निर्णय नं. १३५८ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३५८ - लेनदेन भाग: २२ साल: २०३७ महिना: असार अंक: ३ फैसला मिति :२०३७/०२/१० ४१२९ निर्णय नं. १३५८ ने.का.प. २०३७ फुल बेञ्च सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३६ सालको दे.फु.नं. २७ फैसला भएको मिति : २०३७।२।१०।६ मा निवेदक : धादिङ जिल्ला नौविसे गा.पं वडा नं. १ देवीथान बस्ने रामेश्वरी उप्रेती विरूद्ध विपक्षी : ऐ.ऐ वडा नं. ७ जामुनेडाँडा बस्ने नरहरीनन्द पाठक मुद्दा : लेनदेन (१) लेनदेन व्यवहारको ६ नं. मा लिखतमा ब्याज नलखिएकोमा ब्याज पाउँदैन भन्ने उल्लेख भएकोले वादीको दृष्टिबन्धक लिखतमा थैली बुझाउनेको भाखा २ वर्षको मात्र ब्याज बुझाउने उल्लेख भई सो बाहेक धितो चलन नगरी कपाली भएको अवस्थामा थैलीको ब्याज बुझाउने लिखतमा नलेखिएकोले थैली बुझाउने भाखा वर्ष २ पछिको लिखत कपाली भएकोमा थैलीको ब्याज उपरोक्त लेनदेन व्यवहारको नं. ६ को कानुनी व्यवस्थाबाट नै नपाउने हुनाले ब्याज पाउँछ भन्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली फैसला न्या. बासुदेव शर्मा : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्‍याई पाउँ भनी निवेदक प्रतिवादी रामेश्वर उप्रेतीले दिएको निवेदनमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भइआएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : ४ कित्ता जग्गा दृष्टिबन्धक लेखी ०१९।४।६ मा घरसारको मो.रु.६२००। कर्जा लिई ०१९।४।७।१ मा दृष्टिबन्धक पास गरी दिनुभएको ब्याज समेत नबुझाएको २ वर्षभित्र नालेश दिई चलन चलाई लिन नसकेको लिखत भएको मितिदेखि आजसम्म सावाँ ब्याज चुक्ती गरी देउ भन्दा दिन्न भनी जवाफ दिएकोले तमसुक मिति ०१९।४।६।७ देखि फिराद दर्ता हुने दिन ०२८।३।२४ सम्मको ब्याज समेत जम्मा मो.रु.११,२११।७६ र मुद्दा अन्तिम टुंगो नलागेसम्मको ब्याज समेत कपाली सरह दिलाई भराई पाउँ भन्ने समेत वादी । ३. रु.६२००। लिई दृष्टिबन्धक लिखत पास गरी दिएको हुँदा ब्याज बुझाउँदै आएको ०२१।८।२९ गते दरपीठ गराई ४२००। बुझाएको र बाँकी रु.२०००। मा पनि ब्याज बुझाउँदै आएपछि ०२७।१०।६ गते रु.१२००। बुझाई रु.८०० मात्र बुझाउनुपर्ने बाँकी छ झुठ्ठा दावी गरेमा सजाय गरिपाउँ भन्ने समेत प्रतिवादी । ४. लेनदेन व्यवहारको ५ नं. २ दफा अनुसार भर्पाई लिनुपर्ने सो लिएको भन्न, पेश गर्न नसकेकोले प्रतिवादीका भनाई अनुसार तिरे बुझाएको सबूत प्राप्त हुन नसकेको हुँदा दावी अनुसार सावाँ ब्याज भरी पाउने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको फैसला । चित्त बुझेन भन्ने समेत प्रतिवादीको पुनरावेदन । शुरू ठहर बमोजिम पूरै सावाँ ब्याज पाउने भन्न मिलेन प्रतिउत्तरमा लेखी देखाएबमोजिम रु.८००। मात्र बाँकी पाउने ठहर्छ बाँकी रु.८००। को ब्याज नपाउने ठहर्छ भन्नेसमेत बागमती अञ्चल अदालतको फैसला । ५. सो फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी वादीको निवेदन परेकोमा अनुमति भई निर्णय हुँदा तमसुकमा दरपीठ गरिएको आसामीको सहिछाप नभएको त्यस्तो दरपीठको आधारमा सावाँ बुझाएको भन्न पनि नमिल्ने हुनाले प्रतिवादीले वादीलाई तिर्न बुझाउन नपर्ने अरू कुनै सबूत गुजार्न नसकेको हुनाले वादीले प्रतिवादी रामेश्वर उप्रेतीबाट वादी दावा बमोजिमको सावाँ बराबर ब्याज भरी पाउने ठहराएको इन्साफ काठमाडौं जि