निर्णय नं. २९४६ - लिखत पारित

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९४६ - लिखत पारित भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४३/११/२८ २४६६ निर्णय नं. २९४६ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रि.फु.नं. ५६ फैसला भएको मिति : २०४२।११।२८।३ मा निवेदक/प्रतिवादी : का.जि.का.न.पं.वडा नं.२३ बस्ने बसुन्धरा भक्त माथेमा विरुद्ध विपक्षी/वादी : ऐ.वडा नं.१४ बस्ने सानूनानी भन्ने लक्ष्मीकुमारी मानन्धर मुद्दा : लिखत पारित (१) प्रतिवादीले अदालतमा बयान गर्दा लिखत आफ्नो हस्ताक्षरले लेखेको र लेखात्मक तथा ल्याप्चे सहिछाप गरी दिएको कुरा उल्लेख गरेबाट लिखत कीर्ते वा जालसाजी भन्ने स्थिति नरहने । (प्रकरण नं. १०) (२) प्रतिवादीले गरेको कागजको व्यहोराले नै प्रतिवादीको कथनलाई खण्डन गरिरहेको स्थितिमा रकम तथा सुन नलिई कागज गरी दिएको भन्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं. ११) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली विद्वान वरिष्ठ अधिवक्ता श्री दिनेशमान प्रधान फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्रको व्यहोरा साँचो हो र लिखत गर्दा र दावी गर्दा समेत सुनको बिगो नखुलाई लिखत दावी भएको रहेछ भने त्यस अदालतको डिभिजनबेञ्चबाट २०३९।७।२१ मा किनारा भएको बिन्तिपत्रमा लेखिएको लिखत पारित मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. तपाई दिजुका सुनका गहनाहरू जम्मा तोला ९० र नगद रु.२३,४००।– लिई राखेको मैले मासी दिएकोबाट तपाई दिजुको चित्त बुझाउने गति धितो राखी दिनु मेरो मञ्जूर भएको र धितो लेखाई लिनु तपाइको पनि मञ्जूर भएकोले अरु कसैलाई कुनै प्रकारको लिखत गरी नदिएको मेरो मात्र हकभोगचलनको का.जि.का.न.पं.वडा नं. २३ अन्तर्गत ब्लक नं. ५।८४३ मध्ये पूर्व काका धनबहादुरको घर पश्चिम लाल गुभाजुको घर र धंसार देवल उत्तर नन्दमाया बांडानी र अरु बांडाहरूको घर दक्षिण गल्ली बाटो यति ४ किल्ला भित्रको २ नाले र १ नाले समेत जम्मै घरहरू समेतको दृष्टिबन्धकीको कागज लेखी उपरोक्त गहना र नगद रुपैयाँ समेत ६ महीनाभित्र बुझाउँला नबुझाए दसौद दरले ब्याज समेत लगाई उपर गरी लिनु होला । यो कागज म्यादभित्र पास गरी दिउँला भनी उल्लेख गरी २०३४।७।४ मा उक्त दृष्टिबन्धकीको कागज लेखी निज भाइ बसुन्धराले मलाई दिएको । उक्त दृष्टिबन्धकीमा लेखिया बमोजिमको गहना र नगद रुपैयाँ समेत नबुझाएको र पारित पनि गरी नदिएकोले यो नालिश गर्नु परेको हो । मुलुकी ऐन (सातौं संशोधन), २०३४ को राजपत्रमा प्रकाशित मिति २०३४।२।२७ गते हुनाले सो भन्दा अघि सम्पन्न भएको लिखतको हकमा कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को उपदफा (४) अनुसार जुन बेला जुन कानुन बहाल र सो कानुन अनुसार भएको काम हुनाले रजिष्ट्रेशनको साविक ६ नं. मा लिखत गरी दिनेले म्यादभित्र पारित गरी दिएन भने ३५ दिनभित्र थमाई नालेश लाग्ने नै हुँदा उक्त दृष्टिबन्धकीको लिखित पारित गरी पाउँ भन्ने समे