निर्णय नं. १३७१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३७१ - उत्प्रेषण भाग: २२ साल: २०३७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०३७/०४/०६ २०९८ निर्णय नं. १३७१ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको रिट नं. ९४० आदेश भएको मिति : २०३७।४।६।२ मा निवेदक : जिल्ला झापा चारआली गा.पं.वडा नं. १ घर भई हाल का.न.पं.ठमेल क्यावाबहालमा डेरा गरी बस्ने खगेन्द्रप्रसाद प्रसाई विरूद्ध विपक्षी : कृष्णचन्द्र कुँवर, सहायक अञ्चलाधिश मेची अञ्चलाधिश कार्यालय ईलाम विषय : उत्प्रेषण (१) मेची अञ्चलका सहायक अञ्चलाधिशले निवेदकलाई बागमती अञ्चलभित्र मात्र बस्नु भनी आदेश गरेकोमा आफ्नो क्षेत्र बाहिर लागू हुने गरी गरेको उक्त आदेशमा राजपत्रमा प्रकाशित सूचनाको अनुकूल नदेखिएकोले अधिकार अतिक्रमण गरी गरेको उक्त आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय आदेश न्या. हेरम्बराज : मिति ०३६।६।५ मा विपक्षी सहायक अञ्चलाधिशले दिएको स्थान हदको पूर्ति बदर गराई पाउँ भनी प्रस्तुत रिटनिवेदन नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्नआएको रहेछ । २. मुद्दाको संक्षिप्त तथ्य र निवेदन जिकिर यसप्रकार छ : मिति ०३६।६।५ मा मलाई विपक्षी सहायक अञ्चलाधिशले एउटा स्थान हद गरी पूर्जि गरी दिनुभयो सो पूर्जिमा सार्वजनिक सुरक्षा ऐन, २०१८ को ३(१)घ को कुरामा विरोध पर्न जाने कामबाट तपाईलाई रोक्न जरुरी सम्झिएकोले सो ऐनको दफा १२ बमोजिम श्री ५ को सरकारबाट मिति २०२८।३।७ गतेको नेपाल राजपत्र भाग ३ मा प्रकाशित सूचनाद्वारा प्रदान गरिएको अधिकार बमोजिम सोही ऐनको दफा ३(२) ख ले दिएको अधिकार प्रयोग गरी अर्को आदेश नभएसम्म तपाई मेची अञ्चल झापा जिल्ला चारआली गा.पं.वडा नं. १ बस्ने खगेन्द्रप्रसाद प्रसाईलाई सोही ऐनको दफा ३(२) ग बमोजिम बागमती अञ्चलभित्र मात्र बस्नु भनी आदेश गर्दछु भनी लेख्नुभएको रहेछ । ३. सो गैरकानुनी आदेशले मलाई नेपाली नागरिकको हैसियतले नेपालको संविधानको धारा ११ को उपधारा २ को घ द्वारा प्रदत्त मौलिक अधिकार कुण्ठित हुनगएको छ । कानुनद्वारा निषेधित कृया मबाट नघटेसम्म प्राप्त अधिकारबाट मलाई वञ्चित गर्न पाउने अधिकार कसैलाई छैन र प्रस्तुत विवादमा बागमती अञ्चलभित्र मात्र बस्नु भनी आदेश गर्न पाउने अधिकारी सहायक अञ्चलाधिश होइन ०२८।३।७ को राजपत्रमा सहायक अञ्चलाधिशलाई केवल अञ्चलभित्र नबस्नु भनी मात्र आदेश गर्न पाउने अधिकार प्रत्यायोजन गरेको छ । बागमती अञ्चलभित्र मात्र बस्नु भनी आदेश गर्न पाउने अधिकार सहायक अञ्चलाधिशलाई छैन । व्यक्तिगत स्वतन्त्रता अपहरण गर्ने जस्तो कुरामा विपक्षीले आफ्नो अधिकारको प्रयोग गर्दा आफ्ना निहीत अधिकारको सीमाभित्र रहनुपर्ने निर्विवाद छ अधिकारको उल्लंघन सर्वथा वर्जित छ । मलाई बागमती अञ्चलभित्र बस्नु भनी आदेश गर्ने अधिकार विहिन सहायक अञ्चलाधिशले सो आदेशको औचित्यता प्रमाणित गर्नु पर्दछ र कुन कृया मबाट घटित हुने संभावनालाई रोक्न यस्तो आदेश गर्नु परेको हो त्यस्तो पूर्वावस्था तथा कारण देखाइनुपर्ने अनिवार्यतालाई स.अ.ले प्रतिपादन गरेको सिद्धान्तहरूले पनि पुष्टी गरेको छ । सहायक अञ्चलाधिशले सम्बन्धित अञ्चलभित्र नबस्नु भनी सीमा निर्धारणको आदेश गर्न पाउनेसम्म अधिकार ऐनले दिएकोमा बा.अं.भित्र मात्र बस्नु भनी दिएको आदेश शा.सु.ऐन, २०१८ को दफा ३(२) ख.को विपरीत छ भन्ने समेतको निवेदन