निर्णय नं. १३६५ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३६५ - उत्प्रेषणको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: असार अंक: ३ फैसला मिति :२०३७/०१/३१ २३४८ निर्णय नं. १३६५ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत ०३६ सालको रिट नम्बर १३२३ आदेश भएको मिति : २०३७।१।३१।३ मा निवेदक : जि. मोरङ नोचा गा.पं.वार्ड नं. ७ बस्ने लक्ष्मण विश्वास केवरथ विरूद्ध विपक्षी : भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय मोरङ समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं (१) नालिस उजूर गर्ने हकदैया प्राप्त व्यक्तिको उजूर परेकोमा इन्साफ तहकिकात गर्नुपर्नेमा सरजमीनको आधारमा निर्णय गरेको न्यायिक मनको अभावमा निर्णय गरेकोले बाली भराई मोहीबाट निष्कासन गरिपाउँ भन्ने उजूरीलाई खारेज गरेको त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी भू.सु.अ.को मिति ०३५।९।२६।४ को निर्णय बदर गरिपाउँ भनी रिटनिवेदन मिति ०३६।२।१८।६ मा दर्ता भएकोरहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : मेरो हकभोगको नोचा गा.पं.वार्ड नं. ७ कि.नं. १०२ को ज.बि.३–२–१० र ऐ. कि.नं. ११६ को ज.बि.०–१२–१५ ऐ. वार्ड नं. ८ कि.नं. २१३ को ज.बि.२–१४–१७½ समेत ६–१०–२½ को मोही विपक्षीले ०३४ सालको कूत मन ७४–३२–१४ नदिएकोले दिए धानै र नदिए हुने रु.४४८९।३० चार हजार चारसय उनानब्वे रूपैयाँ पैसा तीस दिलाई मोहीबाट समेत निष्कासन गरिपाउँ भन्ने वादी । बासुदेव मण्डलबाट खरीद गरी वादीको हकभोग भएको ७ नं. कित्ता जग्गाको मोही भएकोले ०३४।१०।२९।७ का दिन विपक्ष र विपक्षको बाबु छेवि समेतको रोहवरमा दाउनी गरेको धान मन १३०–०–० भएको र सो धान आधा–आधा फाँट लगाउँ भन्दा अहिले मै राखी दिन्छु भनी सबै धान वादीले नै लगी राखेको माग्दा नदिएकोले बाली र भर्पाई समेत दिलाई पाउँ भनी मेरो उजूर परी कारवाही चलिरहेको छ । बाली बुझाउन बाँकी छैन भन्ने प्रतिवादी वादी दावाको नोचा गा.पं.वार्ड नं. ७ कि.नं. १०२।११६ ऐ. वार्ड नं. ८ कि.नं. २१३ समेतको जग्गाको ०३४ सालको धान दाउनी वादीको खमारमा भएको उब्जा मन १३०–०–० भएको जम्मै बाली वादीले राखेको प्रतिवादीले नपाएको भन्ने मिति ०३५।८।१० को जनकलाल समेतको बहुमतको सरजमीनबाट देखिँदा वादीले बाली पाएको छैन भन्न मिलेन मुद्दा खारेज हुने ठहर्छ भन्ने समेत विपक्षी कार्यालयले निर्णय गरेको रहेछ । विपक्षी अधिकारीबाट ०३५।८।१० को सरजमीनको उल्लेख गर्नुभएको सम्बन्धमा भर्पाई दिलाई पाउँ भन्ने दावी भएतर्फ पनि आजै म समेतको रिट निवेदन परेको हुँदा एकै साथ राखी हेरिनुपर्ने अनिवार्य हुनआएको छ । त्यसमा उल्लिखित कानुनी त्रुटिहरू यसमा समेत प्रासंगिक रहेको छ । ३. हक पुग्ने म जग्गावालाको दावीलाई खारेज गर्ने कानुनी व्यवस्था होइन दावी बमोजिम बाली भरी पाउने नपाउने के हो त्यसतर्फ निर्णय गर्नुपर्नेमा नगरिएकोबाट अ.बं.८२ नं. को र साथै अ.बं.१८० नं. को समेत प्रत्यक्ष कानुनी त्रुटि गरिएको छ । ४. भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९ को उपदफा (ग) को म्यादभित्रको मेरो उजूरी छ । त्यसतर्फ खण्डन गर्न सकिएको छैन र साथै भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३८ को उपदफा (२) अनुसार ठहर भइसकेको भन्न नसकिएकोबाट उक्त ऐनहरूको साथै ऐ. ऐनको दफा २९