निर्णय नं. २९३९ - नेपालको संविधानको धारा ७१ अनुसार आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९३९ - नेपालको संविधानको धारा ७१ अनुसार आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/०६/०४ २३३४ निर्णय नं. २९३९ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको रि.फु.नं. ५५ आदेश भएको मिति : २०४०।६।४।३ मा निवेदक : ज.अं.दोलखा जि.नाम्दु गा.पं.वडा नं.९ बस्ने नारायणप्रसाद चौलागाई विरुद्ध विपक्षी : दोलखा जिल्ला कार्यालय भू.सु.शाखा दोलखा चरिकोटसमेत विषय : नेपालको संविधानको धारा ७१ अनुसार आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) जग्गा खिचोला मुद्दामा अन्तिम निर्णय नभई जग्गावालाको यकीन नभएसम्म बाली भराई पाउँ भन्ने मुद्दामा निवेदकले बाली बुझाउनु पर्ने ठहराएको निर्णय कानुनको दृष्टिमा त्रुटिपूर्ण हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गड्डाप्रसाद उप्रेती विपक्षीतर्फबाट : विद्वान का.मु.वरिष्ठ सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : प्रस्तुत मुद्दामा डिभिजनबेञ्चबाट ०३७।९।४ मा निर्णय भए उपर निवेदकको बिन्तिपत्र परेपछि न्यायिक समितिबाट सिफारिश समेत भई डिभिजनबेञ्चको उपर्युक्त मितिको निर्णय सहितको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको प्रमाङ्गी बमोजिम पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ : २. मैले कालीदासबाट राजीनामा गरी लिएको बासबोटे माटो मुरी ।१३ को ०३६ सालै ठेक बाली विपक्षीले नबुझाएकोले बाली भराई मोही निष्कासन गरी पाउँ भन्ने वादी । वादी दावीको जग्गा बालकुमारी उप्रेतीनीको हुँदा निजलाई बाली बुझाई आएको छु भन्ने समेत प्रतिवादी भएकोमा धान मुरी १२। विपक्षी नारायणप्रसाद चौलागाईबाट लिन पाउने र मोही नारायणप्रसाद चौलागाई नै कायम हुने ठहर्छ भन्ने समेत जिल्ला कार्यालय भूमिसुधार शाखा दोलखाको निर्णय रहेछ । ३. मध्यमाञ्चल क्षेत्रीय अदालतमा मुद्दा फैसला नभएसम्म हेर्ने अधिकार नभएकोमा मुल्तवी पर्चा बदर गरी कृष्णबहादुरलाई बाली बुझाएको पर्चा मान्यता नहुने भनी दोहरो बाली बुझाउनु पर्ने गर्नुभएकोले अन्याय भएको छ । नेपालको संविधानको धारा १०, १५ र नागरिक अधिकार ऐन दफा ६ र ९ समेत विपरीत जनकपुर अञ्चल अदालतबाट अन्तिम भएको भनी मबाट वादीलाई बाली भराउने गरेको जिल्ला कार्यालय भूमिसुधार शाखा दोलखाको निर्णय बदर गरी पाउँ भन्ने समेत रिट निवेदन जिकिर । ४. विपक्षीबाट लिखितजवाफ मगाउनु भन्ने सर्वोच्च अदालत सिंगलबेञ्चको आदेश । ५. जनकपुर अञ्चल अदालतको मिति ०३६।५।११ गतेको निर्णयको नक्कल समेत राखी श्रीप्रसाद खरेलले मुलतवी जगाई निर्णय गरी पाउँ भनी यस कार्यालयमा निवेदन दिएको र अञ्चल अदालतको निर्णय हद मुनीको अन्तिम भई जग्गा श्रीप्रसाद खरेलको हक भएको हुँदा ०३५ सालको ठेक धान मुरी १२। कृष्णबहादुर उप्रेतीलाई बुझाएकोमा कानुनले मान्यता दिन नमिल्ने भई ०३५ सालको ठेक बाली श्रीप्रसादलाई भराई दिने र मोही नारायणप्रसाद चौलागाई नै कायम रहने गरी निर्णय गरिएको हुँदा झुठ्ठा उजूरीबाट फुर्सद हुन पाउँ भन्ने समेत भूमिसुधार कार्यालय दोलखाको लिखितजवाफ । ६. विपक्षी निवेदक मोहीसम्म भएको निजको मोही हक अपहरण हुने गरी निर्णय भएको नहुँदा निवेदकको कुनै सारवान हकम