निर्णय नं. २९५० - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९५० - लिखत बदर भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/०१/१८ २४७१ निर्णय नं. २९५० ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको दे.फु.नं. ५६, ९० फैसला भएको मिति : २०४२।१।२८ मा निवेदक/प्रतिवादी : का.न.पं.वडा नं.२० मरुटोल बस्ने देवीदाशको मु.स. गर्ने कुमारदास मानन्धरसमेत विरुद्ध विपक्षी/वादी : का.न.पं.वा.नं.२० मरुटोल बस्ने गणेशप्रसाद मानन्धरसमेत मुद्दा : लिखत बदर (१) आफूले आर्जेको सम्पत्ति आफू खुश गर्न पाउने । (प्रकरण नं. १४) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ विद्वान अधिवक्ता श्री नूतन थपलिया विद्वान अधिवक्ता श्री अनुपराज शर्मा फैसला न्या.बब्बरप्रसाद सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकहरू दुइजनाको श्री ५ महाराजाधिराजका जुनाफमा छुट्टाछुट्टै बिन्तिपत्र पर्दा मुद्दा दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. बाबा गणेशदाशको हामी समेत ५ छोरा भएका थियौं, हामीहरू समेतको अंश हक लाग्ने कालीमाटी न.पं.वार्ड नं. ५ को कि.नं.३१ को जग्गा रोपनी १–०–३ मध्ये ०–१–२–१ जग्गा रु.३०,०००।– मा ०३२।४।७ गते गणेशलाल श्रेष्ठलाई राजीनामा पास गरी दिएकोले हामीहरूको भाग ५ खण्डको ४ खण्ड बदर गरी पाउँ भन्ने गणेशप्रसाद समेतको ०३३।२।६ को फिरादपत्र रहेछ । ३. मेरो आर्जनबाट छोडपत्र गराई लिएको घर जग्गा कालीमाटी सडक निर्माणमा परी सट्टा भर्ना पाएको जग्गा बिक्री गरेको हुँ विपक्षहरूका हक लाग्ने होइन क्षतिपूर्ति विषयमा विपक्षीहरूको उजूर परी अदालतमा हक बेहक गराउनु जानु भनी सुनाएकोमा विपक्षीहरू नगएको मेरो एकलौटी हकको जग्गा बिक्री गरेको हुँदा लिखत बदर हुन नपर्ने भन्ने समेत प्र.देवीदाशको ०३३।४।३१ को प्रतिउत्तरपत्र रहेछ । ४. देवीदाशले विष्णु भक्तलाई भोगबन्धकी दिएको निजलाई बहाल बुझाउने गरी भोग गरी आएको कालीमाटी सडक चौडाईमा परी बाँकी जग्गा देवीदाशबाट कूत बुझाउने गरी लिई म समेत भई मोटर ग्यारेज कारखाना घर बनाई भोगचलन गरी आएको छु । देवीदाशको आर्जनले जोडेको निजको हकको जग्गा राजीनामा गराई लिएको हुँदा लिखत सदर गरी पाउँ भन्ने समेत प्र. गणेशलालको ०३३।४।३१ को प्रतिउत्तरपत्र रहेछ । ५. बिक्री गरेको सदर हुने हुँदा वादीले लिखत बदर गरी पाउँ भनी झूठ्ठै उजूर गरेको ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको ०३५।८।२८।४ को फैसला । ६. सो फैसला उपर चित्त बुझेन भन्ने समेत गणेशप्रसाद समेतको पुनरावेदन जिकिर । ७. लेनदेन व्यवहारको १० नं. अनुसार सबै अंशियारको मन्जूरी लिनु पर्नेमा वादीहरूको मन्जूरी लिएको नदेखिँदा वादीहरूको भाग बदर हुने ठहर्छ भन्ने समेत ०३८।५।१२।६ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला । ८. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा देवीदाश वादीहरू एकाघरसंग बसेको भन्ने वादीहरूले खुलाउन नसकेको देवीदाशले तीर्थदाशबाट छोडपत्र गराई लिएको सम्पत्तिमा वादीहरूको मञ्जूरी लिन नपर्ने हुँदा लेनदेन व्यवहारको १० नं. को त्रुटि गरी