निर्णय नं. १३६० - बइजति
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३६० - बइजति भाग: २२ साल: २०३७ महिना: असार अंक: ३ फैसला मिति :२०३७/०२/०२ २९१४ निर्णय नं. १३६० ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३६ सालको फौ.पु.नं. १६४ फैसला भएको मिति : २०३७।२।२।५ मा पुनरावेदक : ल.पु.जि. न.पं. वडा नं. ५ अन्तर्गत स्थित आदर्श विद्या मन्दिरका सस्थापक तथा प्रिन्सिपल प्रधानाध्यापक सत्यनारायणबहादुर श्रेष्ठ विरूद्ध विपक्षी : का.जि. का.न.पं. वडा नं. २३ अन्तर्गत झोंछे बस्ने न्यूलाईट नामक साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक गोपाल गुरुङ विषय : बेइज्जती (१) गाली बेइज्जती ऐन, २०१६ को दफा १० ले वादीलाई जरीवाना गर्दा उक्त दफामा उल्लेख भएका पूर्वाधारहरू उल्लेख गरी सो आधारमा जरीवाना गर्नसकिने व्यवस्था भएको देखिन्छ । पूर्वाधारहरूको उल्लेख नगरी केवल जरीवाना मात्र गर्न ऐनले मिल्ने देखिँदैन । (प्रकरण नं. ९) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षे.अ.को ०३६।३।८।६ को फैसलाउपर पुनरावेदन गर्ने अनुमतिपाउँ भनी वादीले चढाएको निवेदनमा अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुनआएको छ । २. विपक्षी गोपाल गुरुङले २०३४।४।२६ भनी नेपाल सम्वत् महीना मितिलाई ब्राकेटमा राखी काठमाडौं बुधवार अगष्ट १०, १९७७ मा प्रकाशन र सम्पादन गरेको न्यूलाईट साप्ताहिक भन्ने अखवारको अन्तिम पृष्ठमा आदर्श मन्दिरका शिक्षकहरू प्रति प्रधानाध्यापकको अनादर्श नीति तानाशाही व्यवहारमा शिक्षक शिक्षिका वर्ग शोषित भन्ने शीर्षक दिएर म प्रधानाध्यापकलाई औंल्याई तानाशाही, दोहरो नाफा शिक्षक शिक्षिकाको र विद्यार्थी वर्गको हिसाब रेकर्ड ठीक नभएको भन्ने समेत अर्थ आउने खालका कुरा लेखी विद्यार्थी र शिक्षक शिक्षिकालाई भड्काई मेरो बदनाम बेइज्जत र हानी गराउने तथा विद्यालय प्रति जनआस्था हटाई दिने कुनियत लिई जानीबुझी झुठ्ठा कुराको समाचार प्रकाश गरेकोले विपक्षीलाई सजाय गरी क्षतिपूर्ति भराई पाउँ भन्ने समेत फिराद दावी । ३. आदर्श विद्यामन्दिरका शिक्षक शिक्षिकाहरूमा घटेका अन्यायतित व्यवस्था र तिनीहरूको असन्तोषको सम्बन्धमा पत्र–पत्रिकामा प्रकाशमा आएका थिए । पत्रकारको नाताले विभिन्न सूत्रबाट लिई कुराको जानकारी प्राप्त गरेको थिएँ शिक्षक शिक्षिकाहरूले नमस्कार माग राखी प्रिन्सिपललाई दिएको पत्र जसको बोधार्थ शिक्षा राज्यमन्त्रीलाई दिएको छ सो थाहा पाई कुनै रिसइवी राग र दुराशय नलिई शिक्षक जस्तो पवित्र व्यवसायमा घटेको अप्रिय घटनालाई सम्बन्धित अधिकारी र जनता समक्ष ल्याई सुधार गर्ने विशुद्ध उद्देश्यले मैले आफ्नो पत्रिकाको वर्ष ८ अंक २ मिति २०३४।४।२६ (अगष्ट १०, १९७७ मा प्रकाशन गरेको) हुँ । त्यसमा देखाएका अवस्था र प्रश्नहरूका सम्बन्धमा विपक्षी वादीले कुनै प्रतिवाद गर्न सक्नुभएको छैन । उक्त समाचार पछि नेपाल पोष्टमा सम्पादकको नाममा पत्र समाचार छापिएको र एसियाली आवाजमा पाठक के भन्दछ भन्ने शीर्षकमा प्रकाशित समाचारले त्यस शिक्षालयमा शिक्षकहरू प्रति अन्याय गरेको पुष्ट गर्दछ बेइज्जतजन्य दोष लगाएको छैन र गर्ने कुनै मनसाय वा उद्देश्य रहेको छैन । सार्वजनिक हित असल नियतसाथ राष्ट्र सेवकको कार्यकलापबारे टिप्पणी गरिएकोलाई दफा ४ को उपदफा (१)(२)(३)(६) र (१०) समेतले संरक्षित गरेको छ । विपक्षी वादीले शिक्षण संस्थाको तर्फबाट फिराद गर्न पाउनु हुन्न भन्ने