निर्णय नं. २९४९ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९४९ - लिखत बदर भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/०१/२८ २२७९ निर्णय नं. २९४९ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको दे.फु.नं. ५९, ८८ फैसला भएको मिति : २०४२।१।२८।६ मा निवेदक/प्रतिवादी : का.न.पं.वार्ड नं. २० मरुटोल बस्ने देवी दासको मु.स.गर्ने कुमारदास मानन्धरसमेत विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वडा नं.२० मरुटोल बस्ने गणेशप्रसाद मानन्धरसमेत मुद्दा : लिखत बदर (१) आफूले आर्जेको सम्पत्ति आफू खुश गर्न पाउने । (प्रकरण नं. १३) फैसला न्या.बब्बरप्रसाद सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकहरुको श्री ५ महाराजाधिराजका जुनाफमा छुट्टाछुट्टै बिन्तिपत्र पर्दा डिभिजनबेञ्चबाट निर्णय भएको मुद्दा फुलबेञ्चबाट दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गरिदिनु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएका हुकुम प्रमांगी बमोजिम पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. बाबा गणेशदाशको छोरा विपक्ष देवीदाश र हामी समेत भएको बाबा परलोक भई हामीहरू समेतको अंश हक लाग्ने कालीमाटी गा.पं.वडा नं.५ कि.नं.३१ को जग्गा रोपनी १–०–३ मध्ये विपक्षी देवीदाशले जगतलाललाई जग्गा ०–१–३ रु.२०,०००।– मा ०३२।४।७ गते रजिष्ट्रेशन पास गरी दिएको हुँदा हामीहरूको ५ भागमा ४ भाग लिखत बदर गरी पाउँ भन्ने समेत वादी गणेशप्रसाद समेतको फिरादपत्र रहेछ । ३. वादीहरूको हक लाग्ने भए जग्गा कालीमाटी सडकमा पर्दा त्यसको मुआब्जा विषयमा विपक्ष गणेशप्रसाद समेतको उजूर परी हक बेहक गर्न अदालतमा जानु भनी सुनाएपछि अदालतमा जान नसकेको हुँदा मलाई दिने निर्णय गरेको मेरो आर्जनबाट खरीद गरेको मेरो एकलौटी हकको जग्गा जगत लाललाई रु.२०,०००।– मा राजीनामा पास गरी बिक्री गरेको हुँ विपक्षीहरूको हक लाग्ने नहुँदा बिक्री गरेको सदर गरी वादीहरूलाई सजायँ गरी पाउँ भन्ने समेत प्र.देवीदाश मानन्धरको प्रतिउत्तरपत्र रहेछ । ४. देवीदाशले विष्णु भक्तलाई भोगबन्धकी दिएको विष्णु भक्तबाट बहाल बुझाउने गरी लिई आएकोमा बाटो चौडाई गर्दा परेको बाँकी रहेको जग्गा देवीदाशलाई कूत बुझाई म समेत भई ग्यारेज कारखाना घर बनाई भोगचलन गरी आएको कि.नं.३१ मध्येको ०–१–०–३ जग्गा रु.२०,०००।– मा राजीनामा गरी लिएको देवीदाशको आर्जनको एकलौटी हकको जग्गा राजीनामा गराई लिएको हुँदा वादी दावी खारेज गरी पाउँ भन्ने समेत जगतलाल श्रेष्ठको प्रतिउत्तरपत्र रहेछ । ५. वादी दावी बमोजिमको जग्गा पैतृक आर्जन नदेखिई देवीदाशले खरीद गरेको देखिँदा लिखत बदर गरी पाउँ भन्ने वादीहरूले झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको ०३५।८।२८ को फैसला । ६. सो इन्साफमा चित्त बुझेन भन्ने समेत वादी गणेशप्रसाद समेतको पुनरावेदन जिकिर रहेछ । ७. लेनदेन व्यवहारको १० नं. अनुसार वादीहरूको मञ्जूर लिन पर्नेमा नलिई बिक्री गरेको हुँदा वादीहरूको भाग ५ खण्डको ४ खण्ड लिखत बदर हुने ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३८।५।१२।६ को फैसला रहेछ । ८. सो फैसलामा कानुन त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा लेन देन व्यवहारको १० नं. को प्रतिकूल हुन गई त्रुटि गरेको हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।७।५।४ र ०३८।९।२२।४ को आदेश रहेछ । ९. निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा कुम