निर्णय नं. १३५९ - उत्प्रेषणको आदेश जारी गरिपाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३५९ - उत्प्रेषणको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: असार अंक: ३ फैसला मिति :२०३७/०३/२८ २३६८ निर्णय नं. १३५९ ने.का.प. २०३७ फुल बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् ०३६ सालको रिट फु.नं. ३५ आदेश भएको मिति : ०३७।३।२८।६ मा निवेदक : राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिको तर्फबाट अख्तियार प्राप्त सो बैंकका प्रमुख व्यवस्थापक अच्यूतप्रसाद पौडेलसमेत विरूद्ध विपक्षी : का.जि.नक्साल भगवतीबहाल बस्ने योगेन्द्रकुमार श्रेष्ठ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं (१) कसूर अनुसारको सजाय हुने कानुनी व्यवस्थामा कसूर नै फरक हुनगयो भने त्यो सजाय पनि स्वभावैले फरक हुने हुँदा बदर हुन्छ । एउटा दोष लगाएकोमा अर्को दोष लगाएको हो भनी निर्णय गर्दा मुद्दाको तथ्य नै बोध नभई कसूर अनुसारको सजाय नहुने हुनाले मुद्दाको विषय नै त्यस्तो निर्णय गर्नाले उपेक्षा गरेको हुने हुँदा त्यस्तो निर्णयलाई खम्बीर गर्नु भएन, आफ्नो अधिकारक्षेत्रभित्र रही गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्न नपर्ने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली आदेश न्या. हेरम्बराज : यस मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३५।११।१४ मा भएको निर्णय दोहोर्याई पाउँ भनी रा.वा.बैंकको तर्फबाट न्यायिक समिति मार्फत श्री ५ का हजुरमा निवेदन परी सो समितिका सिफारिश अनुसार नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त मुद्दा दोहोर्याई दिनु भन्ने मौसूफ सरकारबाट हुकुम बक्से बमोजिम दोहोर्याई यो मुद्दा यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. तथ्य यस प्रकार छ : तपाई यस राष्ट्रिय वाणिज्य बैंकको नक्साल शाखामा तत्काल मैनेजर भई काम गर्नुभएको अवस्थामा अनियमिततापूर्वक लगानी गरी बैंकको सम्पत्ति हानी नोक्सानी पुर्याउनुभएको सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सेवा शर्त नियमावलीको परिच्छेद ६ को दफा १ को (च) बमोजिम भविष्यमा समेत बैंकको नोकरीको निमित्त सामान्यत अयोग्य ठहरिने गरी मिति ०३४।४।१७ देखि नोकरीबाट बर्खास्त गर्न स्वीकृति भएको हुँदा तपाईलाई बैंकको नोकरीबाट बर्खास्त गरिएको छ भन्ने निवेदक योगन्द्रकुमारलाई विपक्षी बैंकबाट सूचना दिएको र त्यस उपर परेको पुनरावेदनमा विभागको निर्णय मनासिव देखिएकोले सदर गरिएको छ भनी सञ्चालक समितिको सभाबाट निर्णय भइआएबाट जानकारी दिएको छ भन्ने समेत निवेदकलाई सूचना दिएको रहेछ । ३. उक्त नोकरीबाट बर्खास्त गर्ने गरेको निर्णय बदर गरिपाउँ भनी निवेदक योगेन्द्रकुमारले दिएको रिट निवेदनपत्रमा नै राष्ट्रिय वाणिज्य बैंकको सेवामा निवेदकले ०२२।६।३ मा नियुक्ति पाई ०३२।१२।१६ देखि नक्साल शाखाको मैनेजर पद सम्हाली कर्तव्य पालन गर्दै आएको थिए । अनियमित गरी बैंकको रूपैयाँ लगानी गरी तपाईले अयोग्यताको कारणले आफ्नो पदको काम र जिम्मेवारी पूरा गर्न नसकेको अनुशासन सम्बन्धी नियम उल्लंघन समेत गर्नुभएको भन्ने आरोपमा बर्खासी किन नगर्ने भनी स्पष्टीकरण मागी सस्पेण्डमा राखियो । निर्दोषता देखाई प्रतिवाद गरेकोलाई सन्तोषजनक नभएको भनी दोश्रो स्पष्टीकरण माग गर्दा आफ्नो पदको जिम्मेवारी अनुसारको आचरण नगरेको भन्ने अर्कै आरोप लगाई कानुन विपरीत स्पष्टीकरण माग गरेको भन्ने उल्लेख गरी इन्कारी प्रतिवादी दिएको थिए पटक–पटक स्पष्टीकरण पेश गरेकै माथि कुनै विचार नगरी अनियमितता