निर्णय नं. २९४३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९४३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/०१/०४ २५८४ निर्णय नं. २९४३ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको रि.फु.नं. ४५ आदेश भएको मिति : २०४२।१।४।३ मा निवेदक : ल.पु.जि.न.पं.वा.नं.१९ इखालखु बस्ने गोविन्दराज श्रेष्ठ विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने कृष्णकुमारी श्रेष्ठसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) मोहीको मृत्यु भएपछि निजको हक नामसारी गर्ने सम्बन्धमा हदम्यादको कानुनी व्यवस्था भएको नदेखिने । (प्रकरण नं. ९) (२) दर्तावाला मोही मरी निजका पत्नी वा छोराहरू भएको अवस्थामा मोहीको नाउँ कट्टा गरी पाउँ भनी उजूर गर्न सक्ने र सो बमोजिम लगत कटाउन सक्ने व्यवस्था कानुनमा भएको नदेखिने । (प्रकरण नं. ९) (३) मोहीको हकवालाले नामसारी मागेका बखत मात्र नामसारीतर्फ कारवाही हुने । (प्रकरण नं. ९) विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार विद्वान अधिवक्ता श्री कालिराज जोशी आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : डिभिजनबेञ्चका माननीय न्यायाधीशहरूको बीचमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावलीको नियम ३३(क) बमोजिम यस बेञ्चमा पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ : ल.पु.न.पं.वा.नं.१९(क) कि.नं.१३३ बाट कित्ताकाट भई कि.नं.२१७ मा पा.पे.क्षेत्रफल ०–२–२ कायम भएको जग्गा इन्द्रबहादुरले जोतेको निज ०३२ साल भाद्रमा परलोक भई निजको स्वास्नी विपक्षी कृष्णकुमारी र छोरा गणेशबहादुरले भू.सं.ऐन, ०२१ को दफा २६ अनुसार आजसम्म सो जग्गाको मोही कायम हुन नआई मलाई बाली समेत नबुझाई बसेको हकदारले मोही कायम नगरेबाट मृतक मोहीको नाउँको जोताहाबाट कटाई मेरो नाउँमा जोत कायम गरी पाउँ भन्ने निवेदन गरेकोमा विपक्षी कृष्णकुमारी, गणेशबहादुरले मोहियानी नामसारी गर्न माग्ने हुँदा जग्गा जोतिरहेको छु भनी बयान गरेकोमा मोहीको नामसारी सम्बन्धमा यति समयभित्र गरी सक्नु पर्छ भन्ने कानुनी व्यवस्था नहुँदा नामसारी मागेका बखत मात्र कारवाही हुने हुँदा ज.ध.को उजूरी दावी पुग्न नसक्ने भनी विपक्षी भू.सु.का.ललितपुरबाट मिति ०३९।५।२३ मा आदेश गर्नु भयो । २. भू.सु.अधिकारीले मोहियानी हक नाउँसारी गरी दिने हक अधिकार छैन । जग्गावालाले पत्याएको १ जनाले मोहियानी पाउँछ भन्ने भू.सं.ऐनको दफा २६(१) मा पाइन्छ भने जग्गावालाको दावी नपुग्ने भन्ने बूँदा अनाधिकार हो ऐनले एक सालको बाली नबुझाए नकमाए मोही हक टुट्न जाने कानुनी व्यवस्था छ । जहिले पनि नाउँसारी गर्न पाउने भनी अनाधिकार आदेश गरेको प्रष्ट छ । भू.सं.ऐन, ०२१ को दफा ३४ बमोजिम कबूलियत गर्न आउँदैन भने कसरी नाउँसारी गरी दिने ? सर्वोच्च अदालतको सिद्धान्तको विरुद्ध आदेश बदरभागी छ भन्ने समेत निवेदन जिकिर । ३. विपक्षीसंग लिखितजवाफ लिने भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको ०३९।८।१५ को आदेश । ४. मोहीको हकदारले नाउँसारी गर्न माग्छु भनेकाले मोही पत्याउने अधिकारबाट ज.ध.लाई वञ्चित नगरी ऐनको परिधिभित्र रही निर्णय गरेको हुँदा रिट खारेज गरी पाउँ भन्ने समेत भूमिसुधार कार्यालय ललितपुरको लिखितजवाफ । ५. कि.नं.१३३ को जग्गा ०–४–३ मध्ये आधा हाम्रो आधा विपक्षी गोविन्दराज र निजको दाजु सुन्दरराजको हुँदा आलो पालो बाली बुझाई आएको हाम्रै जोतमा छ भनी बयान गरी दिएको छ । भू.सु.का.ले जग्गाधनीको दावी पुग्न नसक