निर्णय नं. १३७४ - उत्प्रेषणको आदेश जारी गरिपाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३७४ - उत्प्रेषणको आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०३७/०५/३१ २४६८ निर्णय नं. १३७४ ने.का.प. २०३७ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको रि.फु.नं. ३६ आदेश भएको मिति : २०३७।५।३१।३ मा निवेदक : भ.पु.न.पं. वार्ड नं. १० बेसिटोल बस्ने कान्छा बासुकला विरूद्ध विपक्षी : जिल्ला शिक्षा अधिकारी जिल्ला कार्यालय शिक्षा शाखा काभे्रपलाञ्चोक समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं (१) शिक्षा नियमावली, २०२८ को नियम ४७ मा उचित र पर्याप्त कारण भएमा विद्यालयका शिक्षक तथा कर्मचारीलाई देहायको विभागीय सजाय गर्नसकिने छ भन्ने र देहायको खण्ड (घ) मा जिल्ला शिक्षा सेवा आयोगको परामर्श लिई नोकरीबाट बर्खास्त गर्ने भन्ने उल्लेख भएकोबाट सो कानुनी व्यवस्था अनुसार विद्यालयको शिक्षकलाई नोकरीबाट बर्खास्त गर्नुपर्दा जिल्ला शिक्षा सेवा आयोगको परामर्श लिई मात्र नोकरीबाट बर्खास्त गर्नसक्ने देखिने । (प्रकरण नं. ११) (२) शिक्षा अधिकारीले परामर्श माग गरेको बिना जिल्ला शिक्षा सेवा आयोगले निवेदकलाई अवकाश दिने गरेको त्रुटिपूर्ण निर्णयको आधार लिई निवेदकलाई शिक्षक पदबाट अवकाश दिने गरेको विपक्षी जिल्ला शिक्षा अधिकारीको निर्णय उपरोक्त शिक्षा नियमावली, २०२८ को नियम ४७ खण्ड (घ) को प्रतिकूल भएकोले कानुनको दृष्टिमा त्रुटिपूर्ण निर्णय देखिने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री ईन्द्रराज पाण्डे आदेश प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्याई पाउँ भनी निवेदक कान्छा बासुकलाले दिएको निवेदनमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार मुद्दा दोहर्याई दिनु भन्ने बक्स भइआएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २ तथ्य यस प्रकार छ : निवेदक ०२९ साल फाल्गुण २६ गते देखि काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत विभिन्न निम्नमाध्यमिक विद्यालयहरूमा प्र.अ.समेत अध्ययन कार्य गरिरहेकोमा काभ्रेपलाञ्चोक जिल्ला प्र.जि.अ.ले निर्दोष शिक्षकलाई ०३३।५।३० देखि ०३४।१।१४ गते तक सार्वजनिक शान्ति सुरक्षा ऐन अन्तर्गत थुनामा राखेको र शिक्षा सेवा आयोग काभ्रेपलाञ्चोकको ०३३।१०।२७ को निर्णय अनुसार यस जिल्लाको कुनै पनि शिक्षक संस्थानको शिक्षक पेशामा राख्न मनासिव नभएको हुँदा श्री गणेश भारती नि.मा.वि.को शिक्षक पदबाट अवकाश दिएको र सो उपर पुनरावेदन गर्दा आयोगको निर्णय मनासिव छ भनी श्री ५ को सरकार जिल्ला कार्यालय शिक्षा शाखा काभ्रेपलाञ्चोकबाट जानकारी दिएको भन्ने समेत निवेदनमा उल्लेख गरेको रहेछ । ३. उपयुक्त निर्णय बदर गरिपाउँ भनी प्रस्तुत रिट निवेदनपत्रमा लिएको मुख्य जिकिर यस प्रकार छ । लगाइएको आरोप के कति सबूत र प्रमाणको आधारमा समर्थित भएको त्यसको कुनै अभिलेख निवेदकलाई प्राप्त गराइएको नहुँदा प्रतिवाद गर्नै असमर्थ छु । सेवाबाट अवकाश दिने र सो क्रियालाई समर्थन गर्ने पुनरावेदन निकायले के कति अपराध तत्त्वको प्राप्ततामा सजाय निवेदक माथि निरोपित गरेको हो, त्यो अवकाशपत्रमा छैन साथै पुनरावेदनको पनि उल्लेख छैन आरोपित कसूर विशिष्ट रूपको छैन । जसबाट सजाय गर्न उपयुक्त दुबै निकायहरूको पुष्टि हुन्छ स्वेच्छाचारी आदेश जारी गर्न अध