निर्णय नं. २९४२ - जग्गा दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९४२ - जग्गा दर्ता भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/०८/२३ २१६० निर्णय नं. २९४२ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको दे.फु.नं. ३७ फैसला भएको मिति : २०४०।८।२३।६ मा निवेदक/वादी : कास्की जिल्ला राखी गा.पं.वडा नं.७ बस्ने भद्रमाया थापा विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने रामप्रसाद अधिकारीसमेत मुद्दा : जग्गा दर्ता (१) राजीनामा गरी दिई सो जग्गा मैले हकसफा गरी लिएकोबाट हक भएको भनी दावी गर्दै उल्लेख गरेको ४ किल्ला हाल झगडा परेको भनी ०३४।५।७ मा भएको नक्शामा नक्शा नं. १२ को किल्लासंग मिल्न भिड्न आएको देखिँदा सो झगडा परेको जग्गा वादीको हो भन्ने कुरा स्पष्ट हुन आउने । (प्रकरण नं. १२) फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति ०३६।११।१७।६ मा भएको फैसलामा चित्त नबुझी फुलबेञ्चबाट दोहर्‍याई पाउँ भनी श्री ५ महाराजाधिराज सरकारका हजूरमा निवेदकले चढाउनु भएको बिन्तिपत्रमा व्यहोरा साँचो भए यसमा लेखिएको त्यस अदालतबाट छिनिएको जग्गा दर्ता सम्बन्धी मुद्दा हेरी कानुन बमोजिम गरी दोहर्‍याई दिनु भनी बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छन् : २. पहल सिंह थापाको नाउँमा दर्ता भएको मैदान भन्ने पाखो बीज ।।०१ मध्ये बीज मुरी ।.।।।५ को जग्गा खसम हनुमानले सोभामोहन उपाध्यायलाई रु.५००।– मा राजीनामा दिई ०११।१।१६ मा मैले हकसफा गरी लिई मेरा हक भएको जग्गा हाल सर्भेमा कि.नं.३६८, ३६९, ३७०, ३७१, ३७४ मा कित्ताकाटी जग्गाधनी अनुपस्थित भनी सूचनामा नाम खाली रही टाँस भएको मेरो निवेदन परेकोमा अन्यायवालाहरूले पनि हाम्रो जग्गा भनी निवेदन दिएकोले मेरा नाउँमा दर्ता गरी पाउँ भन्ने वादी । ३. वादी दावीको जग्गा रामप्रसाद अधिकारीका नाउँमा बिज माना ।.।५।६ मध्ये बिज माना ।.।२ को जग्गा हो भन्ने प्रतिवादी । ४. ५–५–१–१/४ वादीका नाउँमा कित्ता जग्गा काटिएको अवस्थामा नाप जाँच ऐन बमोजिम उपस्थित भई लेखाउनु पर्ने नगरी आफू जग्गाधनी जनिई कित्ताकाटी सकेपछि मौकामा उपस्थित भई नाउँ लेखाई पछि मात्र दावी गर्न आएको देखिएकोले ३६८, ३६९, ३७०, ३७१, ३७३, ३७४ को जग्गा मेरो हक गराई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन उजूर झुठ्ठा ठहर्छ भन्ने नगर विकास योजना नापी सम्बन्धी विशेष अदालतको ०३३।५।१७।५ को फैसला । ५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत भद्रमाया समेतको क्षेत्रीय अदालतमा परेको पुनरावेदन । ६. भई आएको नक्शाबाट विवाद परेको जग्गा नं. १२ देखिन आएको छ । उक्त जग्गासंग वादी प्रतिवादीका ४ किल्लाहरू भिडाउँदा मिल्न भिड्न आएको देखिन आएन र वादीले यसै वादीको जग्गाको गोडा भिडाई कि.नं.३७५, ३७६ र ४७६, ४७५ को कित्ता कटाइसकेको मिसिल संलग्न रहेको फिल्डबूक उतारबाट देखिन आएकोले सोही जग्गाको दर्ता तिरोलाई आधार बनाई विवाद परेको न.नं.१२ को जग्गालाई दर्ता गराई पाउँ भनी दावी लिएको युक्तिसंगत नहुँदा उल्लिखित सबूद प्रमाणको जग्गामा कि.नं.३६८, ३६९, ३७०, ३७१, ३७३, ३७४ को जग्गा मेरो हक गराई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन, वादी दावी झुठ्ठा ठहर्छ भन्ने शुरु नगर विकास योजना नापी सम्बन्धित विशेष अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०३५।५।११।१ को फैसला । ७. उक्त फैसलामा चि