निर्णय नं. १३६१ - उत्प्रेषणको आदेश जारी गरिपाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३६१ - उत्प्रेषणको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: असार अंक: ३ फैसला मिति :२०३७/०३/१६ २२९३ निर्णय नं. १३६१ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३६ सालको रिट नम्बर ८०३ आदेश भएको मिति : २०३७।३।१६।१ मा निवेदक : जि. सुनसरी महेन्द्रनगर गा.पं. वडा नं ५ बस्ने हेमराज घिमिरे विरूद्ध विपक्षी : ऐ ऐ. बस्ने टेकबहादुर गुरुङ समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं (१) दुईथरले शान्ति कायम गर्न केही कुरा उल्लेख गरी कागज गर्छ भने त्यसको एउटा भागलाई मात्र प्रमाण लिई निर्णय गर्नु त्रुटिपूर्ण हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय र विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी आदेश न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३६।५।१४।५ मा दर्ता भएको रहेछ । २. तथ्य यसप्रकार छ : २०३४ सालमा नापी दर्ता भएको जि.सु.महेन्द्रनगर गा.पं.वार्ड नं. ५ कि.नं. २७ को ज.बि.३–०–१६ जग्गाको म मोही हुँ ०३० सालसम्म ज.ध.ठोसरी गुरुङले अधियाँ बाडफाँड गरेको भर्पाई दिएको छ ०३४ सालको बाली मदन गुरुङले बुझी लगी भर्पाई दिन आलटाल गरे भर्पाई दिलाई पाउँ भन्ने समेत जि.भू.सु.का.मा परेको निवेदन र उक्त जग्गा मदन गुरुङले हेमराज घिमिरेलाई बिक्री गरी निज जग्गाधनीले मोही बेदखली गरे निजलाई कानुन बमोजिम गर्न भू.प्र.का.मा आदेश गरिपाउँ भन्ने कोशी अञ्चलाधिश कार्यालयमा ०३४।१।२५ मा परेको टेकबहादुर गुरुङको निवेदन विपक्षी मदन गुरुङले र समनको म्याद गुजारेको र जग्गा किन्ने हेमराज घिमिरेले मनमायाको ऐलानी भित्रको मदन गुरुङका नाममा रहेको जग्गा मोही नभएकोले खरीद गरी लिएको हुँ जग्गाको बाली लुटेमा जि.का.मा उजूर समेत गरी ०३५ सालको बाली आधा–आधा खाने र ०३६ सालको बाली छाडी दिने छु भनी कागज गरेको छ । ऐलानी जमीन दर्ता गराएको र यस्ता जमीनमा मोही लाग्न नपर्ने भन्ने समेत बयान भएकोमा महेन्द्रनगर गा.पं.को सिफारिश र सम्बन्धी क्षेत्रमा गई बुझी आउँदा मोहीले साविक देखि जोतखन आवाद गरी आएको बुझिएको भू.सं.ऐनको दफा २४(१) बमोजिम भर्पाई पेश भएको ०३५ सालको बाली आधा बुझ्न मञ्जुर भएकोले जोतेको कबूलियत मान्न सकिने हुँदा ऐनको दफा २५(१) बमोजिम मोही हक कायम गरी दिने ठहर्छ भन्ने समेत जिल्ला कार्यालय भूमिसुधार कार्यालय इनरुवा, सुनसरीको ०३६।३।२२ को फैसला रहेछ । ३. रिट निवेदन जिकिर यसप्रकार छ : भूमिप्रशासककहाँ भर्पाई दिलाई पाउँ भन्ने उजूर परी मेरा दाता मदन गुरुङबुझिएको र भर्पाई दिनुपर्नेमा नपर्नेमा सीमित रही निर्णय गर्नुपर्नेमा टेकबहादुरलाई मोही कायम गर्ने निर्णय गरेको अ.बं.१८४क १८५ को विपरीत भई त्रुटिपूर्ण छ । भर्पाई दिलाई पाउँ भन्ने र मोही बेदखल गरे भन्ने भिन्ना–भिन्नै दिएको निवेदनको निर्णय छुट्टाछुट्टै गर्नुपर्नेमा एउटै उजूरी कायम गरी गरेको निर्णय अ.बं.७२, १८४क, १८५ समेतको विपरीत भई त्रुटिपूर्ण छ । मोही बेदखली गर्यो भनी कोशी अञ्चलाधिश कहाँ दिएको निवेदन लिई भूमिप्रशासकले हेरी निर्णय गर्न मिल्ने होइन यो ऐनको दफा ३१क.को विपरीत छ । ०३४ सालमा गएको मन्त्रीस्तरीय उच्च आयोगको निर्णयानुसार दाता मदन गुरुङका नाममा दर्ता भई ज.ध.प्रमाण पूर्जा पाएको जग्गा हो । त्यस अघि कसैको नाममा दर्ता थिएन । त्यस अवस्थामा कसैले कुनै भर्पाई गरी द