निर्णय नं. १३६८ - उत्प्रेषणको आदेश जारी गरिपाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३६८ - उत्प्रेषणको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०३७/०४/२१ २१७२ निर्णय नं. १३६८ ने.का.प. २०३७ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३५ सालको रिट नम्बर ७८६ आदेश भएको मिति : २०३७।४।२१।३ मा निवेदक : का.न.पं.वडा साविक ७ हाल वडा नं. २३ ग्वाछे मुगल बस्ने रत्नभक्त मानन्धर विरूद्ध विपक्षी : का.जि.धर्मस्थली गा.पं.वडा नं. ८ धर्मस्थली बस्ने हरिप्रसाद घिमिरे समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं (१) साधारण अधिकारक्षेत्रमा पर्न आई अदालतबाट दर्ता बदर मुद्दामा फैसला गर्दा पनि निवेदकको हक रहने नरहने भन्ने किनारा हुने नै हुनाले नेपालको संविधानको धारा १०,११ को समानताको हक देखाई भू.प्र.का. काठमाडौंबाट गरेको पर्चा बदर गराउन निमित्त परेको निवेदनपत्रमा अदालतमा उजूर गरी अन्य उपचार अवलम्बन गरेको छँदाछँदैमा पर्नआएको यस्तो निवेदनपत्र धारा ७१ अनुसार सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्रभित्र पर्न नआउने हुँदा रिट निवेदन खारेज हुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा आदेश न्या. हेरम्बराज : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. तथ्य यस प्रकार छ : मेरो पिता दिनानाथ कालगतिले परलोक भएको निजको नाउँमा रहेको मौजे धर्मस्थलीको रै.नं. ६४६ र १२५ बाट भिड्ने हाल हुनआएको धर्मस्थली गा.पं.वडा नं. ३(क) कि.नं. ६८ को ७–१४–२ निजको नाम खारेज गरी मेरा नाउँमा नामसारी गरिपाउँ भन्ने विपक्षी हरिप्रसादको निवेदन परेकोमा फिल्डबुक उतार हेर्दा जग्गाधनीमा देवराज मानन्धर लेखिएकोमा निजलाई २ चोटि पत्र पठाई टाँस हुँदा पनि देवराज उपस्थित नभई म्याद गुज्री सकेर मोहीले पनि जग्गाधनी हरिप्रसाद नै हो भनी लेखी दिएको हुँदा मर्नेको नाम खारेज गरी हरिप्रसादको नाममा नामसारी लालपूर्जा दिन मोठ शाखामा बुझाई दिने ठहराई ०२८।९।८ मा विपक्षी भूमिप्रशासन कार्यालय काठमाडौंबाट निर्णय भएको रहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भनी निवेदकले दिएको प्रस्तुत रिट निवेदनपत्रमा बाजे देवराजका नाममा साविक मालमा पोता लगतमा का.मा.रु.४८३ नं. लगतमा दर्ता भएको जग्गा बाजे परलोक भएपछि पिताजीका भागमा परी पिताजीले मलाई छोडपत्र पास गरी दिएकोमा मेरा नाउँमा ९७१ मा दर्ता भएको विर्ता उन्मूलन ऐन बमोजिम रैकरमा परिणत गर्दा मेरा नाउँमा हा.नं. ६२० मा दर्ता भई भोगी आएको थिएँ । नापीमा धर्मस्थली गा.पं.वडा नं. ३(क) को कि.नं. ६८ क्षेत्रफल ७–१४–२ भई नापी हुँदा विपक्षी हरिप्रसादले नै यो जग्गा देवराजको हो भनी नापी गराई पठाएको फिल्डबुकबाट प्रष्टै छ देवराजबाट मेरा नाउँमा दर्ता गरी जग्गाधनी प्रमाण पूर्जा पाउँ भनी भू.प्र.का.काठमाडौंमा दिएको मेरा निवेदनमा कारवाई चलिरहेको छ बालीमा फिराद गर्दा यो जग्गा यसको होइन हरिप्रसादको भन्ने प्रतिवादी दिएको त्यस विषयमा आमा छोरा मिली जालसाजी गरे भनी फिराद दिएको थिएँ सो फिरादमा निर्णय बमोजिम मेरा नाउँमा दावी भएको भनी हरिप्रसादले प्रतिवादी दिएकोमा सो विवाद जग्गाको निर्णय पठाउनु भनी लेख्दा ०२८।९।८ को पर्चा भनी मिसिल पठाएको मिसिलको नक्कल लिँदा हरिप्रसादले मेरा बाबुको जग्गा पिता मरेकोले जग्गाधनी प्रमाणपूर्जा पाउँ भनी दरखास्त पर्ने आमा चाँहि जग्गाधनी छोरा हरिप्रसाद हो भनी सनाखत गर्ने मरी सक