निर्णय नं. १३५४ - करकापसंग कागज गरायो भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३५४ - करकापसंग कागज गरायो भन्ने भाग: २२ साल: २०३७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०२०/१०/२२ २३८८ निर्णय नं. १३५४ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह फैसला अ.नं. ७५६ फैसला भएको मिति : २०२०।१०।२२।४ मा अपीलाट : प.४ नं. बलामई सुंगा बस्ने मित्रलाल थापा मगरसमेत विरूद्ध विपक्षी : प.४ नं. बलामरानी खर्क बस्ने मनिराम न्यौपाने जैसी मुद्दा : करकापसंग कागज गरायो भन्ने (१) यसमा मुख्य वादीले मलाई ९ थान कागज करकापसँग गराएको भन्ने जिकिर लिएको अरू कागजहरू दाखिल हुन समेत नआएको मिसिल सामेल रहेको सो ०१५।८।१८।४ को मो.रु.११००। को कपाली तमसुक हेर्दा लिफामा लेखिएको भए ल्याप्चे रेखा माथि अक्षर लेख्ने हुनुपर्ने सो नभई उक्त लिखतको दोश्रो हरफको अन्तरमा अक्षर माथि ल्याप्चे लागेको देखिएकोले र उक्त कागजको आकारप्रकारबाट करकापले गराएको भन्ने नदेखिएकोले समेत करकापसाथ गराएको नदेखिने । (प्रकरण नं. ६) फैसला १. जगन्नाथकी ल्याइते कान्छी स्वास्नी, सौतासँग अमेल भई अंश लगाउने तरखर गर्दा ल्याइतालाई पूरा जग्गामा अंश लिने नगराई खोरिया जग्गा किनिदिन्छु त्यसैमा जाने गराई देउ भनी जगन्नाथले भनेमा मानेन भन्ने इवी भएको रहेछ मलाई थाहा थिएन १५ साल मार्ग १८ गतेका दिन रातको ४।५ घडी रात गएको टायममा निज जगन्नाथकी स्वास्नी मेरा घरमा आई भैंसी विरामी भो आखड हेरी दिनुपर्यो भन्न आएकोले आउँछु भनी पठाई केही बेरपछि जाँदा जगन्नाथ प्रेमनारायण देवाखर समेत मझेरीमा लुकी बसेका रहेछन् लौ आखड हेरिदिनुस् भनी हेर्न लागेका बखत जगन्नाथ प्रेमनारायण देवाखर ३ जना आई देवाखर प्रेमले दुवै हातको नारीमा जगन्नाथले मेरा पछाडि कमरमा समाती घोप्टो पारी भैंमा दलमल्याउने गर्दा जगन्नाथकी माहिली स्वास्नीले मूल ढोका बन्द गरी सास्ती सास्ना दिई मेरी कान्छी स्वास्नीलाई अंशमा मिल्न नदिने यही रहेछ यसको सर्वस्व नगराई छोड्दिन भनी जगन्नाथले ईस्टकोटबाट कागजको मुठो र छाप मसी समेत झिकी देवाखरले समातेको दाहिने हात प्रेमले समातेको बायाँ हात जगन्नाथले कालो मसी दुवै बुढी औंलामा लगाई ६ थान खाली कागजमा करकाप जबरजस्तीसँग ल्याप्चे सही गराई लिएपछि यो लेख्ने जान्ने मानिस छ अर्को पनि नगराई भएन भनी मेरो हातमा कलम चोप्दै खाली कागज घुँडामा राखी लेख भन्दा लेख्दिन भनेमा लेख्दैनस् भने तेरो हात खुट्टा भाँच्छौं भनेकोले गुहार भनी कराउँदा जगन्नाथले कराउँछस् भन्दै मेरो टोपी झिकी मुखमा बुजो लगाई दिई लोप्पा ख्वाएकोले प्राणै लिन्छ कि भन्ने डरले अर्को खालीमा १५ साल मार्ग १८ गतेमा लिन पर्ने मो.रु.१०००।– भन्नेसम्म मलाई लेखाई सो देखि मुनि खाली ४ अंगुल फरकमा र त्यसदेखि मुनि अं.१।। फरक गरी हस्तासही र जगन्नाथले कालो घस्ने देवाखरले नारीमा समाई दुवै ठाउँमा जगन्नाथले करकापसँग ल्याप्चे सहिछाप गराई सबै कागज जगेले राखेको मेरा साक्षी प्रमाण बुझी माथि जिकिर गरियाको करकापी लिखत थान ६ र एउटै बण्डामा साहू नखुलाई लेखिया बमोजिम मो.रु.१०००। त्यसदेखि मुनि छुट्टाछुट्टै समेत सो ३ नै थानमा मेरो हस्ता सही ल्याप्चे समेत हुनाले सो ३ थान समेत जम्मा ९ थान कागज झिकी बदर गरी सजाय गरिपाउँ भन्ने समेत व्यहोराको मनीराम न्यौपानेको फिराद । २. म जगन्नाथको कान्छी स्वास्नीलाई अंश नदिएकोले वादी अंश मिलाउन भनी आएको र अंश दिन भनेको समेत हैन निज वादीले म जगन्नाथसँग आई मलाई मो.रु.११००। ले साह्रै पिर परेको छ रूपैयाँ नदिई भएन भनी जिकिर गरेकोले ०१५ साल फाल्गु