निर्णय नं. १३७६ - उत्प्रेषण, परमादेशको आदेश जारी गरिपाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३७६ - उत्प्रेषण, परमादेशको आदेश जारी गरिपाउं भाग: १३७६ साल: २०३७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०३७/०५/०५ २६३७ निर्णय नं. १३७६ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३६ सालको रिट नम्बर १०४१ आदेश भएको मिति : २०३७।५।५।५ मा निवेदक : का.जि. डाँछी गा.पं.वडा नं. २ ब्रम्हखेल बस्ने कर्मचारी संचयकोषका प्रमुख सहायक यदुराज थापा विरूद्ध विपक्षी : सञ्चालक समिति कर्मचारी संचयकोष सुन्धारा काठमाडौं समेत विषय : उत्प्रेषण, परमादेशको आदेश जारी गरिपाउं (१) अधिकार प्राप्त अधिकारीले आफूलाई नियमले तोकेको अधिकारक्षेत्रमा रही भए गरेको निर्णय कानुन बमोजिम नै भएको देखिएबाट निवेदकका माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री पद्ममराज काफ्ले आदेश न्या. हेरम्बराज : नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति २०३६।९।४।४ मा दर्ता हुनआएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारका रहेछन् । २. निवेदकलाई मिति ०३३।७।१ का दिन हाजिर भई दिनको १२, १ बजे कार्यालय छोडी गएको सो दिन नफर्की भोलिपल्ट देखि कोषको स्वीकृति बेगर कार्यालयमा अनुपस्थित रही क.सं.कोष सेवा नियमावली, २०२६ को नियमहरू उल्लंघन गरी अनुशासनहिन काम गर्नुभएको सिलसिलामा तपाईले पेश गर्नुभएको प्रष्टिकरणहरू पनि सन्तोषजनक नभएको र तपाईले अनुशासनहिन काम गरी आचरण सम्बन्धी नियमहरू उल्लंघन गर्नाको साथै आफ्नो काम कर्तव्य प्रति पनि लापरवाही गर्नुभएको प्रष्ट देखिएबाट उक्त कर्मचारी संचयकोष सेवा नियमावली, २०२६ को नियम ५२ बमोजिम तपाईलाई सहायक पदमा किन नओराल्ने भन्ने मिति ०३६।३।२८ मा १५ दिनको म्यादसहितको पत्र र त्यसपछि निवेदकलाई सोही पत्रानुसारको लिखत प्रतिवाद व्यहोरा सन्तोषजनक नभएबाट उक्त नियमावलीको नियम ५२ बमोजिम तपाईलाई कोषको प्रमुख सहायकको पदबाट आजैको मिति देखि लागू हुने गरी कोषको सहायक स्तर द्वितीय श्रेणीको सहायक पदमा ओरालिएको छ भन्ने समेत व्यहोराको मिति २०३६।५।४ को कर्मचारी संचयकोषका अध्यक्ष तथा प्रशासकद्वारा पत्र दिइएको रहेछ, सो उपर पुनरावेदन परेकोमा सञ्चालक समितिबाट उक्त निर्णय सदर गर्ने गरी भएको निर्णय समेत बदर गराई माग्न प्रस्तुत रिट निवेदन पर्न आएको छ । ३. रिट निवेदन सम्बन्धी संक्षिप्त जिकिर यस प्रकारको छ विदा स्वीकृत भएको भन्ने मलाई लेखिएको पत्रमा नै उल्लेख भएको छ बिदा स्वीकृत भएपछि मलाई सजाय गर्न मिल्दैन भन्ने कुरा नियमावलीको नियम १७ बाट प्रष्ट देखिन्छ र नियम विरूद्ध सजाय गरेको छ । कर्मचारी संचयकोष, कर्मचारी संचयकोष ऐन, ०१९ अन्तर्गत स्थापित श्री ५ को सरकारको पूर्ण स्वामित्व र नियन्त्रणमा भएको संस्था हो त्यस्तो संस्था वा संगठनको कर्मचारीको सेवा शर्त सम्बन्धी नियम र पदमा नियुक्ति बढुवा र विभागीय कारवाही गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्तको विषयमा लोकसेवा आयोगको परामर्श लिनुपर्ने सो लिएको समेत छैन यसबाट नेपालको संविधानको धारा ७८(३) को प्रतिकूल समेत गरेको छ । नियमावलीको नियम ५७ को विरूद्ध गरी निर्णय आदेश पर्चा विना नै मलाई सजाय गरेको र नियम ५२ बमोजिम भनी तल्लो पदमा ओरालिएको छ उक्त पत्रमा नियमावलीको कुन नम्बर अन्तर्गतको अपराध हो कुनै उल्लेख छैन मलाई स्पष्टीकरण माग गरिएको पत्रमा भन्दा बढी नि