निर्णय नं. १३६७ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३६७ - जबरजस्ती करणी भाग: २२ साल: २०३७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०३७/०४/१२ ३१९४ निर्णय नं. १३६७ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३५ सालको फौ.विविध नं. ६० फैसला भएको मिति : २०३७।४।१२।५ मा निवेदक : जि. सुनसरी आइतवारे वकलौरी गा.पं.वार्ड नं. ३ बस्ने जि.सुनसरी वकलौरी गा.पं.को प्रधानपञ्च इन्द्रप्रसाद आचार्य विरूद्ध वादी : इद्रिश मियाँको जाहेरीले श्री ५ को सरकार मुद्दा : जबरजस्ती करणी (१) आमा भनी प्रहरीमा बयान गर्ने गोगिया र अदालतमा आई आमा भनी बयान गर्ने सायरा भनेकाको बयान परस्पर नमिल्दो देखिएको र एउटै व्यक्ति हो भन्ने तथ्यसाथ यकीन हुन नआएकोले निजको बयानमा भर गर्न नमिल्ने । (प्रकरण नं. २५) (२) जबरजस्ती करणी भएपछि पनि सँगै सुतेको भनी बयान गरेको समेत देखिन आएकोले यस्तो अवस्थामा जबरजस्ती करणी ठहर्‍याउन न्यायको रोहमा मिल्ने नदेखिने । (प्रकरण नं. २५) निवेदकको तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त श्री ५ को सरकारको तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : श्री ५ महाराजाधिराज सरकारका पाउमा निवेदक इन्द्रप्रसादको हकमा टंकप्रसाद सत्यालले चढाएको बिन्तिपत्र जाहेर हुँदा मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम गरी छिनी दिनु भन्ने समेत मिति ०३५।८।२२ को हुकुम प्रमांगी बक्स भई आएबमोजिम विविधको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य निम्नानुसार छ । २. २०३१।८।१५ गते बेलुका अं.११ बजेको समयमा प्रधानपञ्च इन्द्रप्रसाद आचार्य १, धनबहादुर श्रेष्ठ १ समेत २ जनाले मेरो घरमा आई माछा नदिने छोरीलाई भान्से नपठाउने साले भनी कुटपिट गरी रातभर कोठामा बन्द गरी थुनी राखे मेरी श्रीमती र छोरी ममिनालाई प्रधानपञ्चले बोलाएको छ भनी राजकुमार बाहुन मेरो घरमा आई बोलाएछ छोरी र श्रीमती प्र.पं.को ठाउँमा गएछन् आमालाई डर धाक देखाई घरतिर पठाएछ, छोरी १३ वर्षकी ममिनालाई माथि तल्लाको कोठामा लगी सुताई छोरीलाई जबरजस्ती करणी गरेछ भोलिपल्ट उज्यालो भएपछि छाडी दिएछ थुनामा राखेको कुरा नभन्नु भनी भने ६ वर्ष जेल जालास् भनेपछि राजकुमार लेख्ने प्रधानपञ्च अराउने गरे केही लेखे केही नलेखेका कागजमा सही गराई बिहान ७।८ बजे मलाई छाडी दिएपछि घर जाँदा माथि लेखिएको श्रीमती र छोरी प्रधानपञ्चको घरमा गएको र छोरीलाई जबरजस्ती करणी गरेको समेत कुरा थाहा पाई मौकैमा उजूर गर्नुपर्ने कुरा थाहा नहुँदा पछि मात्र थाहा पाएकोले छोरीलाई लिई उजूर गर्न आएको छु भन्ने समेत इद्रिश मियाँको जाहेरी दरखास्त । ३. ०३१।८।१५ गतेका राति अं.११ बजे मेरा बाबुलाई प्र.पं.र धनबहादुरले पञ्चायततर्फ लगेपछि राजकुमार आई प्र.पं.ले बोलाएको छ भनी मलाई र आमालाई प्र.पं.को डेरामा लगे । आमालाई हकारी घरतिर पठाए मलाई निज प्र.पं.को माथिको ओछ्यानमा लगी दक्षिण सिरान उत्तर गोडा गरी उत्तानो पारी सुताए मेरो सारी पल्टाई नाङ्गो पारी आफू बसी दुवै मेरो खुट्टा निजको तिघ्रा माथि राखी आफू घोप्टो परी मेरो दुवै कुममा समाती निजले आफ्नो लिंग मेरो योनीमा जोडी बलका साथ जबरजस्ती घुसाए मलाई अति पिडा भई सहन नसकी छटपटाउँदा नकरा कराइस् भने तेरो ज्यान लिन्छु तेरो बाबुलाई ६ वर्ष जेल राखी दिन्छु भन्ने डर धाक देखाउँदै निज इन्द्रप्रसादले बायाँ हातले मेरो मुख छोप्दै दायाँ हातले कुम समाती जबरजस्ती करणी गरी मेरो योनीबाट रगत समेत आयो । जबरजस्ती