निर्णय नं. १३७३ - लिखत पास
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३७३ - लिखत पास भाग: २२ साल: २०३७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०३७/०५/०६ २३५२ निर्णय नं. १३७३ ने.का.प. २०३७ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको दे.फु.नं. ३७।४८ फैसला भएको मिति : २०३७।५।६।६ मा निवेदक : का.न.पं. वा.नं. २ लाजिम्पाट बोलागाल बस्ने गणेशबहादुर सोपु श्रेष्ठ समेत विरूद्ध विपक्षी : भ.पु.जि.ठिमी बालकुमारी गा.पं.साउने टोल बस्ने क्षेत्रकुमार सोपु श्रेष्ठ मुद्दा : लिखित पास (१) लिखत पारित गरी लिने समूहभित्र परेकोलाई पनि उक्त ऐनले सुविधा दिन मिल्ने गरी हकदार उपस्थित भई लिखत गरी दिएको होइन भन्ने उजूर गर्दागर्दै रजिष्ट्रेशन पास गर्नसक्ने देखिन्न भनी ठहर गरेको डिभिजन बेञ्चको मिलेन बकसपत्र पारित हुने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. १९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : हुकुम प्रमांगीबाट दोहरिई यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त रीपोर्ट निम्न बमोजिम छ । २. पुनकुमार सोपु श्रेष्ठले हामीहरूका नाउँमा मिति ०२७।३।६ गते हालै देखिको खान व्यहोर्न पाउने गरी बकसपत्र लेखी दिनुभएको उक्त बकसपत्र लेखी दिने व्यक्ति अचानक आफ्नो कालगतिले ०२७।३।२४ गतेका दिन परलोक हुनुभएकोले कानुन बमोजिम दिन ३५ भित्र निवेदन प्रस्तुत गरेको छु निम्न लेखिएका बाहेक अरू हकदैया लाग्ने कोही नभएको हुँदा उक्त बकसपत्र पास गरिपाउँ भन्ने समेत सोपु श्रेष्ठ जगतमान १, सानु सोपु श्रेष्ठ १, गणेशबहादुर सोपु श्रेष्ठ १, जगतबहादुर सोपु श्रेष्ठ १, कान्छा सोपु श्रेष्ठ १ समेतको ०२७।४।२७ को निवेदन । ३. रजिष्ट्रेशनको ९ नं. बमोजिम १५ दिने सूचना टाँस गरिएको छ निज पुनकुमारको हकवाला भए आफ्नो सबूत प्रमाण साथ उपस्थित हुनु भन्ने काठमाडौं भूमिप्रशासन कार्यालयको ०२७।५।१४ को सूचना† बालकुमारी पञ्चायत ठिमीमा समेत ०२७।५।२१।१ मा टाँस भएको मुचुल्का। ४. पुनकुमार सोपुको म नजिकको हकदार कोही नहुँदा निज पुनकुमारको हक निज परलोक भई अपुतालीबाट मेरो एकलौटी हक हुनआएको घर जग्गा दरखास्तवाला जगतमान समेतले खिचोला गरेमा खिचोला मेटाई पाउँ भन्ने भ.पु.जि.अ.मा ०२७।५।११।५ मा नालेश दायर गरेको पर्चाको नक्कल पेश गरेको छु परलोक हुने पुनकुमारले जगतमान समेतलाई हालै देखिको बकसपत्र गरिदिएको थाहाजनक नहुँदा बकसपत्र पास हुन नपाओस् भन्ने ०२७।५।३० को छत्रकुमार सोपु श्रेष्ठको वारेस एमन रहसनको उजूरी निवेदन । ५. पुनकुमार सोपु श्रेष्ठको निजले भाइ भतिजा जवान ६ लाई ०२७।३।१६ मा हालै देखिको बकसपत्र लेखी निज २०२७।३।२४ मा परलोक भएको हो त्यसमा म समेत साक्षी बसी आएको हुँ भन्ने प्रेमबहादुर श्रेष्ठको र सोही मिलानको विकुबहादुर श्रेष्ठ १, कृष्णबहादुर सोपु श्रेष्ठ १, सुईकुमार श्रेष्ठ १, गोविन्दलाल श्रेष्ठ १ समेतको बकपत्र र कागज । ६. पक्ष विपक्ष दुवैलाई पुस्तावरी खुलाउन लगाई पेश गर्नु भन्ने भूमिप्रशासन कार्यालय काठमाडौंको ०३०।११।२२ को आदेश । ७. पुनकुमार सोपु १, लक्ष्मीनारायण सोपु १, लक्ष्मीलाल सोपु १ समेत जवान ३ का नाउँमा भूमिसुधार कार्यालय भक्तपुरमा दर्ता भएको दर्तावाला ३ जना परलोक भइसकेको सो दर्ता मध्ये मेरो बाबु नारी लक्ष्मी नारी हुन् पुनकुमार मेरा काका हुन लक्ष्मीलाल दाजुभाइ ह