निर्णय नं. २९३७ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९३७ - जग्गा खिचोला भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/०३/२८ २५५० निर्णय नं. २९३७ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको दे.फु.नं. ८० फैसला भएको मिति : २०४२।३।२८।६ मा निवेदिका/वादी : का.जि.का.न.पं.वडा नं.३१ धोविधारा बस्ने सावित्रीदेवी उपाध्याय विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने लक्ष्मीमायाँ महर्जनसमेत मुद्दा : जग्गा खिचोला (१) वादीले लिएको राजीनामा लिखत नै बदर हुने स्थितिमा जग्गामा वादीको हक कायम हुन नसक्ने । (प्रकरण नं. २०) निवेदिका/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली फैसला न्या.धनेन्द्रबहादुर सिंह : डिभिजनबेञ्च समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ : २. कृष्णबहादुर अमात्यका नाउँमा का.जि.दोश्रो मालमा दर्ता भएको साल १ को धान मुरी ५।५ तिर्नु पर्ने जग्गा र घर समेत मोही हरिराम भण्डारीसंग ०२१।१०।२६ मा राजीनामा गरी लिएको पूर्व कूलो पश्चिम बाटो उत्तर पर्खाल दक्षिण रैकर जग्गा र सो जग्गा मध्ये कूलो पश्चिम घर चोक उत्तर पर्खाल दक्षिण घर यति चारकिल्ला भित्रको २ रोपनीमा ०२१।११।९ मा आलु गोडी खिचोला गरी ०२१।११।१९ मा जबरजस्ती छाप्रो समेत बनाई मोल रु.१,०००।– पर्ने जग्गामा खिचोला गरेकोले खिचोला मेटाई छाप्रो हटाई हक कायम गरी पाउँ भन्ने समेत फिरादपत्र । ३. वादीले दावी गरेको जग्गाको ४ किल्ला नाप नक्शा पास भएमा निजले २ रोपनी भनेको मिल्न आउँदैन । जग्गा नकमाई बीचमा छ्वाय बाली खाई आउने हरिराम भण्डारीको अधिकार समाप्त भइसकेकोमा निजसंग म लक्ष्मीमायाँ र म लोग्ने कान्छाले मगनीमा कमाई आएको जग्गा वादीले लिएकोले उक्त राजीनामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) ले निस्क्रीय भइसकेको छ । २०२१ सालको बाली पनि छ्वायबाली खाने हरिरामलाई १।५ र जग्गाबाली कृष्णबहादुर अमात्यलाई दशैं पछि भाइटिका नआउँदै बुझाई दिएको हुँ । मगनीको मोही हुँदा मलाई रसीद दिएको छैन । वादी दावी बिलकूलै झुठ्ठा हो । कमाई गरी बस्नका लागि अघिदेखि बनाई बसी आएको मेरो छाप्रो घर कायम राखी वादी दावीबाट फुर्सद गरी पाउँ भन्ने समेत प्र.लक्ष्मीमायाँ र लक्ष्मीनारायणको संयुक्त प्रतिउत्तरपत्र । ४. राजीनामाको फट्के साक्षीमा लक्ष्मीनारायणको नाममा लागेको सहिछाप म विरामी भएको बेला झुक्याई गराएको हो । जग्गा हामीहरूले कमाई आएको हुँदा प्रमाण बुझी कानुन बमोजिम गरी पाउँ भन्ने समेत प्र.लक्ष्मीनारायणले गरेको बयान । ५. लक्ष्मीनारायणलाई झुक्याई सहिछाप गराएको होइन खुसीराजीबाट गरी दिएको हो भन्ने समेत वादीको वा. हरिनाथको बयान । ६. झुक्याई सही गराएको होइन भन्ने समेत लेखक साक्षी हरिहर उपाध्यायको बयान । ७. वादी दावीको जग्गा साल १ को धान मुरी ५।५ कूत बुझाउने गरी चक्रबहादुर श्रेष्ठले कमाई आएकोमा निजले कमाउन सक्तिन भनेकोले २००२ सालका बालीदेखि हरिराम भण्डारीलाई जग्गा कमाई घरमा बस्न दिएको, ०२१ सालसम्म कूत बुझाउन दिएको र ०२२ सालदेखि बुझाएको छैन । लक्ष्मीनारायण र लक्ष्मीमायाँलाई मैले जग्गा कमाउन दिएको छैन । मैले बनाएको घर बिक्री गर्ने हरिरामलाई अधिकार नै नभएकोले लिए दिएका कानुनी