएँ । ३. २०२६।९।६ को निर्णयबाट वादी प्रतिवादी समेतको जिकिर माथि इन्साफ गर्दा वादी दावीको जग्गामा एकपटक निर्णय भई सोही हक कायमै राख्ने देखिँदा उक्त निर्णय मिसिलमा प्रतिवादीको स्व.पिता वादी दावीको जग्गामा मेरो हकभोग अंश फाँटको छैन मेरो छोरा समेतको अंश फाँटको हो भनी जिकिर लिएको पाइयो र उक्त निर्णय भएको पुनरावेदनको म्याद गुजारी कतै पनि उजूर गरेको नदेखिएको र एकपटक निर्णय भइसकेको विषय माथि पुनः सोही विषयलाई दोहोर्याउनु कानुनी प्रतिकूल भएको र वादी दावी अनुसारको जग्गा प्रतिवादी सर्भेको नाउँमा हाल दर्ता भए पनि कानुनतः बण्डा पत्र भइसके पनि व्यवहारबाट सगोलकै जस्तो भूतपूर्व निर्णयबाट देखिनाले वादीले दावी लिएको जग्गाको कार्यालयमा रहेको २ नं.अनुसूची समेत माथि केही नगरी म्याद गुजारी बसेको र प्रतिवादीको स्व.पिता जगतनारायण सिंहले मोही राजीनामा गराएको मिसिलमा निजको हकभोगको थिएन भन्ने राजीनामा गराउने प्रश्न आउनु पर्ने थिएन । तसर्थ प्रतिवादीको समेत जिकिर कल्पीत जस्तो बुझिन्छ । सो बुझ्नाले भूमिसम्बन्धी ऐन, २०२१ को नियम ९(१) बमोजिम वादीका दावी प्रतिकूल