निर्णय नं. ४६९१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६९१ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: बैशाख अंक: १ फैसला मिति :२०५०/०१/०८ ३०८१ निर्णय नं.– ४६९१ ने.का.प. २०५० (क) अङ्क १ संयुक्क्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्बत् २०४७ सालको रिट नं.– १३७० आदेश मिति :– २०५०–१–८–३ निवेदक : तेह्रथुम ईलाका वन कार्यालय म्याङलुङमा कार्यरत ईलाका बन सहायक सुशिल यादव । विरुद्ध विपक्षी : वन विभाग प्रशासन महाशाखा बबरमहल समेत । विषय :– उत्प्रेषण । (१) निवेदकलाई ५ ग्रेड रोक्का गर्ने निर्णय आदेश गर्दा निवेदकलाई लागेको आरोपको उल्लेख गरी कुनै स्पष्टीकरण वा कुनै सोधनी सम्म पनि भएको पाइदैन र सोधनी गर्नु नपर्ने कारणको पनि उल्लेख भएको देखिंदैन । कुनै कर्मचारीलाई सजाय गर्नु पर्दा निजलाई लागेको आरोपको सम्बन्धमा आफ्नो भनाई पेश गरी सफाई दिने मौका दिनुपर्ने बाध्यात्मक कानूनी व्यवस्थाको अलावा प्राकृतिक न्यायको सिद्धान्तको समेत विपरीत निवेदकलाई कुनै सफाई पेश गर्ने मौका समेत प्रदान गरेको देखिदैंन । एकै पटक निजलाई ५ ग्रेड रोक्का गरिएको जानकारी पत्र मात्र प्रदान गरको देखिंदा यसरी नि.से.नि., २०२१ को नियम १०.९ र १०.१० विपरीत निवेदकलाई ग्रेड रोक्का गरिएको भनी दिएको वन विभाग प्रशासन महाशाखाको पत्र उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. २७) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट आदेश न्या. पृथ्वी बहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको रिट निवेदनको तथ्य यस प्रकार छ । २. म निवेदक ईलाका वन कार्यालय कन्चनपुर सप्तरीमा कार्यरत रहँदा फत्तेपुर गा.पं. वडा नं. ८ बस्ने रत्न प्रसाद दहालले बन सिमानाको पिलर उखेली वन फडानी गरी जग्गा आबाद गरेको भत्रे बुझी आएकोले तुरुन्त वास्तविकता बुझी वन अतिक्रमण गरेको भए कारबाही गरी जानकारी पठाउन जिल्ला कार्यालयबाट लेखी आएकोले घटनास्थलमा गई यथासक्य बुझी जाँचबुझ सर्जमिन गरी रायसाथ अविलम्ब पेश गर्नु भनी वन शाखा सप्तरीबाट आदेश प्राप्त हुन आएकोले घटनास्थमा गई सम्पूर्ण कुरा बुझी पेश गर्नु होला भनी मलाई खटाएकोमा त्यहाँ सर्जमिन समेत गरी रत्नप्रसादले खोला पर्ती र केही वनतिर समेत मिची जग्गा आबाद गरेको रायसाथ मैले प्रतिवेदन कंचनपुर ईलाका वन कार्यालयमा पेश गरेको थिएँ । ३. त्यसपछि ईलाका वन संरक्षक रामकृष्ण यादवले अरु कुनै अनुसन्धान नगरी मैले गराएको सर्जमिनमा केही व्यक्तिले मिचेको जग्गालाई करीब १० कठ्ठा भने बमोजिम सोही १० कठ्ठाको विगो कसी रत्नप्रसाद उपर वन संरक्षण विशेष व्यवस्था ऐनको दफा ९ (१) बमोजिमको सजाय गरी पाउँ भनी वन संरक्षण विशेष अदालतमा फिराद प्रस्तुत गरेका थिए । ४. म उपर न मालुमको के उजुरी परी सगरमाथा अञ्चलाधीशको कार्यालयमा मलाई बयान गराउँदा एरिया छुट्याउन सक्ने केही साधन नभएकोले अन्दाजी क्षेत्रफल खुलाएको हुँ भत्रे समेतको बयान गरेको थिएँ । ५. म तेह्रथुममा कार्यरत रहँदा बादी श्री ५ को सरकार प्रतिवादी रत्न प्रसाद भएको जग्गा आवदी मुद्दामा तपाईले पेश गर्नु भएको क्षेत्रफल घटी देखाई गोलमटोल राय दिनुभएकोले तपाईलाई विभागीय कारवाही हुँदा नि.से.नि., २०२१ को परिच्छेद १० को नियम १० ६.५ को कसुरमा नियम १०.१२ अनुसार ५ वर्षसम्म ग्रेड रोक्का गर्ने निर्णय भएको भनी पु.क्षे.वन निर्देशनालय च.न.८२०, ०४८/८/२७ मा जानकारी पाएँ । उक्त सजाय सगरमाथा अञ्चालाधिश कार्यालयको सिफारिसमा विपक्