निर्णय नं. १३६३ - उतप्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३६३ - उतप्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी भाग: २२ साल: २०३७ महिना: असार अंक: ३ फैसला मिति :२०३७/०३/३२ २६९० निर्णय नं. १३६३ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३५ सालको रिट नम्बर ११२५ आदेश भएको मिति : २०३७।३।३२।३ मा निवेदक : जि.रूपन्देही सिद्धार्थनगर न.पं.वडा नं. ७ शान्तिनगर बस्ने हरिप्रसाद सेरचन विरूद्ध विपक्षी : रूपन्देही जिल्ला अदालत भैरहवा, लुम्बिनी अञ्चल अदालत बुटवल, समेत विषय : उतप्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं (१) सर्वोच्च अदालतबाट निर्णय हुनुअघि अञ्चल अदालतबाट फैसला भएपछि पनि बिगो भराई पाउँ भनी परेको दरखास्त दावीमा उक्त ऐनले स्पष्ट शब्दमा बाध्य गरेको जायजातको कारवाही नै नगरी अञ्चल अदालतको निर्णय आदेशले निष्क्रिय स्थितिमा पहिले बिगो भराउने गरी भएको रूपन्देही जिल्ला अदालतको फैसला अनुसारको बिगो भराइदिएको दरखास्तबाट लिलाम भएको देखिँदा यसरी मुद्दाको टुंगो लाग्नु भन्दा अघिबाट लिएको तायदातीलाई कायम गरी बिगो भराई पाउँ भनी दिन पाउने सो तायदातीलाई मान्यता दिन र लिलाम गर्न पाउने व्यवस्था ऐनले गरेको नदेखिएबाट लिलाम दण्डसजायको ४२ नं. विपरीत भई प्रत्यक्ष कानुनी त्रुटि देखिने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडीया र विद्वान सरकारी अधिवक्ता श्री ईन्द्रराज पाण्डे आदेश न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३५।११।२८ मा परी निर्णयार्थ पेश हुनआएको रहेछ । तथ्य र निवेदन जिकिर यस प्रकार छ : जि.रूपन्देही साविक वुटवल खस्र्यौली न.पं.को नं. १ को ज.बि.०–२–५ घडेरी र ऐ. को कि.नं. २५ को ज.बि.१–०–५ समेत जम्मा ज.बि.१–२–१० मिति ०२६।३।१८ मा रु.१३०००। मा कटकबहादुरसँग राजीनामा लिई ०२६।३।२० मा राजीनामा पारित भई हकभोग गरी आएको थिएँ मेरा दाता कटकबहादुर उपर ०२५।६।२१ मा विपक्षी लक्ष्मीप्रसादले बिगो रु.४१९९।०१ उपर गरी पाउन रूपन्देही जि.अ.मा फिराद गर्नुभएको छ गैरकानुनी तवरले म्याद तामेल भई एकतर्फी गरी उपरोक्त बिगो र कोर्टफी रु.१८७।९६ भरी पाउने गरी ०२५।११।१६ मा विपक्षी जिल्ला अदालतले निर्णय गरेछ यो निर्णय पछि विपक्षीबाट तायदाती लिई लिलामको लागि तारेख मुकरर ०२६।२।२१ मा गरिएछ फैसला नक्कल मेरा दाताले ०२६।२।२ मा लिई विपक्षी लुम्बिनी अञ्चल अदालतमा निवेदन गर्दा म्याद बेरीतको ठहरी मेरा दाताले प्रतिउत्तर दिन पाउने ठहरी निर्णय भएछ र लिलाम ०२६।२।११ गते स्थगित भएछ मेरो दाताको प्रतिउत्तर ग्रहण गरी पुनः विपक्षी रूपन्देही जिल्ला अदालतले ०२६।६।१ मा बिगो रु.३३५३।९१ कोर्टफी रु.१५४।१६ भरी पाउने ठहरी निर्णय भएछ । २. यो निर्णय उपर पुनरावेदन गर्दा लुम्बिनी अं.अ.ले सदर गरेछ । मेरो दाताको बिन्तिपत्रबाट स.अ.डिभिजन बेञ्चले इन्साफ जाँच गर्दा ०२८।२।२ मा अञ्चल अदालतको कारवाई समेत सदर ठहर गरी निर्णय गरेछ उपरोक्त निर्णय पछि विपक्षी रूपन्देही जिल्ला अदालतमा विपक्षी लक्ष्मीप्रसादले ०२६।६।१ को फैसला बमोजिम बिगो भरी पाउँ भन्ने दावी भएकोमा लुम्बिनी अञ्चल अदालतबाट बदर भइसकेको ०२५।११।१६ को फैसला अनुरूप दाखिल भएको ०२६।१।२८ को तायदातीको आधारमा कारवाही उठाई लिलाम मुकररको तारेख तोकी अन्ततः ०२६।११।१४ मा लिलाम भएछ विपक्षी