निर्णय नं. २९४७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९४७ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/११/२८ २३९० निर्णय नं. २९४७ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट फुलबेञ्च नम्बर २२ आदेश भएको मिति : २०४२।११।२८।३ मा निवेदिका/प्रत्यर्थी : का.न.पं.वडा नं.१९ मरु प्याफल टोल बस्ने सानुनानी भन्ने लक्ष्मीकुमारी मानन्धर विरुद्ध प्रत्यर्थी/रिट निवेदक : ऐ.वडा नं.२३ मरुग्वाछे टोल बस्ने बसुन्धराभक्त मानन्धर विषय : उत्प्रेषण (१) सुनको मोल कायम गरी पाउँ भन्ने वादी दावी नभई दृष्टिबन्धकीको लिखत पारित गरी पाउँ भन्ने वादी दावी भएकोमा सुनको मोल बिगो कति हुने भनी अदालतले ठहर गरी रहन नपर्ने । (प्रकरण नं. १०) (२) जिल्ला अदालत लगायत कुनै पनि तहबाट सुनको मोल बिगो यति कायम हुने भनी ठहर नभएकोमा अदालतको फैसला विरुद्ध बिगो कायम भयो भन्ने रिट निवेदकको कथन मिल्दो नदेखिने । (प्रकरण नं. १०) निवेदिकातर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली विद्वान वरिष्ठ अधिवक्ता श्री दिनेशमान प्रधान विपक्षी/रिट निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल मालपोत कार्यालय तर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री प्रमोद विजयी आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदिकाको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोर्‍याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. विपक्षी सानुनानी भन्ने लक्ष्मीकुमारी मानन्धरसंगको लिखत पास मुद्दामा विपक्षीकै कागज गराइएको आधारबाट सुनको बिगो तोला १ को रु.१,१२२।३९ को दरले जम्मा ९० तोला सुनको जम्मा बिगो रु.१,१०, ०१५।१० कायम काठमाडौं जिल्ला अदालतबाट २०३५।१२।२७ मा भई फैसला भयो । फैसलालाई मान्दिन भन्न मिलेन । उक्त जिल्ला अदालतको फैसलालाई म.क्षे.अ. र सर्वोच्च अदालतबाट २०३९।७।२१ गते सदर फैसला गरियो । विपक्षीको लिखत २०४०।२।३ मा पास गरिँदा अदालतले कायम गरिएको बिगोलाई स्वीकारी कायम गर्नु पर्नेमा सुन तोला १ को रु.३,०१० को दरबाट ९० तोला सुनको बिगो रु.२,७०,९००।– कायम गरियो । अनधिकृत रुपबाट २०४०।२।३ मा पास गरिएको लिखत बदर गरी पाउँ बढेको बिगोबाट मलाई असर गर्दछ मलाई बुझ्नु पर्ने प्रष्ट छ । प्रतिवादको मौकाबाट वञ्चित गराई न्याय सिद्धान्तको त्रुटि भएको छ । संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा उपर्युक्त आज्ञा, आदेश जारी गरी निर्णय र कारवाही बदर गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदनपत्र रहेछ । ३. विपक्षीबाट लिखितजवाफ लिई पेश गर्नु भन्ने सर्वोच्च अदालत सिंगलबेञ्चको २०४०।३।१०।६ को आदेश रहेछ । ४. सुनको सुनै दिएमा जैले पनि बुझ्ने नै छु बुझ्न पर्ने कानुनी बाध्यता पनि छ । लिखत पारित सम्म हुँदा विपक्षीलाई असर पर्ने कुरै छैन कुनै कानुनी त्रुटि भएको छैन । मौलिक हक पनि हनन् भएको छैन लिखत बदर मुद्दा १ फैसला बदर मुद्दा १ समेत २ मुद्दा समेत यो मेरो नाममा म्याद आएको समेत रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको सानुनानी भन्ने लक्ष्मीकुमारी मानन्धरको लिखितजवाफ रहेछ । ५. २०४०।४।२२ भित्र लिखितजवाफ प्रस्तुत गर्नु पर्नेमा कार्यको ब