निर्णय नं. २९४८ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९४८ - लिखत बदर भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/०१/२८ २३८६ निर्णय नं. २९४८ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको दे.फु.नं. ५७ फैसला भएको मिति : २०४२।१।२८।६ मा निवेदक/प्रतिवादी : का.न.पं.वडा नं.२० मरुटोल बस्ने कुमारदास मानन्धर विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने गणेशप्रसाद मानन्धरसमेत मुद्दा : लिखत बदर (१) साविक मुलुकी ऐन साहू असामीको ८ नं. र मुलुकी ऐन, लेनदेन व्यवहारको तत्कालीन १० नं. समेतले आफूले आर्जेको सम्पत्ति आफू खुस गर्न पाउने । (प्रकरण नं. १३) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ विद्वान अधिवक्ता श्री नूतन थपलिया विद्वान अधिवक्ता श्री अनुपराज शर्मा फैसला न्या.बब्बरप्रसाद सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा डिभिजनबेञ्चबाट निर्णय भएको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गरिदिनु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएका हुकुम प्रमांगी बमोजिम पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. हामी वादीहरू ४ जना र विपक्षका बाबु देवीदाश १ जना समेत हामी ५ जनाको हक भएको सगोलको मोरङ् विराटनगरको जग्गा कठ्ठा ०–३–१० मध्ये ०–१–१५ एक कठ्ठा पन्ध्र धुर जग्गा दाजु देवीदाशले विपक्ष कैलाश चन्द्रलाई रु.१,७९,००१।– मा का.मु.प्र.का.मार्फत ०३४।३।८ गते राजीनामा पास गरी दिएको हुँदा हामी ४ जनाको हकको लिखत बदर गरी पाउँ भन्ने समेतको फिरादपत्र रहेछ । ३. वादीवालाहरू र मेरा बाबु देवीदाशका बीच २००६ सालमा बण्डापत्र गरी छुटेको, पछि मुद्दा परी छुटाई दिने भए तापनि मानु बेगल बेगल गरी अलग अलग गरी बसी खती उपती भोग गरी आएको देवीदाशका नाउँमा दर्ता भएको विराटनगरको जग्गा आमा हिरादेवीलाई तत्कालीन श्री ३ महाराजाबाट बक्स पाई हक भएको स्त्री धन हो सो जग्गा रामबहादुरका नाउँमा दर्ता हुन गई पछि मेरा बाबुको ज्ञान शीपबाट ३५,००१।– मा छोडपत्र पास गरी लिनुभएको जग्गा मध्ये ०–१–१५ एक कठ्ठा पन्ध्रधुर जग्गा ०३४–३–८ मा कैलाश चन्द्रलाई राजीनामा गरी दिनु भएको हो आमा हिरादेवीले बक्स पाई बाबाले आफ्नो आर्जनबाट छोडपत्र गराई लिएको हुँदा अंशबण्डाको १८ नं.ले वादीहरूको हक नलाग्ने भन्ने समेत प्र. कुमार दाशको प्रतिउत्तरपत्र रहेछ । ४. निज कुमार दाशको आमा हिरादेवी बक्स पाई रामबहादुर लाखेबाट देवीदाशले आफ्नो निजी आर्जनबाट खरीद गरी लिई हकभोग भएको जग्गा मध्ये ०–१–१५ जग्गाको रु.१,७९,००१।– मा देवीदाशको श्रीमती छोराहरू साक्षी राखी ०३४–३–८ मा पास गरी लिएको जग्गामा नक्शा पासको दर्खास्त दिई नक्शा पास गरी पक्की घर बनाई दिवाल लगाई बसोबास गरी भोगचलन गरी आएको जग्गा हुँदा वादीहरूको कुनै हक नभएकोले झुठ्ठा फिराद दिएमा वादीहरूलाई सजायँ गरी पाउँ भन्ने समेत कैलाशचन्द्र अग्रवालको प्रतिउत्तरपत्र रहेछ । ५. हामीहरूका लोग्ने बाबु देवीदाशले साहूलाई बिक्री गरिदिएको ०३४।३।८ मा गरी दिएको राजीनामा हाम्रो समेत मञ्जूर छ वादीहरूको हकको होइन लोग्ने बाबुले बिक्री गरी दिएकै सदर हवस् भन्ने देवीदाशको छोरी रेनुका, भगवानदाश र हिरादेवी समेतको बयान रहेछ । ६. पैतृक आर्जन भन्ने सबूद वादी