निर्णय नं. २९४४ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९४४ - बन्दीप्रत्यक्षीकरण भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/०२/३२ २३१७ निर्णय नं. २९४४ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् ०४२ सालको रि.फु.नं. ५६ आदेश भएको मिति : २०४२।२।३२।६ मा निवेदक : जि.का.कारागार शाखा पर्सा, वीरगञ्जमा थुनामा रहेको नसरुद्दिन नेवान फकिरको हकमा निजको दाजु ऐ.ऐ बस्ने ऐजाजुल देवान फकिर विरुद्ध विपक्षी : पर्सा जिल्ला अदालत, वीरगञ्जसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) अ.बं. ११८ को देहाय ३ को प्रावधानहरू, त्यस्तै गरी अ.बं.११८ को देहाय ४, ५, ६, ९, ८ र ७ को व्यवस्थाहरू पनि ज्यान मरिसकेको अवस्थामा मात्र आकर्षित हुने । (प्रकरण नं. १०) (२) ज्यान मार्ने उद्योग मुद्दामा अ.बं.११८ को देहाय १० आकर्षित हुने । (प्रकरण नं. १०) (३) पिडित व्यक्ति मर्ने बाच्ने दोसाँधमा छ भनी प्रमाणित हुनसकेको छैन, त्यस्तो हालतमा छ भनी विपक्षीहरूबाट जिकिर पनि लिइएको देखिँदैन, यस अवस्थामा ज्यानसम्बन्धीको १५ नं.को दावी भएको नसरुद्दिन देवान फकिरलाई अ.बं.११८ को देहाय ३(१) बमोजिम पूर्पक्षको निमित्त थुनामा राखेको पर्सा जिल्ला अदालतको ०४१।७।१९ को आदेश कानुन अनुरुपको छ भन्न नमिल्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विद्वान अधिवक्ता श्री सुवास नेम्वाङ विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. मिति २०४१।६।२० को वारदात देखाई २०४१।६।२५ मा रघुनाथ सातेलीले जाहेरी दर्खास्त दिएकोमा प्रहरीले कुटपिट गरी भाइ नसरुद्दिनलाई कुटपिट गरेमा सावित गराई ज्यानसम्बन्धी महलको १५ नं.को दावी लिई प्रहरी प्रतिवेदन परेकोमा भाइ नसरुद्दिनले अदालतमा इन्कारी बयान गरेको थियो । जिल्ला अदालत पर्साबाट मिति २०४१।७।१९ मा अ.बं.११८ को देहाय ३(१) बमोजिम पूर्पक्षको लागि थुनामा राख्‍ने गरी आदेश भए उपर अ.बं.१७ नं. बमोजिम म.क्षे.अ.मा निवेदन दिएकोमा कानुन बमोजिम गर्नु भनी २०४१।८।२२ मा म.क्षे.अ.बाट आदेश भयो । ३. प्रयोगमा आउन नसक्ने ऐन लगाई भाइ नसरुद्दिनलाई थुनामा राखिदिएको छ । अ.बं.११८ नं. मा विभिन्न मुद्दाहरूको बारेमा थुनछेकको व्यवस्था भएको छ । देहाय ३ देखि ९ सम्म ज्यान मारेको सम्बन्धमा व्यवस्था छ । ज्यान नमरेको अवस्थामा देहाय १० मा व्यवस्था छ । उक्त देहाय १० मा ज्यान मर्ने बाच्ने दोसाँध रहेसम्म थुनामा राख्‍ने र एक्काइस दिन भन्दा बढी थुनामा राख्‍नु पर्ने भएमा त्यो व्यक्ति अझै उस्तै हालतमा छ भनी सरकारी चिकित्सकले प्रत्येक सात दिनमा प्रमाणित गरेको हुनुपर्ने व्यवस्था छ । ज्यान मार्ने उद्योग मुद्दामा सोही देहाय १० लागू हुने हो । घाइते मर्ने बाच्ने दोसाधको स्थितिमा छैन । अ.बं.११८ नं.को देहाय ३(१) हेरिएमा पनि भाइ नसरुद्दिनले मार्ने नियतले कुटपिट गरेको भनी सावित भएको छैन । वारदातको कुनै तथ्यमा सावित हुँदैमा अपराध स्वीकार गरेको मानिंदैन । तसर्थ पूर्पक्षको लागि थुनामा राख्‍ने गरेको पर्सा जि.अ.को ०४१।७।१९ को आदेश र म.क्षे.अ.को ०४१।८।२२ मा कानुन बमोजिम गर्नु भन्ने आदेश समेत गैरकानुनी हुँदा बन्दीप्रत्यक्षीकरण वा उपयुक्त