निर्णय नं. ८९१४ - अायकर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९१४ - अायकर भाग: ५४ साल: २०६९ महिना: फागुन अंक: ११ फैसला मिति :२०६९/०७/२६ ४९९१ ने.का.प. २०६९, अङ्क ११ निर्णय नं. ८९१४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६६ सालको २०६६–CR–००२८ फैसला मितिः २०६९।७।२६।१ मुद्दाः आयकर (आ.व. २०५७/०५८) । पुनरावेदक वादीः ठूला करदाता कार्यालय हरिहरभवन ललितपुरका तर्फबाट ऐ. का प्रमुख कर प्रशासक खुमराज पुञ्जाली विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ११ स्थित प्राईम इन्टरनेशनल प्रा.लि. को तर्फबाट अख्तियारप्राप्त प्रवन्ध सञ्चालक मदनकृष्ण श्रेष्ठ शुरु फैसला गर्नेः कर अधिकृतः श्री रामकुमार श्रेष्ठ राजस्व न्यायाधिकरण फैसला गर्नेः मा.न्या.अध्यक्ष श्री केशरीराज पण्डित लेखा सदस्य श्री भगिराज इङ्गनाम § कर्मचारीहरूले मासिक रूपमा भुक्तानी पाउने पारिश्रमिक रकम आयकर ऐनबमोजिम छूट पाउने सीमा (Ceiling) भन्दा बढी हुन गएमा स्वतः त्यस्तो पारिश्रमिकमा पनि कर लाग्ने भएकोले कम्पनीले आवश्यकताअनुसार आफ्ना कर्मचारीहरूलाई तलवी भरपाईमा लेखी पारिश्रमिकको रूपमा विभिन्न किसिमका सुविधा दिनसक्ने । (प्रकरण नं.४) § आफूले तिर्ने व्याज आयबाट कट्टा गर्न दावी गर्ने पक्षले आफूले उठाउनु पर्ने उधारो कारोवारमा पनि बाँकी रहेको रकमको त्यही अनुपातमा व्याज असूलउपर गरी आयमा देखाउनु वाञ्छनिय हुने । § तिर्नुपर्ने रकमको ब्याज तिरेको भनी आयबाट कट्टा गर्ने, तर लिनुपर्ने रकम लामो समयसम्म असूल नगरी प्रतिफल प्राप्त नगर्ने कार्यबाट आयकर ऐन, २०३१ को दफा १२(ग) को कानूनी व्यवस्थाको दुरूपयोग गरेको देखिनुका साथै कर दायित्व कम गर्ने वा कर दायित्व छल्ने संयन्त्रको रूपमा सो दफाको व्यवस्था प्रयोग गरेको देखिने । § कुनै आय वर्षमा प्राप्त हुनुपर्ने रकम प्राप्त भई नसकेको भएपनि त्यसै बर्षको आयमा समावेश गरिने भएकोले भुक्तानी प्राप्त गर्ने अधिकार सिर्जना भएपछि भुक्तानी प्राप्त नभएतापनि भुक्तानी प्राप्त गरेको मानी आय गणनामा समावेश गर्नुपर्ने । (प्रकरण नं.७) पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता महेशकुमार थापा प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता महेश थापा अवलम्बित नजीरः सम्बद्ध कानूनः § आयकर ऐन, २०३१ को दफा ७, १२, १२(ग), (ङ), (ट) फैसला न्या.दामोदरप्रसाद शर्माः राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८(ग) बमोजिम अनुमती प्रदान भई पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः– करदाता प्राईम इन्टरनेशनल प्रा.लि. ले आ.व. २०५७/०५८ को कारोवारमा खुद नोक्सानी रु.२१,६४,२८२।७९ देखाई मिति २०५८।९।२६ मा आन्तरिक राजस्व कार्यालय काठमाडौं क्षेत्र नं. १ मा आय विवरण पेश गरेको । दाखिल भएको आ.व. २०५७।०५८ को आय विवरणको जाँचबुझको प्रयोजनको लागि आवश्यक कागजात वा विवरण लिई १५ दिनभित्र यस कार्यालयमा उपस्थित हुनु होला भनी ऐनको दफा ४५ अनुसार मिति २०५९।१।१२ मा ठूला करदाता कार्यालयबाट करदातालाई सूचना जारी भएको । त्यस प्रा.लि. बाट पेश भएको आ.व. २०५७।०५८ को स्वयंकर निर्धारण आय विवरणको विस्तृत छानबीन गरी ऐनको दफा ३३क(२) बमोजिम १४,९२,१२६।२३ खुद आय कायम गरी अन्तिम कर निर्धारण गर्नुपर्ने भएकोले सो गर्नु नपर्ने कुनै ठोस सबूद प्रमाण भए ७ दिनभित्र पेश गर्नुहोला भनी ऐनको दफा ३३(४) बमोजिम पुनरावेदक ठूला करदाता कार्यालयबाट करदातालाई मिति २०६२।२।१३ मा सूचना जा