निर्णय नं. २९४१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९४१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/०७/११ २२७० निर्णय नं. २९४१ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको रि.फु.नं. ३८ आदेश भएको मिति : २०४०।७।११।६ मा निवेदक/विपक्षी : का.जि.असन बालकुमारी बस्ने शंखधर तुलाधर विरुद्ध विपक्षी/निवेदक : का.जि.का.न.पं.वडा नं.१३ टंकेश्वर बस्ने जोगमानन्द बज्राचार्य विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) नगर पञ्चायतलाई घर बनाउने जग्गामा तेरो मेरो सम्बन्धी प्रश्‍नको विवाद पर्न गएमा सो विवादको निर्णय गर्ने अधिकार प्रदान गरेको देखिँदैन । यस्तो विवाद परेमा अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र नक्शा पासको कारवाही गर्ने पर्चा गरी सम्बन्धित व्यक्तिहरूलाई सो कुराको सूचना दिनुपर्ने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्‍न तुलाधर विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०३८।१०।१५।५ मा भएको निर्णय दोहर्‍याई पाउँ भन्ने निवेदन परेकोमा श्री ५ महाराजाधिराजबाट व्यहोरा साँचो भए फुलबेञ्चबाट दोहर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने हुकुम बक्स भई यस समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छन : २. पूर्व म समेतको साझा चोक पश्चिम म समेतको साझा चोक उत्तर आफ्नै किलास सो देखि उत्तर सोही ठाउँ बस्ने देवहर्ष बज्राचार्य र शंखधर तुलाधरको घर दक्षिण आफ्नै किलास सो देखि दक्षिण ऐ.बस्ने ज्ञानरत्‍न तुलाधर, धर्मवीर सिंह तुलाधर, पूर्णवीर सिंह तुलाधरको घर यति ४ किल्ला भित्रको का.जि.का.न.पं.वडा नं.३० अन्तर्गत का.जि.असन बालकुमारीको कि.नं.१२४८, १२४९ मा बनी राखेको घर जमीनसम्म भत्काई साइड प्लानमा देखिएको ठाउँमा नक्शा बमोजिमको घर बनाउन पाउँ भन्ने मेरो नक्शा दर्खास्त । उक्त नक्शा दर्खास्त उपर विरोध गरी उजूर गर्नेहरू मध्ये देवहर्ष बज्राचार्य, ज्ञानरत्‍न तुलाधर, पूर्णमान सिंह तुलाधरसंग मिति ०३७।६।१९ मा काठमाडौं नगर पञ्चायत मुद्दा फाँटमा मिलापत्र भएको र विपक्ष शंखधर तुलाधरले कि.नं.१२४६ को घरमा आउने जाने बाटो रहेको हिंडी आएको बाटोमा चर्पी राख्‍न दिन मञ्जूर छैन । साझा चोक मिच्ने गरी घर बनाउन दिन मञ्जूर छैन । कि.नं.१२४९ को कित्ताको छिंडीमा हरेक वर्ष बांडा जात्रामा २ दिन पञ्चदान र पूजा गराइने ठाउँ हो भन्ने समेत व्यहोराको उजूरी । यसैसाथ संलग्न काठमाडौं नगर पञ्चायत बैठकबाट भएको निर्णयमा यिनै वादी प्रतिवादी मध्येको देवहर्ष बज्राचार्य, ज्ञानरत्‍न तुलाधर, धर्मवीर सिंह तुलाधर, पूर्णमानसिंह तुलाधर समेतको मिति ०३७।६।१९ मा का.न.पं.मुद्दा फाँटमा मिलापत्र भइसकेको र छिंडी तलामा हरेक वर्ष वाँडा जात्रामा २ दिन मात्र पञ्चदान र पूजा गर्न छाड्नु पर्ने कुरा जनाई नक्शा पास गरी दिने भनी मिति ०३८।२।२८ मा काठमाडौं नगर पञ्चायत बैठकबाट ठहर फैसला भएको रहेछ । ३. विपक्षी नगर पञ्चायतमा मैले कि.नं.१२४६ र १२४९ को फिल्डबूकको नक्कल समेत पेश गरेको छु । जसबाट कि.नं.१२३७ मा २ दिने बांडे जात्रामा दान गर्ने ठाउँ कायम भएको ३ नं. नापी गोश्वाराको मिति ०३७।४।३० को निर्णयले भन्ने समेत कैफियतमा जनाएको छ । मैले नक्शा पासलाई दर्खास्त गरेको कि.नं.१२४८ र १२४९ को घर जगैसम्म भत्काई ब