निर्णय नं. २९३५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९३५ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/०३/११ २२५० निर्णय नं. २९३५ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् ०४१ सालको रि.फु.नं. ४९ आदेश भएको मिति : २०४२।३।११।३ मा निवेदक/विपक्षी : जि.ललितपुर ठेचो गा.पं.वडा नं.१ बस्ने चक्रबहादुर ज्यापू विरुद्ध विपक्षी/रिट निवेदक : ऐ.चापागाउँ गा.पं.वडा नं.७ भूलडोल बस्ने ओमप्रसाद दुलाल विषय : उत्प्रेषण (१) सन्धिसर्पन पर्ने व्यक्ति हो होइन भन्ने कुराको सबूद प्रमाण बुझी इन्साफ गर्नुपर्ने देखिएपछि अदालतमा नालिश दिन जानु भनी सुनाउनु पर्नेमा भूमिप्रशासन कार्यालय आफैंले अधिकारक्षेत्र ग्रहण गरी निखन्न पाउने ठहराएको र सोही इन्साफ सदर गरी प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११) विपक्षी/निवेदकतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल विपक्षी/रिट निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी आदेश न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा बेहोरा साँचो भए त्यस अदालतबाट निर्णय भएको यसमा लेखिएको उत्प्रेषणको रिट मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भइआएको हुकुम प्रमांगी बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिमको छ : २. ल.पु.चापागाउँ वा.नं.७(ख) कि.नं.२५ को जग्गा रोपनी १४–२–० मध्ये दक्षिणतर्फबाट ७–१–० ऐ.कि.नं.२६ जग्गा रोपनी ६–१–० मध्ये ऐ.तर्फबाट ३–०–२ को जग्गा मिश्रीदेवी लोतेमाङबाट थैली रु.६,५००।– दिई ०३२।२।२५।२ मा भू.प्र.का.बाट राजीनामा रजिष्ट्रेशन गराई लिएकोमा चक्रबहादुरले निखनाई माग्न ०३३।१०।२७ मा दर्खास्त दिएकोमा मैले निखन्न दिन मञ्जूर छैन भनी प्रतिवाद गरें भूमिप्रशासकले निखनी लिन पाउने ठहराई ०२४।४।६ मा निर्णय पर्चा गर्नु भए उपर पुनरावेदन गर्दा शुरुकै निर्णय सदर गरी विपक्षी प्र.जि.अ.बाट ०३७।७।२९।६ मा फैसला गर्नु भयो । ३. विपक्षी चक्रबहादुरले आफूलाई सन्धिसर्पन पर्ने व्यक्ति भन्दै ०३३।१०।२७ मा धरौट राख्नु भएको देखिन्छ भन्ने विपक्षीकै भनाई लेखाई अनुसार लेनदेन व्यवहारको १२ नं.को म्याद नघाई राखिएको धरौटबाट निखन्न पाउने ठहर गर्नु कानुनसंगत होइन विपक्षीलाई सन्धिसर्पन पर्ने होइन भनी प्रतिवाद गरी निखन्न दिन इन्कार गरेको छु । विपक्षीलाई सन्धिसर्पन पर्ने हो वा होइन भनी रजिष्ट्रेशन गर्ने अड्डा बाहेक अन्यत्र रहे भएका नक्शा सरजमीन साक्षी र सर्भे नक्शा ट्रेस समेतका प्रमाण बुझी इन्साफ गर्नु पर्ने अवस्थाको मुद्दा हुनाले रजिष्ट्रेशनको ३५ नं.बमोजिम ३५ दिनभित्र अदालतमा फिराद गरी सन्धिसर्पन ठहर्याई ल्याएमा ठहरे बमोजिम हुने भन्ने निर्णय गर्नु पर्नेमा निखनी लिन पाउने ठहर्याएको निर्णयबाट रजिष्ट्रेशनको ३५ नं.तथा अ.बं.३५ नं.समेतको प्रत्यक्षः त्रुटि हुन गएको छ शान्तप्रसादले छुट्टै लिखतबाट अलग राजीनामा गरेकोमा पनि निखनी लिन पाउने ठहराएको निर्णयमा अ.बं.७२ नं.समेतको त्रुटि हुन गएको र नेपालको संविधानको धारा १०(१) धारा ११(२)(ङ) धारा १५ ले प्रदान गरेको हक हनन् गराएको हुँदा उत्प्रेषणको आदेशद्वारा भू.प्र.का.र प्रमुख जिल्ला अधिकारीबाट भएका निर्ण