निर्णय नं. १३६२ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३६२ - उत्प्रेषणको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: असार अंक: ३ फैसला मिति :२०३७/०१/२६ २४२१ निर्णय नं. १३६२ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३५ सालको रिट नम्बर ११८१ आदेश भएको मिति : २०३७।१।२६।५ मा निवेदक : जि.पर्सा वीरगञ्ज न.पं.वार्ड नं. १३ बस्ने जादोलाल साहबसमेत विरूद्ध विपक्षी : श्री ५ को सरकार शिक्षा मन्त्रालय समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं (१) प्रमुख जिल्ला अधिकारीबाट लेखेको पत्रमा दिन् ३५ को म्याद दिएको छ तापनि सो म्याद केवल जग्गाको प्रमाणले पाउने मुआब्जा उठाइलिनको लागि सम्म म्याद तोकिएको देखिँदा सो पत्रलाई जग्गा प्राप्ति ऐन, ०३४ अनुसारको पत्र हो भन्न नमिल्ने । (प्रकरण नं. १५) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडीया विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी जग्गा प्राप्ति ऐन, २०३४ लाई अमान्य घोषित समेत गरिपाउँ साथै यो निवेदनको अन्तिम टुंगो नलागुञ्जेलसम्म विपक्षीहरूको निर्णय सूचना तथा सम्पूर्ण कारवाही कार्यान्वित नगर्नु नगराउनु भनी अन्तरिम आदेश पनि जारी गरिपाउँ भन्ने समेतका कुराको माग गर्दै मिति ०३५।१।६।४ मा दर्ता हुनआएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य यसप्रकारको रहेछ : २. साविक श्रीपुर गा.पं.वार्ड नं. ९ हाल वीरगञ्ज न.पं.वार्ड नं. १३ कि.नं. १८ को ज.बि.०–३–२।। म निवेदक जादोलाल शाहको र कि.नं. १९ को ज.बि.०–३–० म निवेदक मुरलीधरको हकभोग सो जग्गामा घरवासको लागि भएको श्री ५ को सरकारको मिति ०३३।११।१६ का निर्णयानुसार विपक्षी ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जको छात्रावास भवन निर्माण कार्यको लागि उपरोक्त लेखिएको जग्गा समेत ज.बि.५–१५–१९ जग्गा अधिग्रहण गरी लिनुपर्ने भएकोले जग्गा प्राप्ति ऐन, २०१८ को दफा ४ को उपदफा २ समेत अनुसार यो सूचना प्रकाशित गरी सूचना टाँसिएको छ सम्बन्धित जग्गाधनीहरूले आफ्नो भएको लिखित उजूरी ऐनको दफा ६ अनुसारको म्यादभित्र यस कार्यालयमा पठाउनु हुन सूचित गरिएको छ भन्ने विपक्षी नारायणी अञ्चलाधिश कार्यालय सहायक अञ्चलाधिशज्यूको सही परेको ०३३।१।१९ को सूचना प्रकाशित भएको र मिति ०३४।७।३० मा जिल्ला कार्यालय पर्साको प्रमुख जिल्ला अधिकारीज्यूबाट अर्को सूचना प्रकाशित गरिएको सो सूचना प्रकाशित भएपछि निवेदकहरूको उजूरी पर्दापर्दै मिति ०३४।१२।३ मा एकै व्यहोरा एकै मितिको ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जको स्टाफ क्वाटर समेत निर्माण गर्नको लागि तपाई समेतको घर जग्गा अधिग्रहण गर्नेबारे जग्गा प्राप्ति ऐन, २०१८ र नियमानुसार कारवाही भएको व्यहोरा तपाईलाई विदित छ घर जग्गाको मुआब्जा दिने विषयमा जग्गा प्राप्ति ऐन, २०३४ अनुसारको समितिको निर्णय अनुसार घर र घर कम्पाउण्ड बहाल इत्यादि सामान भत्काई लैजान पाउने गरी मुआब्जा दिने भएकोले यो पत्र प्राप्त गर्नुभएको मितिले १५ दिनभित्र घर भत्काई लगी आफूले पाउने मुआब्जा ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जमा गई उठाई लिनुहोला उठाई नलगेमा ऐनको दफा ३६ अनुसार हुनेछ भनी विपक्षी जिल्ला कार्यालय पर्साबाट निवेदकहरूका नाममा छुट्टाछुट्टै पत्र लेखी पठाएको रहेछ । सो समेत बदर गराई माग्न प्रस्तुत रिट निवेदन दर्ता हुनआएको रहेछ । ३. संक्षिप्त जिकिर यस प्रकारको रहेछ : विपक्षी ठाकुरराम बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद