निर्णय नं. १३५५ - लिखत पास गराई पाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३५५ - लिखत पास गराई पाउं भाग: २२ साल: २०३७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०२४/०३/१८ २२३४ निर्णय नं. १३५५ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री मिनबहादुर थापा माननीय न्यायाधीश श्री राजा ईश्वरी ज¬ङ्गबहादुर सिंह सम्वत् २०२१ सालको देवानी पुनरावेदन नम्बर १८८४ फैसला भएको मिति : २०२४।३।१८।१ मा पुनरावेदक : विसुलाल श्रेष्ठ पु.२ नं. ई चैनपुर ग्यालडाँडा विरूद्ध प्रतिवादी : सुन्दरी तमाङनी पु.१ नं. का.प.ई.रामपुर कोलटार हाल ऐ. गोकुले चाकल मुद्दा : लिखत पास गराई पाउं (१) डिभिजन बेञ्चका आदेश बमोजिम सहिछापको फोटो खिचाई विशेषज्ञहरूको बोर्डबाट जाँच गराउँदा भित्री रेखाहरू फोटोबाट मधुरो रूपबाट देखिएको हुँदा बुझिन्छ भनी प्रतिवेदन दिएकोले खारेज गर्न नमिल्ने भई ठहरे माफिक फैसला गर्न पठाउनुपर्ने । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : विद्वान प्लीडर इच्छाहर्ष प्रतिवादी तर्फबाट : विद्वान प्लीडर ठाकुरप्रसाद खरेल फैसला १. मबाट घरसारमा रु.९१००। रूपैयाँ लिई लोग्ने रूपनारायणका र छोरा शिवनारायणका नाउँमा विजन दर्ता भएको निजहरू मरी मेरो हक हुनआएको विजन ।२।६ लागेको कोलटार स्वाँर भन्ने पाखोबारी कित्ता १ विजन ।।१ लागेको भेडावारी भन्ने कित्ता १ विजन ।।१ लागेको चेपटेवारी कित्ता १ विजन ।।३।५ लागेको विजन ।।३ लागेको कोलटार स्वाँरा भन्ने कित्ता विजन ।।१ लागेको कोलटार गैरी कित्ता समेत जम्मा रैकर जग्गा कित्ता ६ को विजन ।३।७।५ को तिरो रु.४।१५। जाने जग्गा ०१७ सालका बाली देखि राजीनामा जानी खानु भनी ०१७।५।१५।३ मा राजीनामा गरी दिएको आलटाल गरी पास गर्ने म्याद गुजारी दिएकोले सो राजीनामा लिखित पास गराई पाउँ भन्ने समेत विसुलाल श्रेष्ठको वा टिकालाल श्रेष्ठको फिराद । २. बनेपा बस्ने दिलबहादुर श्रेष्ठसँग २५००।– ऋण कर्जा लिई कपाली रहेको र ज्वाई रामदाससँग ५९९९। लिई दिलबहादुरको २५००। तिरी सो न्हेडिक प्रमाणमा राखी मेरो भएको जेथा जग्गा सबै भोगबन्धकी लेखी निज ज्वाईकै घरमा बसी पास गर्न डोर ल्याई ०१७।१०।२८ मा भोगबन्धकी दिएको मानबहादुर नेवाले घर फर्कदा मंगलटारमा आई पुगेपछि गत फाल्गुण २ गतेमा उक्त बदमासहरूले एकलास गौडा ढुकी बसेका रहेछन् हामी सासू बुहारीलाई नै करकापबाट लेखी ल्याएको कागजमा सहिछाप गराई लगेकाले का.प.इ.अ.मा ०१७।१०।३ मा फिराद दिएको छ राजीखुसीबाट सो लिखत गरेको होइन भोगबन्धकी पास गरी दिएको जग्गा कारण बेगर वादीलाई राजीनामा गरी दिन प्रयोजन नै नपरेको आफू देखा परे सजाय हुनपर्छ भन्ने चलाखीबाट आफ्नु नोकरको बाबुलाई साहू बनाई साक्षी बस्ने भई लेख्ने भई खडा गरेको भन्ने प्रष्ट देखिन आउने छ नखाएको धनको करकापी लिखत पास गर्न नामञ्जूर छु भन्ने समेत मन्तरी तामाङनीको प्रतिउत्तर । ३. वादीले दाखिल पेश गरेको ०१७।५।१५ को लिखत हेर्दा कारणीको सहिछाप का.जा. २०–२० क–२० ख.नं. को रीत पुगेको नदेखिएको सहिछापको रेखाहरू नबुझिने भएबाट दं.स. ५३ नं. ले यो वादी दावी खारेज गर्ने ठहर्छ भन्ने समेत सिन्धुली ईलाका अदालतको ०१८।५।५ को फैसला। ४. खुशीराजीले गरी दिएको लिखतलाई बेइमानी चिताई करकाप भनेमा सजाय गरी लिखत पास गरिपाउँ भन्ने समेत विसुलालको पहिलो अपील । ५. वादीले पास गराई पाउँ भनी दावी लिएको लिखत विशेषज्ञ बोर्ड समेतबाट जाँच हुँदा उक्त लिखतको कारणीको सहिछाप बुझिंँदैन भन्ने रीपोर्ट दिएको र त्यस्तो सहिछाप नबुझिने लिखत कानुनले मान्यता दिन नमिल्ने र यिनै वादी प्रतिवादीको करकाप मुद्दा समेत आजै किनारा भएकोले इन्साफ शुरू सिन्धुली अदालतको मन