निर्णय नं. १३७७ - उत्प्रेषणको वा उपयुक्त आदेश जारी गरिपाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३७७ - उत्प्रेषणको वा उपयुक्त आदेश जारी गरिपाउं भाग: २२ साल: २०३७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०३७/०५/३१ २४२६ निर्णय नं. १३७७ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३६ सालको रिट नम्बर ९८६ आदेश भएको मिति : २०३७।५।३१।३ मा निवेदक : सि.पा.जि. चौतारा गा.पं.वडा नं. १ बस्ने तिलकबहादुर दमाई विरूद्ध विपक्षी : श्री जिल्ला कार्यालय सिन्धुपाल्चोक समेत विषय : उत्प्रेषणको वा उपयुक्त आदेश जारी गरिपाउं (१) दुई वर्ष पाँच महीना भन्दा बढी अवधि नाघिसकेपछि ढिलो गरी रिट निवेदन दिनुपर्ने मनासिव कारण निवेदकले उल्लेख गर्न समेत नसकेको हुँदा रिट निवेदन विलम्बको आधारमा खारेज हुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री भक्तबहादुर श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित र विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुनआएको प्रस्तुत रिट निवेदनको विवरण निम्न बमोजिम छ : २. सिं.पा.जि.अ.बाट ०३२।३।१७ मा र सिं.पा.मालबाट ०३३।५।४ मा पास भएको चन्द्रप्रसादबाट लिएको राजीनामाले भोग गरी आएकोमा मलाई ०३४।३।४ गते विपक्षी जिल्ला कार्यालयले पक्री लगेकोमा २७ नं. माटो ।४।१।७ को घलेखेतबाट मलाई छलबल गरी निकाल्न लाग्यो भनी वेदमायाले निवेदन गरेकोले म निवेदकलाई थुनामा राखी सबै कागज लिएर कतिपय कागजहरूमा म नपढेकालाई औंलाका सहिछाप गराई माल कार्यालयमा लगी सही गराई जिल्ला कार्यालयले थुनामा नै राखी ०३४।४।३ गते मात्र छोडी दिए कागजको नक्कल पाउँ भनी बराबर माग्दा नदिएको र पछि मबाट हकसफा गराएको ०३४।३।७ पारित भएको भनी कागज थान ३ र प्रेमप्रसाद वेदमाया आगे भएको थैली नदिएको ०३४।४।५ को भर्पाई थान २ को अलावा बेदमायाले जिल्ला कार्यालयमा दिएको, गराइएको ०३४।३।३ को निवेदन र ऐ. ८ गतेको मिति उल्लेख भएको संयुक्त निवेदन समेतको प्रतिलिपि ०३६।७।१८ गते मात्र पाएँ भन्ने समेत व्यहोरा रिट निवेदनमा उल्लेख भएको । ३. रिट निवेदन जिकिर : चन्द्रप्रसादबाट मैले लिएको जग्गा १० महीना पछि मलाई थुनामा राखी हकसफा गरेको भन्ने ०३०।७।२० गते नक्कल लिँदा थाहा हुन आयो यसरी हकसफा गराउने कानुनी म्याद खिलाफ गरी बेदमाया मबाट प्रेमप्रसाद बेदमायाले पाउने गरेको संवैधानिक एवं कानुनी अधिकारको अपहरण भएको प्रष्ट छ यसरी मेरो इच्छा विरूद्ध अदालतको कार्यक्षेत्र ग्रहण गरी मेरो सम्पत्ति बेदमाया प्रेमप्रसादलाई दिलाएको संविधानद्वारा प्रदत्त मौलिक हक कर्तव्य हनन् गरी कानुन प्रतिकूल र मेरो इच्छा विरूद्ध खडा गरेको कारवाईद्वारा अपहरण गरिएको अचल सम्पत्तिमा कारवाहीहरू बदर गरी हक प्रचलन गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाउनु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३६।८।१९ को आदेश । ५. निजलाई थुनामा राखेको छैन निजले नक्कल मागेको छैन । संयुक्त निवेदन घरसारमा मिलापत्र गरेकाले निवेदन तामेलीमा राखेको हो, झुठ्ठा कुरा अपनाई दिएको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत जिल्ला कार्यालय सिन्धुपाल्चोकको लिखितजवाफ । ६. कुन निर्णय वा आदेश वा कारवाही बदर गराई पाउँ भनी किटानी नभएकोले रिट जारी गर्न मिल्ने अवस्था छैन राजीखुसीबाट हक गरी दिए लिएको कुरामा चित्त बुझाई बसी २ वर्ष ५ महीना पछि झुठ्ठा कुरा अपनाई अनुचित विलम्ब गरी दिएको रिट निवेदन