निर्णय नं. १३७५ - अंश जग्गा दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १३७५ - अंश जग्गा दर्ता भाग: २२ साल: २०३७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०३७/०५/०२ २६०९ निर्णय नं. १३७५ ने.का.प. २०३७ डिभिजन बेञ्च सम्मानीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३७ सालको देवानी विविध नं. ४९ फैसला भएको मिति : २०३७।५।२।२ मा निवेदक : जि.सि.गा.पं. पोरताहा वार्ड नं. ३ मौजे खरिहानी बस्ने रघुनाथ यादवसमेत विरूद्ध विपक्षी : जि.सि.मौजे खरिहानी ऐ. ऐ. गा.पं. बस्ने लडुवती यादवनी मुद्दा : अंश जग्गा दर्ता (१) अंश हकको जग्गा वादी प्रतिवादीका नाउँमा अलग–अलग दर्ता रही आ–आफ्नो भाग भोगी आएको भएपछि, वादीले कानुनले नै अंशमा दावा लिन नपाउने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : हुकुम प्रमांगीबाट दोहरिई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिमको छ । २. मूल पुर्खा फेकनको २ छोरा मध्ये जेठा रामी र कान्छा ऐठहवा रामीको छोरा विलट, विलटको छोरा हितलाल, र हितलालकी श्रीमती म फिरादी हुँ । ऐठहुको छोरा सगम र सगमको छोरा विपक्षहरू हुन विपक्षहरू र म फिरादी ४ पुस्ता टाढाका हौं तापनि रामीको मृत्यु भएको हुनाले देवर जेठाज्यू ऐठसँग विवाह गरी विलट र सगम एउटै आमाबाट जन्मेका हुन् । पति हीतलाल छउन्जेल सबै सँगोलमा थियो, निजको मृत्युपछि ०२४ सालमा मंसीर १ गते देखि मानो छुट्टिई बेगल बसेका छौं चल अचल श्रीसम्पती भागबण्डा गरी नदिएकाले २ भागको १ भाग दिलाई दर्ता समेत गराई पाउँ भन्ने समेत लडुवती यादवनीको फिरादपत्र रहेछ । ३. १९७५ सालमै विपक्षीका ससुरा रामी र हाम्रा बाजे ऐठहुँ छुट्टिई बेगल भई बसेका हुन् विपक्षको दावाअनुसार हामीले अंश दिनुपर्ने होइन भन्नेसमेत प्रत्युत्तरपत्र रहेछ । ४. दावी प्रतिवादीहरूका बीच अंशबण्डा भई बसेको भन्ने कुरा प्रतिवादीबाट पेश दाखिल भएको १ र ७ नं. फाराम समेतबाट देखिएको र जग्गा पनि वादी प्रतिवादीको नाउँमा छुट्टाछुट्टै दर्ता भएको समेत देखिएकोले प्रतिवादी उपर अंश दिलाई पाउँ भन्ने दावा पुग्न नसक्ने ठहर्छ भन्ने समेत सिराहा जिल्ला अदालतको फैसला रहेछ । ५. सिराहा जिल्ला अदालतको इन्साफमा चित्त बुझेन अंश दिलाई पाउँ भन्ने लडुवती यादवनीको पुनरावेदन पत्र रहेछ । ६. अ.बं.२०२ नं. बमोजिम विपक्षी झिकाउने भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको र प्रतिवादीबाट तायदाती लिनु भन्ने डिभिजन बेञ्चको आदेश रहेछ । ७. विपक्षी प्रतिवादीको जिकिर अनुसार पुनरावेदक अघि नै बण्डा लिई छुट्टिइसकेको भए सो को कानुनी रीत पुगेको लिखत अथवा प्रमाण अनिवार्य रूपले पेश गर्नसक्ने पर्ने थियो, सो देखिन आएन, परिवारका सदस्यहरूमा, जग्गा बेगल–बेगल दर्ता भएको कारणले मात्र अंशबण्डा भइसकेको भनी शुरूले दावी नपुग्ने ठहराएको कानुनसंगत भएन, कारण जग्गा अलग भएको कारणले मात्र छुट्टिई भिन्न भएको ठहर्याउन कानुनले नै नमिल्ने हुँदा पुनरावेदक वादीले दाखिल भएको तायदातीबाट आधा अंश पाउने ठहर्छ भन्ने समेत ०३३।९।५।१ गतेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला रहेछ । ८. सो उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत रासलाल यादवको निवेदन परेकोमा कानुन बमोजिम गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३४।९।२६।३ को आदेश रहेछ । ९. सो उपर इन्साफ जाँच गरिपाउँ भनी निवेदक प्रतिवादी रासलाल समेतले श्री ५ महाराजाधिराजका हजूरमा विशेष जाहेरी वि