निर्णय नं. २९४५ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९४५ - उत्प्रेषणयुक्त परमादेश भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/०३/०७ २४२४ निर्णय नं. २९४५ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको रि.फु.नं. ३९ आदेश भएको मिति : २०४२।३।७।६ मा निवेदक : लोकसेवा आयोग कमलपोखरी, काठमाडौं विरुद्ध विपक्षी : का.जि.का.न.पं.वडा नं. २७ बस्ने आदर्शमान तुलाधर विषय : उत्प्रेषणयुक्त परमादेश (१) परीक्षामा कुनै उम्मेदवारले अत्याधिक बढी अंक प्राप्त गरेको वा कुनै उम्मेदवारले अस्वाभाविक रुपले कम अंक प्राप्त गरेको मात्र एक आधारमा सो परीक्षालाई निष्पक्ष तरीकाले भएन भनी दोषारोपण गर्न नमिल्ने । (प्रकरण नं. १०) (२) एकपटक लिएको अन्तरवार्ता अपूर्ण भयो भनी रद्द गरी पुनः गरेको अन्तरवार्ता निष्पक्ष भएन भनी लिखित परीक्षामा उत्तिर्ण भइसकेको उम्मेदवारहरूलाई समेत असर पर्ने गरी लोकसेवा आयोगबाट सम्पूर्ण परीक्षा नै रद्द गर्ने गरेको निर्णय कानुनको दृष्टिमा त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव ढुङ्गाना आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा डिभिजनबेञ्चबाट किनारा भएको उत्प्रेषण परमादेशको रिट निवेदनको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्याई हेरी कानुन बमोजिम गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत रिट निवेदकको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. निवेदक श्री ५ को सरकार आवास भवन तथा भौतिक परियोजना विभाग अन्तर्गतको राजपत्राङ्कित तृतीय श्रेणी आर्किटेक्ट पदमा रही कार्य गर्दै आएको छु । विपक्षी आयोगले ईञ्जिनियरिङ सेवा सिभिल समूह बिल्डिङ एण्ड आर्किटेक्चर उपसमूह रा.पं.द्वितीय श्रेणीको पद संख्या १ रिक्त भएकोले नि.से.नि. ३.३(१०) बमोजिम आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षाद्वारा पूर्ति गर्ने भनी सम्बन्धित उम्मेदवारको लागि जानकारी गराउन विपक्षी आयोगको पदोन्नती शाखाको नं. १।०३६।३७ को विज्ञापन ०३६।६।११ को गोरखापत्रमा प्रकाशित भएकोले उम्मेदवार हुन मेरो योग्यता पुगेकाले दर्खास्त फारम भरी परीक्षामा सम्मिलित भएँ । ७ जना मध्ये म र विपक्षी २ जना समेत जम्मा तीनजना उत्तिर्ण थियौं । ट्रेनिङका लागि विदेश जाने भएकोले मेरो ०३६।९।२३ मा अग्रिम अन्तरवार्ता लिइयो । म ट्रेनिङमा विदेश गएँ । ०३६।१०।३ मा परीक्षाफल प्रकाशित हुँदा लिखित परीक्षामा उत्तिर्ण भएको रहेछु । म संगै परीक्षामा उत्तिर्ण हुने अरु २ जनाको अन्तरवार्ता २०३६।१०।१७ मा लिएको रहेछ तर पछि सो ३ जना मध्ये कसलाई सिफारिश गर्ने हो सो नगरी मिति २०३६।१०।१७ को अन्तरवार्तालाई नै रद्द गरी निज दुई जवानको मिति २०३६।११।२७ मा पहिलो अन्तरवार्ता अपूर्ण भएको कारण देखाई फेरि अन्तरवार्ता लिएको रहेछ । तर त्यसपछि पनि ३ जना मध्ये कसलाई सिफारिश गर्ने हो सो नगरी मिति २०३७।२।२८ को निर्णय भनी विज्ञापन नं. १।०३६।३७ (५) को आन्तरिक प्रतियोगितात्मक परीक्षा रद्द गर्ने सूचना प्रकाशित गरिएको रहेछ र मलाई आयोगबाट नक्कल पनि दिएनन् । ३. विपक्षी आयोगले विपक्षी नं. २ र ३ को पहिलो अन्तरवार्ता बदर गरी दोश्रो अन्तरवा