निर्णय नं. २९४० - हक सफा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९४० - हक सफा भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/०६/११ २३९५ निर्णय नं. २९४० ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको दे.फु.नं. ३३ फैसला भएको मिति : २०४०।६।११।३ मा निवेदिका/वादी : जि.नुवाकोट मदानपुर गा.पं.वा.नं.५ बस्ने फणिन्द्रनाथको मु.स.गर्ने बुद्धिमाया उपाध्याय विरुद्ध विपक्षी/प्रतिवादी : का.जि.का.न.पं.वडा नं.७ चाहविल बस्ने भवानीप्रसाद उपाध्याय मुद्दा : हक सफा (१) कुनै जग्गामा घरबास गरी कमाई आएको व्यक्तिलाई मोही कुरिया भन्न सकिने । (प्रकरण नं. १८) (२) मोही र मोही कुरियाको एउटै स्थिति नभई बेग्ला बेग्लै कानुनी स्थिति भएको देखिने । (प्रकरण नं. १८) निवेदिका/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री जगन्नाथ पौडेल विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।९।६।२ को निर्णय उपर निवेदिकाको श्री ५ महाराजाधिराजका जुनाफमा परेको बिन्तिपत्रमा डिभिजनबेञ्चबाट निर्णय भएको उक्त मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी ठहरे बमोजिम छिनी दिनु भन्ने मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ : २. का.ई.मैतीदेवी बस्ने सरदार तारानाथको विर्ता प. १ नु.इ.बेलकोट तींगाउ फाँटको माटो मुरी ।१०० भन्ने खेत नारानाथ र निजको शेषपछि निजका जहान समेतलाई सालको तिरो धान मुरी २५ तिरी बुझाई जग्गाको मोही भई खाई आएकोमा ०१३।७।२० गते यक्षकुमारीले मलाई बिक्री गरी दिएको भनी भवानीप्रसाद नेपालले यसै नु.अ.मा नालिश दिनु भएको म्याद नक्कल आएपछि मलाई थाहा भएकोले जग्गा बिक्री गर्नेका हकदारहरूले म्यादभित्र हक सकार नगरेको र साहू असामीका १० नं. ले मोहीले पनि हक निखन्न पाउने भएकोले रु.२,००१।– दर्खास्त साथ धरौट राख्न ल्याएको छु लेखिएको रुपैयाँ भवानीप्रसादलाई बुझाई निखनाई उक्त जग्गा मेरो नाउँमा हकसफा गरी पाउँ भन्ने वादीको नुवाकोट मालमा दर्खास्त । ३. यक्षकुमारीकै पालामा फणिन्द्रनाथले कूत तिरो नबुझाई २०१० सालमा मोहियानी बदर गरी पाउँ भन्ने मुद्दा दायर भई नुवाकोट अदालतमा आएको, ११ सालमा जग्गा बाँझै राखेको, २०१२ र १३ सालको बालीमा लालबहादुर भुजेल समेत अरु मोही खडा गरी जग्गा कमाउन दिएको, २०१२ सालको बालीमा म समेतका नाममा मुद्दा गरेको फणिन्द्रनाथको मोहियानी हक नभएको उक्त मुद्दाहरू किनारा लागेपछि ठहरे बमोजिम हुने हुँदा फणिन्द्रनाथसंग थैली बुझ्न कर नलाग्ने भन्ने समेत भवानीप्रसादको कागज । ४. फणिन्द्रनाथ मरी मु.स.गर्ने बुद्धिमायाले दावीको जग्गा निखनी लिन पाउने ठहर्छ भन्ने नुवाकोट मालको फैसला । ५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत भवानीप्रसादको पुनरावेदनमा नुवाकोट मालको सदर भन्ने समेत प्र.जि.अ.नुवाकोटको फैसला । ६. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत भवानीप्रसादको पुनरावेदनमा अदालतबाट हक बेहकको निर्णय गर्नु पर्नेमा बुद्धिमायालाई मोही ठहराई निखन्न पाउने गरेको प्र.जि.अ.को इन्साफ गल्ती ठहर्छ भन्ने समेत आय र कर अदालतको फैसला । ७. उक्त फैसलामा पुनरावेदनको अनुमति पाउँ भन्ने बुद्धिमायाको पुनरावेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने स.अ.सिंगलबेञ्चको आदेश भई आदेश बमोजिम दर्ता गरेको वादीको प