निर्णय नं. १३७० - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३७० - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०३७/०४/२१ २६५९ निर्णय नं. १३७० ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको रिट नं. १०६२ आदेश भएको मिति : २०३७।४।२१।३ मा निवेदक : अर्घाखाँची जिल्ला डिभर्ना गा.पं.वार्ड नं. ५ बस्ने वर्ष ३४ को ख.श्यामलाल राना विरूद्ध विपक्षी : जि.पं.सचिवालय सन्धिखर्क अर्घाखाँची समेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं (१) जि.पं.ऐन, ०३१ को दफा (२) ले जि.पं.ले भर्ना गर्न पाउने देखि बाहेक श्री ५ को सरकार गृ.पं.मन्त्रालयका निर्णयानुसार नियुक्ति सेवा परिवर्तन तथा बढुवा समेत गर्दैआएको कर्मचारी उपर उक्त ऐनको दफा २ ले नियुक्ति बढुवा तथा बर्खासी गर्ने अधिकार प्रदान गरेको देखिन आउँदैन ऐनले प्रदान नगरेको अधिकार प्रयोग गरी जि.पं.सभापतिले अवकाश दिने गरी गरेको निर्णय र सो उपर निवेदकले गरेको पुनरावेदनमा उक्त निर्णय सदर गर्ने गरी गरेको जि.पं.बैठकको निर्णय गैरकानुनी तथा अनधिकृत देखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली आदेश न्या. त्रैलोक्यराज अर्याल : नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी विपक्षी जि.पं.सभापतिको मिति ०३४।१०।११ को निर्णय बदर गरिपाउँ भनी ०३५।१०।११।५ मा रिट निवेदन दर्ता भई निर्णयार्थ यस बेञ्चमा प्रस्तुत हुनआएको रहेछ । २. निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ : श्री ५ को सरकार पञ्चायत मन्त्रालय पञ्चायत विकास विभागको ०१९।१२।१ को निर्णयबाट म पञ्चायत विकास केन्द्र अर्घाखाँचीमा पञ्चायत कार्यकर्ताको पदमा नियुक्त भएको हुँ तत्पश्चात नेपाल लोकसेवा आयोग बढुवा समितिबाट भएको निर्णयानुसार ०२६।४।२२ को गृ.पं.मं.का दरबन्दी आदेश बमोजिम जि.पं.का स.लेखापाल (अस्थायी विकासतर्फ) को पदमा बढुवा गरिए गृ.पं.मं. को ०३४।१०।६ को पत्रानुसार के विकासबाट साधारणतर्फ स्थायी जि.का.सीमा प्रशासन नवलपरासी शाखाको रिक्त खरिदार पदमा नियुक्त गरिएँ । १५ वर्षको अवछिन्न सेवाकालमा रहेको पदमा इमान्दारी र दक्षताका साथ काम गर्दै आइरहेकोमा जि.पं.अर्घाखाँचीका जि.पं.सभापति रामप्रसाद घिमिरेले दस्तखत गर्नुभएको ०३४।३।२ को पत्रमा मलाई भ्रष्टाचार गर्ने आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगर्ने अनुशासनमा नरही बराबर गाँजा सेवन गरी अनियन्त्रित रहने आदि आरोपहरू लगाई जि.पं.ऐन, २०१९ को दफा ३१(२) तथा जि.पं.नियमावली, २०२० को नियम ३८ र नि.से.नि.२०२१ बमोजिम विभागीय सजाय गर्ने क्रममा मसँग स्पष्टीकरण मागियो र उल्लिखित आरोपहरूको प्रतिवाद गरी स्पष्टीकरण पेश समेत गरेको थिएँ ०३४।१०।११ मा मलाई स.लेखापाल पदबाट भविष्यमा सरकारी नोकरी निमित्त अयोग्य नठहरिने गरी अवकाश दिने निर्णयको जानकारी पञ्चायत विकास अधिकारीले दिनु भएपछि ३५ दिनभित्र जि.पं.मा पुनरावेदन गर्दा विपक्षी सभापतिको निर्णय सदर गरी पुनरावेदन निर्णय भयो । ३. रिट निवेदनको जिकिर म निवेदक श्री ५ को सरकारको गृह पञ्चायत मन्त्रालयद्वारा नियुक्त गरिएको निजामती सेवा ऐन तथा नियमावली अन्तर्गतको कर्मचारी हुँ । यस सेवाका कर्मचारीमाथि विभागीय कारवाही र किनारा गर्नु पाउने अधिकार निजामती सेवा ऐन, २०१३ तथा निजामती सेवा नियमावली, २०२१ मा व्यवस्था गरे अनुसार मलाई नियुक्त गर्ने अधिकारी