निर्णय नं. १३५७ - जग्गा खिचोला मेटाई चलन चलाई पाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३५७ - जग्गा खिचोला मेटाई चलन चलाई पाउं भाग: २२ साल: २०३७ महिना: असार अंक: ३ फैसला मिति :२०३७/०३/१८ २७६० निर्णय नं. १३५७ ने.का.प. २०३७ फुल बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको दे.फु.नं. २६ फैसला भएको मिति : २०३७।३।१८ मा निवेदक : जि. सुनसरी धरान न.पं. वडा नं ९ बस्ने टंकप्रसाद संज्याल विरूद्ध विपक्षी : ऐ ऐ. बस्ने इन्द्रमानको मु.स.गर्ने गोपालमान श्रेष्ठ मुद्दा : जग्गा खिचोला मेटाई चलन चलाई पाउं (१) घर बनाउनेको ११ नं. को ऐनले घर बनेको मितिबाट १ वर्षभित्र उजूर गर्नुपर्ने सो गरेको नहुँदा घर बनाएको कलममा घर बनाई खिचोला गरे भन्ने वादीको उजूर नपुग्ने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल फैसला न्या. हेरम्बराज : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्‍याई पाउँ भनी निवेदक प्रतिवादी टंकप्रसाद संजेलले दिएको निवेदनमा यसमा व्यहोरा साँचो भए ०३५।५।२३ मा त्यस अदालतबाट छिनिएको यसमा लेखिएको जग्गा खिचोला मेटाई चलन चलाई पाउँ भन्ने मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्‍याई कानुन बमोजिम गरी छिनी दिनु निवेदकलाई जनाउ दिनु भन्ने बक्स भइआएको हु.प्र.बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ। २. मुद्दाको विवरण यसप्रकार छ : भक्तिविलास तिमल्सिना नाउँ दर्ताको प्र.विजयपुर मौजे घोपाको जग्गा बिगहा २।३।।२ मध्ये जगन्नाथ सन्यासी सो पूर्व मेरो जग्गा सो पश्चिम सडक सो उत्तर खेमराज सो दक्षिण यति ४ किल्लाभित्रको सडकतर्फ ३ ठाडो ४० लगीको जग्गा कठ्ठा ९–१ मोरङ मालबाट ०५।२।२९।६ मा राजीनामा रजिष्ट्रेशन पास गरी लियाको १५ सालको सर्भेमा कि.नं. १५२ मा द्र।४ कठ्ठा भई ०१५।१०।२८ मा धनी पूर्जा पाएको उक्त जग्गाको हालको साँध चतरा जाने मूल सडक उत्तर अन्याय टंकप्रसादको घर जग्गा देखि पश्चिम वि.रुद्रनाथको घर जग्गादेखि पूर्व निजै टंकनाथकै जग्गादेखि दक्षिण साविक पूर्व पश्चिम ३ उत्तर दक्षिण ४० को जग्गा कठ्ठा ।१ मा जग्गा मिची खावा गाडी केही ढुङ्गाको गारो लगाई कटेरा बनाइराखेको २५।१०।२४ मा खबर पाई गई हटाई दिनुहोस् भन्दा नहटाई दिने कुरा गरेकोले न.पं. एरियाको हुँदा मिची खिचोला गर्न नपाउने गरिपाउँ भनी न.पं.मा ०२५।११।१५ मा निवेदन चढाएँ विपक्षीलाई न.पं.ले ०२५।१२।७।५ मा ०२६।२।१९ मा र ०२६।४।२५ मा हाजिर हुन आउनु भनी दिएका सूचनाको बोधार्थ पाई सो को पालना गरी आएकोमा हक बेहक छुट्याउन अदालतमा जानु भनी ०२६।११।११ मा सूचना दिनुभएको उक्त ३–४० लगीको हुने फुट ४० +५४० को जग्गा कठ्ठा १ पूर्वतर्फबाट चौडामा ६ फुट ३ इञ्ची देखि १७ फुटसम्म टेढो बाङ्गो गरी लम्बामा ४५० फिट ९ इञ्ची त्यसको हुने जग्गा कठ्ठा द्र१ उत्तरतर्फबाट पूर्व पश्चिम ४० उत्तर दक्षिण ७२ फुटको हुने जग्गा धूर ऽ.।।।१ समेत दुवै तर्फको हुने जग्गा कठ्ठा ऽ२.१ विपक्षीको उत्तर पूर्वको जग्गाले ०२५।१०।२४ गते मिची जबरजस्ती खम्बा गाडेको हुँदा उक्त ऽ२.१ जग्गा मिचेको हटाई सो जग्गाको चलन चलाई खिचोला मिटाई पाउँ भन्ने समेत फिराद । ३. वादीले दावी गरेको जग्गा कृष्णमान सो पूर्व बालु सो पश्चिम धनबहादुर सो दक्षिण मूलबाटो उत्तर यति चौहदीभित्रको २।।२।३ मध्ये हालको चौहदी टेकबहादुर जगन्नाथ इन्द्रमान पूर्व भक्तिविलास, हर्कबहादुर पसी