निर्णय नं. १३६९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा जारी गरी हक प्रचलन गराई पाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३६९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा जारी गरी हक प्रचलन गराई पाउं भाग: २२ साल: २०३७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०३७/०५/२० २५३२ निर्णय नं. १३६९ ने.का.प. २०३७ सिंगलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०३७ सालको रि.नं. ९२५ आदेश भएको मिति : २०३७।५।२०।६ मा निवेदक : कोशी अञ्चल जि.सुनसरी ईनरुवा गा.पं.वडा नं. ४ बस्ने साईला उराव समेत विरूद्ध विपक्षी : जि. सुनसरी भू.सु.का.का का.मु.भू.सु.अधिकारी मुकुन्दप्रसाद शर्मा अधिकारी समेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा जारी गरी हक प्रचलन गराई पाउं (१) निवेदकहरूलाई असर परेको विभिन्न निर्णयहरू बदर गराई माग्न छुट्टाछुट्टै रिट निवेदन दिनुपर्नेमा सो बमोजिम नगरी विभिन्न मितिको विभिन्न निर्णयहरू बदर गर्न एउटै रिट निवेदनबाट मिल्ने देखिन नआएकोले प्रस्तुत रिट निवेदन बाट कारवाई गर्न नमिल्ने । (प्रकरण नं. ६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भुराम कार्की आदेश न्या. धनेन्द्रबहादुर सिंह : विपक्ष भूमिसुधार अधिकारीको मिति ०३७।२।१५ र ०३७।३।२६ को निर्णयहरू बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुनआएको प्रस्तुत रिट निवेदनको विवरण निम्न बमोजिम छ : २. तथ्य यस प्रकार छ : कोशी अञ्चल जिल्ला सुनसरी गा.पं.इनरुवा वार्ड नं. ४(ख) कि.नं. २२ को ज.बि.०–४–१६ को ज.ध.राजा श्रेष्ठ, ऐ. गा.पं.वार्ड नं. ४(क) कि.नं. ५८ को ज.बि.२–४–८ ऐ. ४(क) कि.नं. १८ को ज.बि.०–७–६ ऐ. ४(क) कि.नं. २७ को ज.बि.०–८–१ को जग्गाधनी दिलबहादुर श्रेष्ठ ऐ. गा.पं.वडा नं. ४(क) कि.नं. १७ को ज.बि.०–३–२ का ज.ध.दिलबहादुर श्रेष्ठ, ऐ. गा.पं.वडा नं. ४(क) कि.नं. ३८।३९ को ज.बि.३–८–१६ को ज.ध.होमबहादुर श्रेष्ठ, ऐ. गा.पं वडा नं. ४(क) कि.नं. ६० को ज.बि.२–८–३ ऐ. ४(क) कि.नं. २६ को ज.बि.०–१८–४ को ज.ध.दिलबहादुर श्रेष्ठ ऐ. गा.पं.वडा नं. ४(ख) कि.नं. ३५।३६ ज.बि.२–२–७ को ज.ध.किरण श्रेष्ठ, ऐ. गा.पं.वडा नं. ४(ख) कि.नं. ३७–३५ को ज.बि.२–१–२ का ज.ध.किरण श्रेष्ठ ऐ. गा.पं.वार्ड नं. ४(क) कि.नं. ६१ का ज.बि.०–१८–४ कि.नं. ६ को ज.बि.०–७–० ऐ. कि.नं. १२ को ज.बि.०–१–१७ का ज.ध.दिलबहादुर श्रेष्ठ ऐ. गा.पं.वार्ड नं. ४(ख) कि.नं. ३०।३१ ज.बि.१–१२–१५ को ज.ध.किरण श्रेष्ठ ऐ. गा.पं.वार्ड नं ४(क) कि.नं. ५९ को ज.बि.१–८–३ ऐ. कि.नं. १९ को ज.बि.०–१२–० को ज.ध.दिलबहादुर श्रेष्ठ ऐ. गा.पं.वार्ड नं. ४(क) कि.नं. ११ को ज.बि.१–०–३ को ज.ध.दिलबहादुर श्रेष्ठ ऐ. गा.पं.वार्ड नं. ४(क) कि.नं. ४६ को ज.बि.०–१४–० ऐ. कि.नं. ५३ को ज.बि.२–०–१ को ज.ध.दिलबहादुर श्रेष्ठ ऐ. गा.पं.वार्ड नं. ४(क) को कि.नं. ४० को ज.बि.१–७–१३ को ज.ध.होमबहादुर श्रेष्ठ ऐ, गा.पं.वडा नं. ४(ख) कि.नं. २८ र २० को ज.बि.०–११–११ को ज.ध.राजा श्रेष्ठ, ऐ. गा.पं.वार्ड नं ४(ख) कि.नं. २३ को ज.बि.०–४–१६ ऐ. कि.नं. २७ को ज.बि.१–६–१० को ज.ध. राजा श्रेष्ठ ऐ. गा.पं.वार्ड नं. ४(क) कि.नं. ५७ को ज.बि. ०–१४–० ऐ. कि.नं. ६३ को ज.बि.१–७–११ ऐ. कि.नं. १३ को ज.बि.१–४–६ को ज.ध.दिलबहादुर श्रेष्ठ ऐ. गा.पं.वडा नं. ४(ख) कि.नं. २१–२६ को ज.बि.०–११–१२ को ज.ध.राजा श्रेष्ठ ऐ. गा.पं.वार्ड नं. ४(क) कि.नं. ५६ को ज.बि.०–१६–४ ऐ. कि.नं. २० को ज.बि.२–७ को ज.ध.दिलबहादुर श्रेष्ठ समेतको मोहीहरूले ०३५।०३६ सालको बाली नबुझाएकोले कूत दिलाई मोही निष्कासन गरिपाउँ भन्ने छुट्टाछुट्टै वादीहरू परेको वादी दावी बमोजिमको बाली बुझाइसकेका छ । भर्पाई पाएको छैन भन्ने समेत तथा दावी अनुसार तिर्न