निर्णय नं. १३६४ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३६४ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: असार अंक: ३ फैसला मिति :२०३६/०९/२५ ३२१० निर्णय नं. १३६४ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत २०३४ सालको रिट नं. ८०८ आदेश भएको मिति : ०३६।९।२५।४ मा निवेदक : नेपाल इलेक्ट्रीक एण्ड मेशीनरी वीरगञ्जको प्रो.ऐ बस्ने सत्यनारायण जलान विरूद्ध विपक्षी : वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार अधिकृत समेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं (१) अ.बं.१८४(क) नं. मा भएका व्यवस्था अनुसार मुद्दा हेर्ने अधिकारीले बुझ्नुपर्ने भनी बुझिएको प्रमाण बुझी हेरी सो प्रमाणको समेत उचित मूल्यांकन गरी मुद्दाको निर्णयमा पुग्नुपर्ने हुनआउँछ । तदनुसार प्रमाणको उचित मूल्यांकन नभएको र ऐनले पनि अनिवार्य रूपमा बुझ्नुपर्ने प्रमाण पनि बुझ्दै नबुझी गरेको फैसला न्यायिक मनको पूर्ण अभावमा भएको देखिन आएकोले सो फैसला बदर हुने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शुशीलकुमार सिन्हा विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडीया र विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश न्या. त्रैलोक्यराज अर्याल : वीरगञ्ज भन्सार कार्यालयको मिति ०३४।२।७ को फैसला उपर उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने व्यहोराको प्रस्तुत रिट निवेदन संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको छ । २. मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : वीरगञ्ज चिनी कारखाना प्रा.लि.ले आफ्नो कारखानाको लागि बुलडोजर्स ग्रेडर्स पार्टहरू सप्लाई गर्न म निवेदकसँग स्पेशिफिकेशन लिई ०२८।९।९ मा सप्लाई अर्डर दिनु भएबमोजिम मैले उक्त कारखानालाई म्यादैभित्र सबै माल सप्लाई गरी आंशिक भुक्तान पाएकोले बाँकी बील अनुसारको करीब रु.१,०६,०००।– एकलाख छ हजार भुक्तानी दिन मैले श्री उद्योग वाणिज्य मन्त्रीज्यूमा उजूरी निवेदन गरेकोबाट वीरगञ्ज चिनी कारखाना प्रा.लि.का सञ्चालक समितिका सदस्यहरू रिसाउनु भई सो समितिका सदस्य श्रीमान् भन्सार निर्देशक हालको का.मु.महानिर्देशकज्यूले आफ्नो मातहतका प्रमुख भन्सार अधिकृत वीरगञ्ज भन्सार कार्यालयलाई म माथि कडा कारवाई गर्नु भनी मिति ०२९।२।१० मा लेख्नुभयो र प्र.जि.पर्साले बेरीतसँग वादी श्री ५ को सरकार विरूद्ध नेपाल इलेक्ट्रीक एण्ड मेशिनरी स्टोर्स भएकोमा तपाईले ल्याएका पार्टसहरू मध्ये धेरैको भन्सार रसिद नभएको मुद्दा पनि १५ दिने समाव्हान जारी गरियो र अर्कोतिर वीरगञ्ज चिनी कारखानाले मैले सप्लाई गरेको सामान नेपालमा खरीद गरेका पुराना माल हुन् वा नयाँ माल हुन प्रमाण पेश गर्नु भनी खिचोला उत्पन्न गर्नुभयो । ३. वीरगञ्ज भन्सार कार्यालयले भन्सार चोरी पैठारी सम्बन्धी कारवाही प्र.जि.अ.पर्सामा पठाउनुभयो र प्र.जि.अ.पर्साले भन्सार ऐन, २०१९ को दफा २२(क) बमोजिम रीतपूर्वकको उजूरी दसी प्रमाण नभई बेरीतसँग मलाई झिकाई ०२९।४।२६ मा मेरो बयान लिनुभएकोमा सबै व्यहोरा मैले खुलाई बयान गरी खरीद गरेको स्क्रेपर एण्ड डोजर कम्पनीको बील र पत्र समेत पेश गरेको तथा कारखानाको लागि आउने मेशीन पार्टपूर्जामा १० प्रतिशत मात्र पैठारी भन्सार लाग्ने छ र पैठारीको प्रमाण पेश गरेमा भारतीय १० प्रतिशत सेल्सटेक्सको दस्तूर फिर्ता हुनेछ यस्तो अवस्थामा मेशिनरी माल भन्सार नतिरी पैठारी गर्नुपर्ने कुनै पनि व्यक्तिको हकमा आर्थिक दृष्टिकोणले प्रश्न उठ्नसक्दैन भन्ने वस्तुस्थ